सम्पर्क

ब्रेकिङ न्युज १

सुनकोशीमा बिपत ब्यबस्थापन समितिको बैठक सम्पन्न

ब्रेकिङ न्युज १, समाचार
कुमार बस्नेत (अधिराज) सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाको बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । आईतबार सुनकोसी गाउँपालिकाको कार्यालयमा बसेको बैठकमा गाउँपालिका अध्यक्ष टन्पिन्द्र प्रसाद तिमल्सिनाको अध्यक्षतामा उपाध्यक्ष कान्छि लामा तथा गाउँपालिकाका कर्मचारी, वडा अध्यक्षहरू राजनिति दलका प्रतिनिधि सुरक्षकर्मी संचारकर्मीहरू लगाएतको उपस्थिति रहेको थियो । विशेषगरि हाल देशैभर चौपायमा महामारीको रुप लिएको लम्पिस्किन रोगमा र हाल मनसुनको कारण हुनसक्ने बाढीपहिरोको बिषय केन्द्रित रहेर छलफल गरिएको हो । लम्पीस्किन रोगबाट साउन २८ गतेसम्म सुनकोसी गाउपालिकामा ७५४ वटा चौपाय (गाइ,गोरु तथा बाछाबाछी)मा संक्रमण भएको र २९ गाई गोरु बाछाबाछीको उक्त रोग संक्रमणबाट मृत्यु भएको पशु शाखाका प्रमुख रामचन्द्र जिसिले जानकारी लिनुभयो । ४५ संक्रमित उपचार भैसकेको बाँकि सबै संक्रमित उपचारको क्रममा रेहेको ७ वटा वडा म...

भोटेकोशीका विद्यार्थीले छात्रवृत्ति सहित रसियामा पढ्न पाउँने

बिदेश, ब्रेकिङ न्युज १, विचार, समाचार
सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा र रसियाका राजदुत महामहिम आलेक्सी या नोभिकोव (Mr. lAekseif\ A. Novikov ) बिच भेटवार्ता भएको छ । यहि श्रावण २८ आइतबार भोटेकोशी गाउँपालिका कार्यालयमा नेपालका लागि रसियाका राजदुत महामहिमसँग भएको भेटमा राजदुतले भोटेकोशी गाउँपालिकाका विद्यार्थिहरुलाई उच्च शिक्षा हासिलको लागि छात्रवृत्ति प्रदान गरि अध्ययनको लागि रसिया पठाउने व्यवस्था मिलाउँने प्रतिबद्धता जनाएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । दुई पक्षबिच भेटवार्ता तथा समसामयिक छलफलका क्रममा रसियाको राजदूतावासले गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने, लगायतका विषयमा राजदुतले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राजदुतलाई अध्यक्ष शेर्पा लगायत गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर बस्नेत तथा पालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो । &nb...

स्थानीय उत्पादनलाई प्रोत्साहन दिएका छौ ः नगर प्रमुख बस्नेत

अन्तर्वाता, कृषि, ब्रेकिङ न्युज १, राजनिती, समाचार, स्वास्थ्य
  बाह्रबिसे नगरपालिकामा निर्बाचित हुनुभएको नगर प्रमुख बालकृष्ण बस्नेतको नगर कार्यपालिकाको १ बर्षको कार्यकाल समाप्त भई दोस्रो बर्ष प्रबेश भएको छ । बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति समेत हुनुहुन्छ । २०४८ सालदेखि राजनीतिमा सक्रिय बस्नेत नगरपालिकाको प्रमुखमा निर्बाचित भएपछी नगरबासीहरुले बिकासको अभाब नहुने महशुस गरेका छन । पहिलो बर्षमा नै नगरपालिकाकले गरेका कार्यहरुबाट नागरिकहरु सन्तुष्टि देखिन्छन । मुख्य काम भनेको नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगार नै हो । यो कार्यमा एक कदम अगाडी बढेको बाह्र्बिसे नगरपालिकाको बिषयमा नगर प्रमुख बालकृष्ण बस्नेतसँग गरिएको छोटो कुराकानी ः १. यहाँले गत बर्षमा गर्नुभएको कामहरु मध्य कुन कुन प्रभावकारी छ ? हामिले नगरबासीको स्वास्थ्य, शिक्षा, र स्थानिय आवश्यकता अनुसार आवश्यक आयआर्जनको लागि गरिने कार्यमा प्रोत्साहन लगायतका कामहरु ...

