सम्पर्क

सामुदायिक वन दिवसको अवसरमा सुनकोशीमा बृक्षारोपण

सामुदायिक वन दिवसको अवसरमा सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिकाको थुम्कीपाखा धायाराघारी सामुदायिक वन समुहमा बृक्षारोपण कार्यक्रम गरिएको छ । बिहिबार सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सुनकोशी गाउँपालिका महासंघको अध्यक्ष देविन्द्र कार्कीको सभापतित्वमा भएको कार्यक्रममा सुनकोसी गाउँपालिका उपाध्यक्ष कान्छी लामा तामाङको प्रमुख आतिथ्यतामा सुनकोशी गाउँपालिकाको वडा नं. ३ थुम्कीपाखा धायाराघारी सामुदायिक वन समुहमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सुनकोसी गाउँपालिका उपप्रमुख कान्छी लामा तामाङले मानव जीवन प्रकृतिसँग निर्भर रहेको बताउनुभएको छ । वन संरक्षणले नै मानव जीवन र प्रकृतिको चक्रलाई स्वस्थ राख्ने भन्दै उहाँले रुख बिरुवामा संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो । रोपिएका विरुवालाई संरक्षण गर्नु नै जीवन संरक्षण गर्नुभएको भन्दै उहाँले चोरी, तस्कारी र विनासलाई पूर्णरुपमा रोक्न उपभोक्ताहरु नै सचेत हुनुपर्ने बताउनुभयो । अब वनलाई आम्दानी सँग जोड्नु पर्ने भन्दै उहाँले बैज्ञानीक ढंगबाट वनको संरक्षण र व्यवस्थापनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । बृक्षारोपण कार्यक्रममा सुनकोसी गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष इश्वर तामाङ वडा नं. ४ का वडाअध्यक्ष भोजराज श्रेष्ठ, वडा नं. ७ का वडाअध्यक्ष इश्वर तिमल्सिना, सुनकोसी गाउँपालिका वडा नं. ३ का पुर्व वडाध्यक्ष रामहरि खड्का बलेफी गाउँपालिका वडा नं ८ का पुर्व वडाअध्यक्ष चरी बहादुर तामाङ, सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासघ सिन्धुपाल्चोकका उपाध्यक्ष शारदा प्रासाद चालिसे, सामुदायिक वन उपभोक्ता समुहहरु सामुदायिक वन स्थानिय महासंघ पदाधिकारीहरु सरोकार वालाहरुको उपस्थित रहेको थियो ।
बृक्षारोपणमा कल्की, धुपी, तेजपात ,सल्लो , टिमुर, कागति, अमला, अम्बा, बेल लगायतको बिरुवाहरु रोपिएको सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष शारदा प्रासाद चालिसेले जानकारी दिनुभयो ।