कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाको बिपत ब्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
आईतबार सुनकोसी गाउँपालिकाको कार्यालयमा बसेको बैठकमा गाउँपालिका अध्यक्ष टन्पिन्द्र प्रसाद तिमल्सिनाको अध्यक्षतामा उपाध्यक्ष कान्छि लामा तथा गाउँपालिकाका कर्मचारी, वडा अध्यक्षहरू राजनिति दलका प्रतिनिधि सुरक्षकर्मी संचारकर्मीहरू लगाएतको उपस्थिति रहेको थियो ।
विशेषगरि हाल देशैभर चौपायमा महामारीको रुप लिएको लम्पिस्किन रोगमा र हाल मनसुनको कारण हुनसक्ने बाढीपहिरोको बिषय केन्द्रित रहेर छलफल गरिएको हो । लम्पीस्किन रोगबाट साउन २८ गतेसम्म सुनकोसी गाउपालिकामा ७५४ वटा चौपाय (गाइ,गोरु तथा बाछाबाछी)मा संक्रमण भएको र २९ गाई गोरु बाछाबाछीको उक्त रोग संक्रमणबाट मृत्यु भएको पशु शाखाका प्रमुख रामचन्द्र जिसिले जानकारी लिनुभयो ।
४५ संक्रमित उपचार भैसकेको बाँकि सबै संक्रमित उपचारको क्रममा रेहेको ७ वटा वडा मध्ये तुलनात्मक रुपमा वडा नं. १ मा १७४ बढी संक्रमण भएको देखिएको वडा नं. ५ मा १४२ संक्रमित रहेकोमा अरू वडाको तुलनामा २ ओटा वडामा बढि संक्रमित भएको पाईएको छ ।
२०० बढि संक्रमित उपचार पस्चात निको भएको छ । गाउपालिकामा पहिलो पटक असार ६ गते गोरुमा संक्रमण देखिएको थियो । करिव ८०% मा उपचार सफल भएको गाँउपालिकाको तथ्यांकले जनाएको छ ।
करिब ४५०० को हाराहारीको संख्यमा भैंसी तथा पाडापाडी रहेको छ । पालिकाबाट गत हप्ता दोलखा ज्ञान केन्द्रबाट २०० डोज लम्पिस्किन रोग विरुद्धको खोप प्राप्त भएकोमा उक्त खोप पर्याप्त नभएको कारण उपलब्ध खोप स्टोर गरि राखिएको र पुनःसंक्रमणले महामारिको रुप लिएको तथ्य प्राप्त भएकोले पशु विज्ञहरूसँगको सल्लाह र छलफल पछि मात्र भ्याक्सिन खोप लगाउन सुरू गरिने पशु शाखाका प्रमुख जि सिले बताउनुभयो ।
मनसुनका कारण पहिरोको जोखिम बढेसँगै सुनकोसी गाँउपालिका भित्रका कतिपय घरहरू, विद्यालय ,मन्दिर,पहिरोको जोखिम र मोटरबाटो अबरुद्ध हुने कार्य भैई रहेकोले रोकथाम गर्न घरका आगन भासिएको घरमाथिबाट आएको पहिरोले घर जोखिम भएकोहरूबाट रोकथामका लागि विपत शाखामा निबेदन ५÷६ ओटा आएको र आउने क्रमजारी रहेको विपत शाखा प्रमुख केशव नेपालले बताउनुभयो ।
सुनकोसीमा बादरको व्यापकताले पाक्दो बाली भित्र्याउन नदेको, र धेरै दुख दिएको त्यस्तै मनसुनका कारणबाटो अबरुद्ध हुने क्रमजारी रहेको
समयमा गाँउपालिकाबाट उचित कदम चाल्नु पर्ने माग गर्दै लम्पिस्किन रोगको उपचार गर्न पर्याप्त साधन नभएकोले आफुले चढ्दै आएको मोटरसाइकल पशु प्राबिधिकलाई प्रयोग गर्न दिने सुनकोसी २ का वडा अध्यक्ष पुर्ण बहादुर महतले बताउनुभयो ।
त्यस्तै अरू वडा अध्यक्षहरूले पनि आफुले प्रयोग गर्दै आएको साधन बिपतमा खट्ने कर्मचारिलाई आवश्यक परे प्रयोग गर्न दिने सबै किसिमको विपतमा सयोग गर्ने र घटना घट्नु अघि नै उचित कदम चाल्न गाँउपालिकालाई माग गरेका छन् । पहिरोको जोखिममा रहेका घरहरुलाइ तत्कालिन÷सम्भावित जोखिमबाट दुर गराउनका लागि उक्त पहिरो बग्ने ठाउमा सम्भव भए सम्म त्रिपाल ओडाउने कार्य तत्काल गर्ने पालिका स्तरबाट आवश्यकता अनुसारको विपद व्यवस्थापनमा सहयोग गर्ने पालिका अध्यक्ष टन्पिन्द्र प्रसाद तिमल्सिनाले बताउनुभयो ।
जोखिम र अबहुनेलाई आवश्यक स्रोत साधन र जनसक्ति उपलब्ध गराउने साथै बादरको समस्या केहि हद नियन्त्रण गर्न हावापानी सुहाउदो बादरको वर्चस्व बढी हुने ठाउमा फलफुल रोपेर बादरलाई त्यही अल्मलाउने साथै केही जोखिम कम गर्ने उद्देश्यले यस विषयमा आगामी दिनमा छलफल गरि निष्कर्षमा पुराउने अध्यक्ष तिमल्सिनाले बताउनुभयो । आगामी दिनमा बन्ने संरचनाहरु पहिरो÷बाढीको सम्भावित जोखिमको विश्लेषण गरेर मात्रै निर्माण गरिनु पर्ने,यसको ब्यवस्थापन गाँउपालिकाले गर्ने बताउँदै सुनकोसीलाई परेको लम्पिस्किनले बनाएको बिपतमा सधैं साथ दिने र पशु प्राबिधिकलाई जनताको घर घर जान आवश्यकता परे आफुले प्रयोग गर्दै आएको गाडी समेत प्रयोग गर्न दिने उपाध्यक्ष कान्छि लामाले बताउनुभयो ।
