नेपाली काँग्रेस सिन्धुपाल्चोकले शुक्रबार “बिशेष आन्तरिक अभियान” सुरु गरेको छ । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्य समितिद्धारा आयोजित नेपाली कांग्रेस केन्द्रिय परिपत्र अनुरुप संगठन सुढृढीकरणको लागि “बिशेष आन्तरीक अभियान” को प्रमुख अतिथी तिर्थ पासखलको प्रमुख अतिथ्यतामा र बागमति प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठको बिशेष अतिथ्यतामा बागमती प्रदेस सदस्य दिपेन्द्र आचार्य, शान्ता क्षेत्री थापा, सुनिता लामा ,कोकील मगर, पूर्वपाटी सभापती भुपेन्द्र बहादुर थापा, नेता डा.पे्रम ध्वज लामा, लगायत तरुण दलका केन्द्रिय सदस्य डुपा छिरीङ्ग लामा, केन्द्रिय सदीस्य डुजिल्ला कार्य समितीका पदाधिकारीहरु, क्षेत्रीय कार्यसमितकिा पदाधिकारीहरु, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रीय प्रतिनिधहिरु लगायतको उपस्थितीमा संगठन सुदृढीकरण सम्बन्धि अभियानका बारेमा छलपल भएको थियो । पाटी सभापती जङ्ग बहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा सम्बोधन गर्दै केन्द्रिय सदस्य पासखलले अरु पाटीको जस्तो काँग्रेसमा कार्यकर्ता खोज्न नपर्ने तर कार्यकर्ताले काँग्रेस खोजीरहेको अवस्थामा काँग्रेसले पनी कार्यकर्ताको भावना अनुसार काम गर्न सक्यो भने सँधै भरी सबैभन्दा शक्तिशाली पाटी नेपाली काँग्रेस भइरहने बताउँनु हँुदै त्यसैको लागी यो कार्यक्रमको आवश्यकता महसुश पार्टीले यो अभियान चलाएको बताउँनु भयो । कार्यक्रममा बागमती प्रदेशका सहमहामन्त्री हरीशरण श्रेष्ठले पार्टी कुनै ब्यक्तिको निजी बिचारले सञ्चालन नहुने हँुदा पाटिमा सामुहिक सल्लाह र सुझावका आधारमा अघि बढ्रन पर्ने भएकाले पनी यो कार्यक्रमको आवश्यकता रहेको बताउँनु भयो । कार्यक्रममा बृद्धि जिबी एवम नेपाली काँग्रेसका नेता डा. प्रेमध्वज लामाले नेपाली काँग्रेसका मतदाताको कारण निर्वाचन जितेका जन प्रतिनिधिहरुले नेपाली काँग्रेस पाटीकोका समितीहरु र मतदाताहरुको मागलाई सम्बोधन हुने खालका कामहरु गर्नुपर्ने बताउँनु भयो ।
कार्यक्रममा २ क्षेत्रीय सभापती एवम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफु पनी नगरपालिकाको प्रमुख भई रहँदा स्थानीय नागरिकको समस्याका बारेमा पाटीका साथिहरुले जानकारी गराएको र सोही आधारमा नागरिकको समस्यासँग नजिक रहेर काम गर्न निर्वाचित जनप्रतिनिधीहरुलाई आग्रह गर्देै पाटीलाई सधै चलायमान बनाईरहन पर्ने बताउँनु भयो । कार्यक्रममा बोलने अधिकाशंले पाटीबाट निर्बाचित भएकाहरले नागरिकको लागी राम्रा काम गरे मात्र पार्टीको सरकार रहेको विश्वास हुने भएकाले यसप्रती ध्यान दिन जरुरी रहेको बताउँनु भएको थियो । उक्त बैठकले सिन्धुपाल्चोकको २ वटै निर्वाचन क्षेत्र र ४ वटै प्रदेशलाई केन्द्रिय परिपत्र अनुसार कार्यक्रम सञ्चालन गर्न निर्देशन गरेको छ ।
