सम्पर्क

दुवईमा अलपत्र परेकालाई श्रेष्ठद्धारा सहयोग

रोजगारीको सिलसिलामा दुबइ जानु भएको एक नेपाली महिलालाई नेपाल फर्काइएको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचाकेगढी नगरपालिका वडा नं. १४ को लक्ष्मी पोखरेल रोजगारको सिलसिलामा दुबइ जानु भएको र उहाँको स्वास्थ्य स्थिती बिग्रेका कारण काम गर्न नसके पछी नेपाल ल्याइएको हो । गैर आवसीय संघ दुबईका अध्यक्ष बिकास शाही र सचिब कुमार श्रेष्ठको बिशेष पहलमा नेपाल ल्याएर उहाँको परिवारलाई जिम्मा लगाइएको सचिब कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल फिटीङ्ग कम्पनीमा कामको लागी गएको र स्वास्थ्य स्थिती खराब भएपछी कम्पनीले लागेको खर्च लिएर नेपाल जाउ भनेपछि त्यहाँ लाग्ने खर्च नभएकोले नेपाल आउँन पासपोर्ट समेत नदिएको अलपत्रमा परेका पोखरेलको भनाई थियो ।
पोखरेललाई आवसीय संघ(एन.आर.एन.ए.) ले खर्च ब्यवस्थापन गरेर नेपालको एयरपोर्टमा ल्याएर निजको श्रीमानलाई जिम्मा लगाईएको सचिव श्रेष्ठले बताउँनु भयो । सचिब श्रेष्ठले उहाँलाई नेपाल पठाउँनका लागी दुबइबाट नेपाल सरकार, माननियहरुलाई पहल कदम गरिदिन आग्रह गर्नु भएको थियो भने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको बैदेशिक रोजगार परामर्श शाखा मार्फत पहल गरिएको थियो ।
कम्पनीलाई बारम्बार फोन ताकेता गर्दा सोमबार पासपोर्ट दिएपछी सचिब श्रेष्ठले नेपाल ल्याएर उहाको श्रीमानलाई जिम्मा लगाउँनु भएको हो । श्रेष्ठले यस अघी पनी यसरी समस्यामा परेका नेपालीहरुको उद्धार गर्न अग्रणी भुमिका निर्बाह गर्नुभएको थियो भने सामाजीक काममा सधै अग्रशर भएर काम गर्ने गरेको बताउँनु भयो ।