निरन्तर बर्षादको कारण देशैभरीको जनजिवन कष्टकर बन्दै गएको छ ।
बर्षादका कारण पहाडी जिल्लाका विभिन्न ठाउँहरुमा बाढीपहिरो जाँदा जनजीवन कष्टकर बनेको छ । यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक बुलेटिन प्रकाशित गर्दै इन्द्रावती, भोटेकाशी, सुनकोशी, ब्रमायणी लगाएत ठुला तथा साना नदीहरुमा पानीको बहाव बढेको र बिभिन्न स्थानमा सामान्य पहीरो गएको र तत्काल अबस्थाहेरर पहीरो पन्छाएर सडक सञ्चालनमा ल्याएको जानकारी दिदै अझै पानीको बवाह बढ्ने तथा पहिरो जना सक्ने भएकाले सतर्कता अपनाउँन भनिएको छ । जिल्ला प्रशासन कार्यालय जिल्ला बिपद ब्यवस्थापन समितीद्धारा जारी बुलेटिनमा अहिलेसम्म कुनै पनी अप्रिय घटना नघटेको र त्यस्ता अप्रिय घटना घट्न सक्ने भएकाले सुरक्षाकर्मी त्यस्ता स्थानहरुमा निगरानी गरिरहेको समेत जानकारी गराइएको छ ।
