सम्पर्क

मेलम्ची नगरपालिका पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा

देबराज सुबेदी

 मेलम्ची नगरपालिका पुर्ण खोप सुनिश्चितता र दिगोपनाको घोषणा गरिएको छ ।बिहीवार नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रमका बिच उक्त घोषणा गरिएको हो । कार्यक्रमका अध्यक्ष नगर प्रमुख आइतमान तामाङले नगर भित्रका सबै नागरिकले शुलभ रुपमा स्वास्थ्य सेवा पाउने अवस्था सृजना गर्न लागि परेको बताउनुभयो ।

उहाँले बालबालिका , जेष्ठ नागरिक, महिलाको स्वास्थ्यमा थप ध्यान दिदैँ बिभिन्न स्वास्थ्य शिविरको पनि आयोजना गरिएको बताउनुभयो । यस कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधिलाई उँहाले धन्यवाद ज्ञापन गर्नुभयो । उपप्रमुख उमा प्रधानले स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीय सबैको प्रयासले पुर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्न सकिएको बताउनुभयो । स्वास्थ समाज बनाउन सबैको सहयोग महत्त्वपूर्ण रहेको उँहाले बताउनुभयो । मेलम्ची -२ का अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले सबैको प्रयासले मात्र काम गर्न सहज भएको बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु स्वास्थ्य शाखाका प्रमुख पर्शुराम श्रेष्ठ , जनस्वास्थ्य कार्यालयका प्रतिनिधि कृष्ण देवकोटा, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । स्वास्थ्य शाखाका ज्ञानेन्द्र सिग्देलले यस अभिमानमा संचालित कार्यक्रमबारे जानकारी गराउनुभयो ।