सिन्धुपाल्चोक जिल्ला भोटेकोशी गाँउपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा र रसियाका राजदुत महामहिम आलेक्सी या नोभिकोव (Mr. lAekseif\ A. Novikov ) बिच भेटवार्ता भएको छ ।
यहि श्रावण २८ आइतबार भोटेकोशी गाउँपालिका कार्यालयमा नेपालका लागि रसियाका राजदुत महामहिमसँग भएको भेटमा राजदुतले भोटेकोशी गाउँपालिकाका विद्यार्थिहरुलाई उच्च शिक्षा हासिलको लागि छात्रवृत्ति प्रदान गरि अध्ययनको लागि रसिया पठाउने व्यवस्था मिलाउँने प्रतिबद्धता जनाएको अध्यक्ष शेर्पाले जानकारी दिनुभयो । दुई पक्षबिच भेटवार्ता तथा समसामयिक छलफलका क्रममा रसियाको राजदूतावासले गाउँपालिकाले गरेको हरेक विकास निर्माणका क्षेत्रहरुमा सहयोग गर्ने, लगायतका विषयमा राजदुतले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । राजदुतलाई अध्यक्ष शेर्पा लगायत गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर बस्नेत तथा पालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

