नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको कार्यक्रम अनुसार देशैभरिका पालिकाका कार्यालयमा शिक्षकहरुले धर्ना बसी पालिका मार्फत सरकारालाई आफ्नो माग पत्र बुझाएका छन । जस अनुसार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा लगायतका सबै पालिकाहरुमा नेपाल शिक्षक महासंघको नेतृत्वमा धर्ना कार्यक्रमगरी पालिकाहरुमा पत्र बुझाएका छन । चौतारामा ज्ञापन पत्र बुझाउँदै नगर नेपाल शिक्षक महासंघनगरका अध्यक्ष राजु पराजुलीले शिक्षकहरुले रहरले नभई बाध्यता अनुसार यसरी कार्यक्रम गर्न परेको बताउँदै आगामी ३० गते शिक्षा बिकास सम्मन्वय इकाइमा धर्ना सहितको माग पत्र बुझाउँने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
पत्र बुझ्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले तत्काल पत्र माथिल्लो निकायमा पठाउँने बताउँनु भयो । नगर समितिको आयोजनामो आईतबार बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म प्रस्तावित शिक्षा ऐनका शिक्षा र शिक्षक कर्मचारी विरोधी प्रावधान विरूद्ध धर्ना कार्यक्रम सम्पन्न भएको हो । सुख्खा सिमित तलबमा आफ्नो कर्तव्यनिष्ठ कार्य गर्दै आउने हामी क्षिक्षक, कर्मचारी , बालबालिकास सबैको यो रहर होइन बाध्यता हो भन्दै शिक्षकहरु धर्नामा बसेको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर अध्यक्ष राजेन्द्र खत्रीले कार्यक्रममा जानकारी दिनुभयो । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रिय सदस्य तुलसी प्रसाद दङ्गाल, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय सदस्य बद्री प्रसाद नेपाल, नेपाल शिक्षक संघ चौतारा साँगाचोकगढी नगरपालिकाका अध्यक्ष सबिन दङ्गाल, अखिल नेपाल शिक्षक सङ्गठनका नगर अध्यक्ष तारा बहादुर श्रेष्ठ लगायतका शिक्षकहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागी शिक्षक ज्ञान बहादुर तामाङले शिक्षकहरुको जायज मागहरूको सम्बन्धित निकायबाट छिटै सम्बोधन होस भन्दै आगामी दिनमा शिक्षकलाई आन्दोलनमा आउँन बाध्य बनाउँने काम नगर्न सम्बन्धित निकायको ध्यानकर्षण गराउँनका लागी यो कार्यक्रको आयोजना गरिएको हो भन्नुभयो भने आफ्नो शिक्षकहरु पेशागत हक अधिकार सुनिंश्चितका लागि प्रस्तावित शिक्षा ऐनमा समेटिनु पर्ने अनेकन विषयवस्तु नसमेटिएमा लाखौं बालबालिकाको भबिष्यसँग जोडिएको विषयलाई साधारण रुपमा नलियोस ।
जायज मागहरूको सम्बन्धित निकायबाट सम्बोधन गरियोस् भन्दै यो धर्ना सहित ज्ञापन पत्र बुझाउने काम भएको शिक्षिका गुण केशरी श्रेष्ठले बताउँनुभयो ।
