सम्पर्क

स्थानीय उत्पादनलाई प्रोत्साहन दिएका छौ ः नगर प्रमुख बस्नेत

 

बाह्रबिसे नगरपालिकामा निर्बाचित हुनुभएको नगर प्रमुख बालकृष्ण बस्नेतको नगर कार्यपालिकाको १ बर्षको कार्यकाल समाप्त भई दोस्रो बर्ष प्रबेश भएको छ । बस्नेत नेपाली काँग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का सभापति समेत हुनुहुन्छ । २०४८ सालदेखि राजनीतिमा सक्रिय बस्नेत नगरपालिकाको प्रमुखमा निर्बाचित भएपछी नगरबासीहरुले बिकासको अभाब नहुने महशुस गरेका छन । पहिलो बर्षमा नै नगरपालिकाकले गरेका कार्यहरुबाट नागरिकहरु सन्तुष्टि देखिन्छन । मुख्य काम भनेको नागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगार नै हो । यो कार्यमा एक कदम अगाडी बढेको बाह्र्बिसे नगरपालिकाको बिषयमा नगर प्रमुख बालकृष्ण बस्नेतसँग गरिएको छोटो कुराकानी ः

१. यहाँले गत बर्षमा गर्नुभएको कामहरु मध्य कुन कुन प्रभावकारी छ ?
हामिले नगरबासीको स्वास्थ्य, शिक्षा, र स्थानिय आवश्यकता अनुसार आवश्यक आयआर्जनको लागि गरिने कार्यमा प्रोत्साहन लगायतका कामहरु गरिएकाले सबै नै प्रभावकारी छन् । खाशगरी शिक्षा क्षेत्रमा कक्षा १ देखी कक्षा १२ सम्म निःशुल्क शिक्षा, तथा कक्षा १ देखी कक्षा ८ सम्म दिवा खाजा, गोरुपाल्ने कृषकहरुलाई अनुदान सहित २ लाख बराबरको बिमा, विभिन्न दुखी, दिर्घ रोगिका बिरामीहरुलाई राहत स्वरुप नगद वितरण, स्वास्थ्य क्षेत्रमा स्वास्थ सामाग्री वितरण, जस्ता महत्वपुर्ण कामहरु भएकाले सबै प्रभावकारी छ । हामीले बिपदमा परेका १४ घर परिवारलाई लालपूर्जा दिएर बसोबास गर्नका लागी अर्को ठाँउ उपलब्ध गराएका छौ । सबै बस्तीको भौगोलिक अवस्था जाँच गरिरहेका छौँ । जोखिम क्षेत्रका वासिन्दालाई नगरले सचेत गराएको छ । बाढीपहिरोको जोखिम उच्च रहेकोले उद्धार र राहतका सामग्री पर्याप्त तयारी गरिएको छ । यस्ता धेरै कामहरु छन । मैले भन्नुभन्दा पनी यहाँहरुले देख्नुहुने छ । नगरका नागरकहरुले भनिरहेका छन् ।
स्वास्थ्य मन्त्री मार्फत बाह्रबिसे नगरपालिका वडा नं. – ८ एक्लेबेशीमा ट्रम सेन्टर तथा हस्पिटल बनाउन बजेट व्यवस्थापन गरिएको छ ।
एम्बुलेन्सको ब्यवस्थाका साथै शव वहान पनी सञ्चालन गर्न लागिएको आगमी भदौ १ गते देखी नै यो सेवा सञ्भालन हुने तैयारी भएको छ ।

