सम्पर्क

फोनिजको २४औं स्थापना दिवस चौतारामा मनाईयो

नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशले २४औं फोनिज स्थापना सिन्धुपाल्चोक जिल्लाको चौतारामा पनि मनाईएको छ ।
शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारामा सम्पन्न (फोनिज) बागमती प्रदेश (नेवा–ताम्सालिङ) समितिको आयोजना र फोनिज सिन्धुपाल्चोकको व्यवस्थापनमा २९ औं विश्व आदिबासी दिवस तथा फोनिजको २४ औं स्थापना दिवसको अवसरमा नेपालको आदिबासी जनजाति आन्दोलन र फोनिजको भुमिका विषय अन्तक्रिया कार्यक्रम गरी भव्यताका साथ मनाइएको हो ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रमको अध्यक्षता फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले गनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी श्रेष्ठले नेपालमा भएका सामाजिक, राजनीतिक परिवर्तनको उतारचढाबमा आदिवासी जनजातिहरुले अतुलनिय योगदान रहेको औंल्याउनुभएको थियो ।
उहाँले जनजातिहरुले सदियौं वर्षदेखि आफ्नो अस्तित्व रक्षा, आफ्नो भाषा संस्कृति, परम्परा जोगाउनको निम्ति संगठित रुपमा होस् वा असंठनिक रुपमा आदिवासी जनजातीहरुको त्याग तपस्या, बलिदानले नै समानुपातिक, समावेसी तथा धर्मनिरपेक्ष संघिय लोकतान्त्रीक गणतन्त्र राज्य संरचना स्थापित भएको जनाएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटा, प्रदेश सल्लाहकारः जीवन लामा, सुरेन्द्र भक्त दुलाल, प्रेस युनियन बागमती प्रदेशका प्रतिनिधि प्रेस चौतारी बागमती प्रदेश अध्यक्षः शरद सापकोटा, प्रेस सेन्टर नेपाल बागमती प्रदेश प्रतिनिधि, लगाएतका उपस्थिती रहेको थियो ।
यसैगरी फोनिज स्थापना दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लामा रही लामो समयसम्म पत्रकारीता पेशा गरिरहेका अग्रज जनजाति पत्रकार ङेम्लिङ लामा सम्मानित भएका छन् । लामाले सम्मान पत्रका साथै नगद रु. पाँच हजार सम्मान स्वरुप प्राप्त गर्नुभएको छ ।
सोहि दिवसको अवसरमा १२ बुँदे चौतारा घोष्णपत्र जारी गर्दै कार्यक्रम सम्पन्न गरेको थियो ।