सम्पर्क

सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस भव्यताका साथ मनाईयो

सामुदायिक वनको उद्गमस्थल सिन्धुपाल्चोकको ठोकर्पामा विभिन्न कार्यक्रम गरी सामुदायिक वन राष्ट्रिय दिवस मनाइएको छ । सामुदायिक वनको उद्गमस्थल ठोकर्पामा प्रचिन कालमा सिताको पाइला रहेको स्थान रतुवापाटी सामुदायिक वनमा बृक्षरोपण गरेर बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्काले सामुदायिक वन राष्ट्रिय दिवसको उद्घाटन गर्नुभएको हो । बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिनाको विशेष आतिथ्यतामा शुक्रबार उक्त कार्यक्रम भएको थियो ।
वृक्षरोपणपछी बाघभैरब माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय दिवसको अवसरमा विभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै सांस्कृतक कार्यक्रम समेत गरिएको थियो । पानसमा बत्ती बालेर मन्त्री खड्काले कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री भण्डारीले सामुदायिक वनको उद्गमस्थल ठोकर्पा क्षेत्रको सामुदायिक वन क्षेत्रको विकासका लागि प्रदेश सरकारले विशेष योजना अगाडि ल्याउने बताउँनु भयो ।
कार्यक्रममा सामुदायक वनको अवधारणा अनुसार गरिएको वन संरक्षण कार्यक्रमले सफलता पाएको र यो अवधाराण ल्याउँने अभियान्ता स्व निल प्रसाद भण्डारीको भौतिक शरिर नरहेता पनि उहाँले गरेका कार्यहरु जिबन्त रहने बताउँनु भयो । उहाँले वन संरक्षणका लागी भुमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिनुहुँदै बागमती प्रदेश सरकारबाट गर्नपर्ने र हुनसक्ने सबै प्रकारका सहयोग गरिरहने बताउँनु भयो । उहाँले सामुदायिक वन नेपालको धन भएकाले यसलाई संरक्षण र बिस्तार गर्नसके आर्थीक रूपमा सबल हुन सकिने बताउनुभयो । यसै बर्षबाट ठोकर्पामा वन अध्ययन केन्द्रको सन्चालन हुने जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकार वन तथा वातवरण मन्त्रालयका सचिव यज्ञनाथ दाहालले संरचना निर्माण गरेर मात्र नहुने त्यसको संरक्षण र कायृक्रमका बारेमा प्रभावकारीता हुन पर्ने बताउँदै वनबाटै राज्यले प्रशस्त मात्रमा आम्दानी लिन सक्ने भएकाले यसको संरक्षण गर्न पर्ने बताउँनु भयो ।
सचिव दाहालले कानुन भन्दा माथी कोहीपनी हुन सक्दैन भन्दै कानुन बिपरित वन नास गर्ने तथा वनको जग्गा अधिकरण गर्ने जो कोहीलाई पनी कार्बाही हुने बताउँनुभयो । यसैगरी कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सुनकोशी गाँउपालिकामा यस्ता ऐतिहासिक स्थान र बिश्व समुदायमा चिनारी राख्ने काम गर्ने नागरिक जन्मेको पबित्र स्थानमा आमाहरुबाट सस्कृतीलाई जगेर्ना गर्ने खालका भजन गाएकोमा खुशी ब्यक्त गर्दे आमाहरुलाई भजन गाँउनका लागी आवश्यक पर्ने सबै खाले सहयोग गर्ने बताउँनु भयो । कार्यक्रममा बोल्दै आफ्नो पालिकामा बजेट बिनियोजनमा प्रदेश तथा संघिय प्रतिनिधीले पक्षपात गरेको गुनासो राख्दै योजना माग्नुभयो तर परेन भन्नुभयो । उहाँले गाउँपालिकाको श्रोत र साधनले भ्याएसम्म स्थानीय नागरिकको समस्यालाई सम्बोधन गरिने बताउँनुभयो । सुनकोशी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कुमार शाहीको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेस सभा सदस्य माननिय सुनिल केसी, बागमती प्रदेस सरकार निती तथा आयोजना सदस्य बिरण गजुरेल, बागमती प्रदेस वन तथा बातवरण महाशाखा प्रमुख शिब सापकोटा, योजना अधिकृत प्रेम शाह, जिल्ला वन डिभिजन कार्यालय सिन्धुपाल्चोकका डिभिजन वन अधिकृत पदम बहादुर नेपाल, वन अधिकृत शङ्कर राज गिरी सामुदायक बन अध्ययन केन्द्रका शोभा सुबेदी लगायत जनप्रतिनिधी, स्थानिय नागरिकहरुको उपस्थिती रहेको थियो ।
२०३० सालमा नेपालको ७५ जिल्लाका पदाधिकारी बसेर छलफल गरी सामुदायिक वनको अवधारणा बनाईएको थियो । २०३१ सालमा स्व नीलप्रसाद भण्डारीले सामुदायिक वनको अवधारणा ठोकर्पामा ल्याउनुभएको थियो । जसका कारण ठोकर्पा सामुदायिक वनको उद्गम स्थल बन्न पुगेको थियो ।
२०३१ सालमा स्व. नीलप्रसाद भण्डारीले ठोकर्पामा बिरूवा रोपेर बागभैरव नर्शरी सुरू गर्नुभएको जानकारहरू बताउँछन् । पछि नर्सरी हराभरा भएपछि सामुदायिक वन घोषणा गरिएको थियो । सामुदायिक वनको जननी भनेर सिन्धुपाल्चोक जिल्लालाई चिनिने गरेको छ । २०४३ साल पुषमा राजा विरेन्द्रलाई ठोकर्पामा स्व भण्डारीले भित्राउनुभएको थियो । यो सामुदायिक वन ३९ हेक्टरमा फैलिएको छ । सामुदायिक वनका अभियन्ताको रुपमा स्वर्गीय निलप्रसाद भण्डारीलाई लिने गरिएको छ । भण्डारीको स्मृतिमा स्थापना गरिएको राष्ट्रिय पुरस्कारबाट विभिन्न सामुदायिक वन उपभोक्ता समितिहरुलाई सम्मान गरिएको थियो । त्यस्तै सामुदायिक वन दिवसको अवसरमा संस्थागत रुपमा सुनकोशी गाउँपालिका, गाउँपालिकाका पूर्वअध्यक्ष श्रवणकुमार जिसी, वडा नम्बर १ का पूर्वअध्यक्ष नेत्र कार्की, ठोकर्पाका शैक्षिक अभियन्ता शिवप्रसाद न्यौपानेलगायतलाई सम्मान गरिएको थियो ।