२. नगरमा कति वटा विद्यालय छन ? र तिनीहरुको कसरी व्यवस्थापन भइरहेको छ ?
यस नगरपालिकामा ४९ वटा विद्यालय छन् । हरेक विद्यालयमा वडाअध्यक्षहरु मार्फत र नगर शिक्षा समिती, शिक्षा शाखाहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष निगरानी भइरहेको छ । सबैभन्दा पहिले गुणस्तरीय शिक्षाका लागी हामी गम्भीरता पुर्वक लागी परेका छौ । त्यसका लागी नगरभरीका नगरवासी सबै बालबालिकाहरुले कक्षा १२ सम्म एक रुपैयाँ पैसा तिर्नु पर्दैन । जसले सबै बालबालिका र १२ सम्म पढ्ने विद्यार्थीलाई धेरै फाइदा पुगेको छ । यति मात्रै होइन, कक्षा आठसम्म दिवा खाजाको व्यवस्था गरिएको छ । नियमित रुपमा आउने शैक्षिक बजेट बाहेक दुई करोड ६० लाख अतिरिक्त रकम विनियोजन गरिएको छ । नगरपालिकामा आउने बजेट अनावश्यक क्षेत्रमा खर्च गरेर सिध्याउने परिपाटी बन्द गरेर शिक्षामा बढी लगानी गरिएको हो । संविधानले नै व्यवस्था गरेको १२ सम्मको निःशुल्क शिक्षा देशमै हामीले पहिलो पटक घोषणा गरेर कार्यान्वयन गरेका हौँ ।

३. स्थानिय रोजगारको कस्तो ब्यवस्था छ ?
हामिले नगरभित्रका नागरिकलाई नगरभित्रै रोजगारका लागि आवश्यक सहयोग गरिरहेका छौ । खासगरी स्थानीय स्तरमा हुने उत्पादनका लागी स्थानिय स्तरका नागरिकहरुलाई प्रोत्साहन गर्दा स्थानिय रोजगार पनि हुने आय आर्जनमा पनी बृद्धी हुने भएकाले त्यस्ता कार्यलाई नगरबाट बिशेष सहयोग गरिएको छ । विद्यालयमा खुवाईने दिवा खाजाको लागी पनी स्थानीय स्तरमा उत्पादन भएका खाद्यन्न प्रयोग गर्ने निती हामीले ल्याएका छौ । यसले गर्दा पनी स्थानीय रोजगारमा सहयोग पुगेको छ । विद्यार्थीले पौष्टिक आहार पनि खानपाउँने अभिभावकले पनी आफ्नै घर गााउमा उत्पादित सामानको बजार पाँउने भएकाले र स्थानीय नागरिकलाई रोजगारमा सहयोग पुगेको छ भने हामीले नगरभित्रका गौरव योजनाहरका लागी नगरमा भएका सिप र जाँगरलाई नगरमा नै परिचालन गर्ने योजना ल्याएका छौ । नगरमा कोहि पनी बेरोजगार बस्न नपरोस भन्दै हामीले स्थानीय स्तरमा नै रोजगारका कार्यक्रमहरुलाई प्रोत्साहन दिएका छौ ।
हाम्रो भूगोल अत्यन्तै चट्टानी र भिरपहरा छन् । जहाँ जे सम्भव हुन्छ त्यहाँ त्यही काम गर्ने बाताबरण बनाउँदै छौ । हामी निर्वाचित भएको पहिलो वर्ष वडा नं. १ को दोलंसा, २ को दुरुम्थली, ९ को आरुखर्क र चुल्ठे, ६ नं. वडाको भञ्ज्याङमा आलु उत्पादन हुने देखेर आलु पकेट क्षेत्र बनाएर आलु उत्पादनमा प्रोत्साहन दिने काम गरिरहेका छौं । पहिलो वर्ष २० हजार मेट्रिक टन आलु उत्पादन पनी भयो । यसलाई ब्राण्डिङ गरेर बिक्री गरिरहेका छौं । किसानलाई आलु बेचेर घर खर्च चलाउन सहयोग पुगेको छ । अबका वर्षमा कृषकलाई आवश्यक पर्ने घाँस उत्पादन गर्ने, केही खानीहरु सञ्चालन गर्ने र किसानलाई प्रत्यक्ष फाइदा दिने कार्यक्रमको तयारी गरिएको छ । नगरपालिकाबाट केही शिर्षकहरुमा गरिने खर्च कटाएर दलित, उत्पीडित र महिलालाई सीपमूलक तालिम र अनुदान दिएर रोजगारी सिर्जना गर्ने सोच बनाएका छांै ।

