सम्पर्क

स्वर्गीय लामाको स्मृतिमा रक्तदान

सिन्धुपाल्चोक जिल्ला नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति स्वर्गीय विकास लामाको सम्झनामा चौतारामा रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार नेपाली काँग्रेस चौतारा साँगाचोकगढी नगरपालिका नगर कार्यसमितिको आयोजना र सुनकोशी ईन्द्रावती समाज सिन्धुपाल्चोक तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरको सहयोगमा २९ जनाले रक्तदान गरेको थियो ।
रक्तदानको सुरुवाती चरणमा नेपाली काँग्रेस नगर सचिव भगवान खड्काद्धारा रक्तदान गर्नुभएको थियो । स्वर्गीय लामाको ४९औं पुण्यतिथीको अवसरमा उहाँले राजनीति, समाजसेवा र मानवीय सेवामा पु¥याएको योगदानलाई स्मरण गर्दै स्वर्गीय लामाको सम्झनामा रक्तदान कार्यक्रम गरेको नेपाली कांग्रेस जिल्ला सचिव विल बहादुर तामाङले बताउनुभयो ।