जिल्ला प्रशासन कार्यलयद्धारा सतर्क रहन अनुरोध

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
निरन्तर बर्षादको कारण देशैभरीको जनजिवन कष्टकर बन्दै गएको छ । बर्षादका कारण पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक बुलेटिन प्रकाशित गर्दै इन्द्रावती, भोटेकाशी, सुनकोशी, ब्रमायणी लगाएत ठुला तथा साना नदीहरुमा पानीको बहाव बढेको र बिभिन्न स्थानमा सामान्य पहीरो गएको र तत्काल अबस्थाहेरर पहीरो पन्छाएर सडक सञ्चालनमा ल्याएको जानकारी दिदै अझै पानीको बवाह बढ्ने तथा पहिरो जना सक्ने भएकाले सतर्कता अपनाउँन भनिएको छ । जिल्ला प्रशासन कार्यालय जिल्ला बिपद ब्यवस्थापन समितीद्धारा जारी बुलेटिनमा अहिलेसम्म कुनै पनी अप्रिय घटना नघटेको र त्यस्ता अप्रिय घटना घट्न सक्ने भएकाले सुरक्षाकर्मी त्यस्ता स्थानहरुमा निगरानी गरिरहेको समेत जानकारी गराइएको छ ।...

सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस भव्यताका साथ मनाईयो

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पामा विभिन्न कार्यक्रम गरी सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ । सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा प्रचिन कालमा सिताको पाइला रहेको स्थान रतुवापाटी सामुदायिक वनमा बृक्षरोपण गरेर बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्काले सामुदायिक वन राष्ट्रिय दिवसको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाको विशेष आतिथ्यतामा शुक्रबार उक्त कार्यक्रम भएको थियो । वृक्षरोपणपछी बाघभैरब माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय दिवसको अवसरमा विभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै सांस्कृतक कार्यक्रम समेत गरिएको थियो । पानसमा बत्ती बालेर मन्त्री खड्काले कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री भण्डारीले सामुदायिक वनको उद्गमस्थल ठोकर्पा क्षेत्रको सामुदायिक वन क्षेत्रको व...

स्वर्गीय लामाको स्मृतिमा रक्तदान

ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति स्वर्गीय विकास लामाको सम्झनामा चौतारामा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका नगर कार्यसमितिको आयोजना र सुनकोशी ईन्द्रावती समाज सिन्धुपाल्चोक तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको सहयोगमा २९ जनाले रक्तदान गरेको थियो । रक्तदानको सुरुवाती चरणमा नेपाली काँग्रेस नगर सचिव भगवान खड्काद्धारा रक्तदान गर्नुभएको थियो । स्वर्गीय लामाको ४९औं पुण्यतिथीको अवसरमा उहाँले राजनीति, समाजसेवा र मानवीय सेवामा पु¥याएको योगदानलाई स्मरण गर्दै स्वर्गीय लामाको सम्झनामा रक्तदान कार्यक्रम गरेको नेपाली कांग्रेस जिल्ला सचिव विल बहादुर तामाङले बताउनुभयो ।...