४. अहिले कृषी उत्पादनमा के कस्ता योजनाहरु लागु गर्नु भएको छ ?
खासगरी हाम्रो देशलाई कृषि प्रधान देश भनेर भनिँदै आएको छ । तर अहिलेको अवस्थामा हामिले कृषि पेशालाई बेवास्ता गरिरहेका छौँ । खाद्यन्न बाहिरबाट ल्याउँन परिराखेको छ । पहिले हाम्रा बाजेहरुले यहाँको खाद्यन्न बोकर काठमाडांै, भक्तपुर लगेर बिक्री गरेर आउँने गरेको थियो । अहिले हामीले काठमाडांैबाट ल्याएर खान थालेका छौ । यो अवस्था आउँनुमा स्थानीय नागरीकलाई कृषी पेशामा प्रोत्साहन गर्न नसक्नु, अनी परिवर्तन र सजिलोका नाममा परम्परागत खेतीलाई बेवास्था गर्नु नै मुख्य रहेको छ ।
त्यसैले सबभन्दा पहिले हामिले कृषी उत्पादनलाई प्रोत्साहन दिने कामको सुरुवात गरेका छौ । हामीले कृषीमा आधुनिकीकरण गर्नपर्छ भने एक जना कृषकलाई करिब चालीस पचास हजार जाने टेक्टर बाँड्यौ । रासायनिक मलको लागी आवश्यक ताका आधारमा उपलब्ध गराउँन लागी पर्याे तर त्यसबाट तत्काल फाइदा जस्तो देखिएता पनी स्थायीत्व भने भएन । किनभने एक ट्याक्टरले करिब २५, ३० जना काम गर्ने किसानलाई मेलो गर्छ भनेर योजनाका साथ खेतमा रोपाईका लागी जनशक्ति खेतमा गएको हुन्छ ।
पुरा तैयारीका साथ काम गर्दै जाँदा आधा काम हुँदै टेकटर बिग्रीयर काम रोकीएका कारण कृषकहरु मर्कामा परेको पाइयो । मनो रोपेर मुरी फलाउने भन्दै खेतीमा लागेका कृषकहरुको मनोवल गिर्देै गयो त्यसकारण हामीले परम्परागत खेतीलाई प्रोत्साहन गर्नका लागी कृषकलाई हल गोरुको लागी अनुदान कार्यक्रम ल्यायौ त्यो अत्यन्तै प्रभावकारी रह्यो । किनेभने खेती गर्नका लागी उब्जनीमा बुद्धी हुने भै परी आउँने घटना बाहेकको अबस्थामा काम पनी नरोकिने, रासायनिक मल नपाए पनी त्यही गोरुको मलबाट उब्जनी पनी हुने, स्थानीय स्तरमा हलगोरु पाल्न पर्ने भएकाले रोजगारको पनी व्यवस्था हुने भएकाले गोरुको बीमा तथा प्रोत्साहन सहयोग कार्यक्रम गरेका छौ । बिद्यालयमा खुवाइने दिवा खाजका लागी आवश्यक खाद्यन्न कृषकहरुबाटै खरिद गर्ने ब्यवस्था मिलाएका छौ ।
कृषकलाई सहजीकरणका लागी उत्पादित सामाग्री बितरणका लागी ढुवानी गर्न सवारी साधनको व्यवस्था गरेका छौ । कृषकलाई आवश्यक पर्ने सामाग्रीहरु माग बमोजिम नगरबाट अनुदान सहयोग गरिरहेका छौं ।

