सम्पर्क

मेरा विद्यार्थि भनेको मेरो कमलो माटो सरि हुन्ः निर्मला बस्नेत

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं. ५ का मिती २०५६ मङसिर ६ गतेका दिन पिता युक्त बहादुर बस्नेत र माता सरस्वती बस्नेतको सुपुत्रीको रुपमा जन्मनु भएका २४ वर्षीय निर्मला बस्नेत उहाँ हाल शिक्षक हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग लोकप्रिय समाभार राष्ट्रिय दैनिकको संवादाता निशा बस्नेतले गरेको छोटो कुराकानी ः

१). यहाँको परिचय दिनुहोस् न ?
मेरो नाम निर्मला बस्नेत हो । मेरो घर सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं. ५ हो ।

२). तपाईंको अहिलेको के पेशामा हुनुहुन्छ ? र तपाईं को योजना के रहेको छ ?
म अहिले शिक्षक पेशामा आबद्ध रहेको छु । शिक्षण पेशामा छिर्दा मेरो उत्साह र योजना निकै ठूलो थियो । त्यसैले म आफ्नो पेशा प्रति कटिबद्ध भएर लागिरहेको छु ।
मेरा विद्यार्थि भनेको मेरो कमलो माटो सरि हुन् । मेरो ज्ञान सृजनाले भ्याए सम्म ज्ञानगुणका कुराहरु सिकाउदै हिडाल्ने अभियानमा लम्किरहेको छु ।

तपाईको अनुभबले चाहिँ शिक्षण पेशालाई कसरी हेर्नुभएको छ ?
कुनैपनि पेशाप्रति आबद्ध व्यक्तिहरुले पेशाको दायित्व के हो ? भन्ने कुरालाई राम्रोसँग गहिरिएर बुझ्न सक्दैनन् तबसम्म पेशाप्रति दुःखको महसुस गर्नु, नैराश्यता पैदा हुनु, विचलन आउनु, स्वाभाविकै हो । समाजको जुन सार्वजनिक सेवाको कार्यमा सरिक हुने जिम्मेवारी सुम्पिएको छ, यसर्थ मेरो लागि दुःख भन्नु अलिकति पनि लाग्दैन । मेरो जिवनको सबैभन्दा ठुलो सम्पति भनेका मेरा प्यारा विद्यार्थी भाईबहिनि नै हुन् ।
यसर्थ उनीहरुलाई नैतिकवान, चरित्रवान, एक कुशल कालीगढ, समाज रुपान्तरण गर्न सक्ने, अभिभाबक र राष्ट्रको एक भरोसा योग्य नागरिक बनाउनु बाहेक अन्य कुनै स्वार्थ रहेको छैन । जुन पेशामा म लागिपरेको छु, मेरो दायित्व के भन्ने कुरालाई बुझेर विद्यार्थी भाईबहिनिहरुलाई माया, ममता, प्रेम र स्नेह, समान व्यवहार गरेर नैतिकवान, चरित्रवान, योग्य, सक्षम, समय परिवेश अनुसार प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सकिन भने मेरो पेशाले सार्थकता पाउन सक्दैन यहि मेरो लागि चुनौतिका कुरा हुन् ।

४) तपाई यस पेशामा सन्तुष्ट हुनुनुन्छ ?
म सन्तुष्ट छु । शिक्षण पेशा अँगालेर त्यसमा आनन्दै छ । अरु पेशामा गएको यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो भन्ने खाले अनुभूति पनि भएको छैन ।

५). अन्तमा यहाँको भनाई के रहेको छ ?
विशेषत लोकप्रिय समाचारलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । किनभने मलाई आफ्नो बिचार राख्ने मौका दिनुभयो । अन्तमा यो पनि भन्न चाहन्छु कि म शिक्षक भएर राम्रो व्यक्ति बन्ने अवसर पाएको छु ।
जबसम्म मेरो पेशामा बिराम लाग्दैन, तबसम्म मेरा विद्यार्थी भाईबहिनिहरुसँग कुशल पेशाकर्मी भएर लागि पर्ने प्रण गरेको छु ।