सामुदायिक वन दिवसको अवसरमा सुनकोशीमा बृक्षारोपण

ब्रेकिङ न्युज १, समाचार
सामुदायिक वन दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको थुम्कीपाखा धायाराघारी सामुदायिक वन समुहमा बृक्षारोपण कार्यक्रम गरिएको छ । बिहिबार सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुनकोशी गाउँपालिका महासंघको अध्यक्ष देविन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सुनकोसी गाउँपालिका उपाध्यक्ष कान्छी लामा तामाङको प्रमुख आतिथ्यतामा सुनकोशी गाउँपालिकाको वडा नं. ३ थुम्कीपाखा धायाराघारी सामुदायिक वन समुहमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सुनकोसी गाउँपालिका उपप्रमुख कान्छी लामा तामाङले मानव जीवन प्रकृतिसँग निर्भर रहेको बताउनुभएको छ । वन संरक्षणले नै मानव जीवन र प्रकृतिको चक्रलाई स्वस्थ राख्ने भन्दै उहाँले रुख बिरुवामा संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो । रोपिएका विरुवालाई संरक्षण गर्नु नै जीवन संरक्षण गर्नुभएको भन्दै उहाँले चोरी, तस्कारी र विनासलाई पूर्णर...

मुडे र सिलढुङ्गामा बजार अनुगमन

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर– ५ को मुडे र शिल्ढुंगामा बजार अनुगमन गरेको छ । बिहिबार घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको संयोजकत्वमा घरेलुका कर्मचारीहरु तथा प्रहरीको संयुक्त टोलि मार्फत अनुगमन गरिएको छ । अनुगमनका क्रममा मुडे बजारमा म्याद गुज्रिएका चिज बल्स, लेज, कुरमुरे आदि जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार शिल्ढुंगा स्थित एउटा पसलमा म्याद गुज्रिएको बर्षौं सम्म पनि नष्ट नगरी बिक्री गर्न राखेको सामान पाइएको र यस्तो गल्ती पहिलोपल्ट भएकोले थोरै जरिवाना गरेर छाडिएको छ । ‘अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी समेत दिईएको छ । व्यवसायीले मपदण्डको पालना नगरे, अखाद्य वस्तु बिक्रि वितरण गरे कारबाहीको दायरामा ल्याउने समेत उहाँले बताउनुभयो ।  ...

जनमुखी, विकासमूलक, कुशल, र निष्पक्ष प्रशासक बनेर देखाउँछु ः सुषमा महता के सी

अन्तर्वाता, ब्रेकिङ न्युज १, विचार, समाचार
  कैलाली जिल्ला साबिक धनगढी उप महानगरपालिका वडा नं. २ निबासी हाल काठमाडांै वडा नं. ३० मैतीदेबीमा स्थायी बसोबास गर्नुभएको सुषमा महता केसी बाह्रबिसे नगर पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरिरहनु भएको छ । प्रस्तुत छ लोकप्रिय समाचार राष्ट्र्रीय दैनिक का नेत्र बहादुर बस्नेले उहाँसँग गर्नु भएको कुराकानीको शारशं ः १ यहाँको पृष्ठभुमी बताईदिनु होस न ? मेरो नाम सुषमा महता केसी मेरो जन्मस्थान सुदुरपश्चिम प्रदेशको धनगढी कैलाली वडा नं. २ हो । हामि डडेल्धुराबाट बसाई सरेर धनगढी आएका हौ । मेरो आमा हाल बिद्यालयमा शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ र बुवा सरकारी सेवाबाट गत बर्ष नै सेवा निबृत हुनुभएको छ । मेरो स्नातक तह सम्मको शिक्षा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट नै भएको हो । त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट अर्थशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन पुरा गरेको छु । स्नातक पढाई सकिएपछि...

सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट नदिने गरी जाऔँ, पहिचान र काबाही गरिछाडौँ ।” राज्यका निकायलाई सबैले विश्वास गर्नुपर्नेमा जोड दिँदै उहाँले समानान्तर समिति बनाउनु उचित नहुने बताउनुभयो । “निर्धारित समयभित्र सिआइबीले अनुसन्धान गर्दा कुनै दुर्नियत देखियो वा छानबिनलाई तार्किक निष्कर्षमा पुर्‍याउन सकेन भने नयाँ शिराबाट वहस गरौँ”, उहाँले भन्नुभयो, “तस्करी र भ्रष्टाचारीलाई छुट दिन हुँदैन, यस प्रकरणलाई वि...