५ कृषी उत्पादनमा हलगोरु प्रोत्साहन कार्यक्रम कसरी चलिरहेको छ ?
हाम्रो नगरले सात सय ३६ हलगोरु पाल्ने कृषकलाई १०÷१० हजारका दरले प्रोत्साहन खर्च दिएका छौंँ । गोरु पाल्ने कृषक सहित हल गोरुको बिमा नगरले गरिदिएको छ । यसबाट कृषकलाई हलगोरु पाल्न प्रोत्साहन मिलेको छ । यो रकमबाट कृषकले हलगोरुलाई पौष्ट्रिक आहार खुवाएका छन् ।
अनि बिमाका कारण पनी गोरु पाल्न कृषकहरुको रुची बढीरहेको छ ।
हाम्रो देशमा रासायनिक मल उत्पादन नभएको कारण बाहिरी देशबाट ल्याउँनपर्छ, त्यसो हुँदा समयमा मल नपाएर कृषकलाई समस्या परेको छ । यो अवस्थामा गोरु पाल्ने कुषकहरुले गोरुको मल हाल्ने गरेका छन, यस बर्षको धान रोपाईमा स्थानीय गोरुपालक कृषकको गोरुले काम पाएको छ । यस कारण यहाँको श्रोत र साधनको सदुपयोग भएको छ । अहिले लम्की स्कीन रोगले मरेका गोरुको बीमा रकम किसानलाई ४६ हजार सम्म दिएका छौं । दुई दर्जन भन्दा बढी किसानले बीमा रकम लागेका छन् । हाम्रो नगर भौगोलिक हिसाबले बिकट छ । त्यसकारण गोरु र हलोको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
आधुनिक जमानामा ट्याक्टर प्रयोग नगरेर गोरु पाल्न प्रोत्साहन गरेको भन्ने केही गुनासा पनि आए ।
तर हामीले दृढतापूर्वक स्थानीय स्रोत साधनलाई नै प्रयोग गरेर उत्पादन बढाउने र आत्मनिर्भर बन्ने अभियान हो भनेर किसानको मागलाई सम्बोधन गरेका छौं । ट्याक्टर किनेर विदेशीलाई किन धनी बनाउने ? कि हामी आफैले उत्पादन गर्नुपर्यो । आफूसँग जे छ त्यही प्रयोग गरेर कृषिलाई उकास्ने योजना बनाएको हो र यो कायृक्रमले देशै भरी चर्चा पाएको पहाडी क्षेत्रका पालिकाहरुमा पनी कृषकलाई यस्तै खालका प्रोत्साहन कार्यक्रम लगाएको हामीले पाएका छौं ।

६. अन्तमा केहि छ की ?
हामिले नगरको कार्यभार सम्हालेको एक बर्ष पुरा गरेका छौं । यस अबधीमा मैले धेरै कुराहरु सिब्ने मौका पाए प्रशासनिक सुधार, ब्यवस्थापन सुधारदेखी लिएर हरेक काममा पारदर्शीताका साथ अगाडी बढ्न नगरकार्यपालिकाका पदाधिकारीहरु वडा अध्यक्ष एवम स्थानीय नागरिक संघ संस्थाहरुको सहयोग पाएको छु ।
नगरमा कार्यरत कर्मचारीहरुबाट पाएको सहयोग अत्यन्त महत्वपुर्ण रहेको छ । मैले नगरबाट पाउँने सुबिधाबाट स्थानीय असायहरुलाई सहयोग गर्ने योजना अनुसार, शारिरीक अपागंता भएका, जेष्ठ नागरिक तथा असायहरुलाई सहयोग गर्न पाएको छु ।
यसमध्येमा यो अभियानलाई सहयोग गरिरहेका सबैमा बिशेष धन्यबाद दिन चाहान्छु । खासगरी भूगोलको हिसाबले यो नगर रेड जोनमा छ ।
त्यसैले कतिपय गाउँ र बस्ती स्थानान्तरण गरिएको छ । यस वर्ष वर्षात कम भएकोले जोखिम न्यून रहेको जस्तो देखिन्छ तर पनी बर्षादको समय छ । सबैलाई चनाखो रहन आग्रह गर्दै मेरा केही भनाईहरु राख्ने मौका दिनुभएकोमा लोकप्रिय समाचार दैनिक परिवारप्रती विशेष धन्यबाद दिन चाहन्छु ।