सम्पर्क

मुडे र सिलढुङ्गामा बजार अनुगमन

सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर– ५ को मुडे र शिल्ढुंगामा बजार अनुगमन गरेको छ । बिहिबार घरेलु तथा साना उद्योग बिकास समितिको कार्यालय प्रमुख बिश्वनाथ काफ्लेको संयोजकत्वमा घरेलुका कर्मचारीहरु तथा प्रहरीको संयुक्त टोलि मार्फत अनुगमन गरिएको छ । अनुगमनका क्रममा मुडे बजारमा म्याद गुज्रिएका चिज बल्स, लेज, कुरमुरे आदि जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख विश्वनाथ काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिल्ढुंगा स्थित एउटा पसलमा म्याद गुज्रिएको बर्षौं सम्म पनि नष्ट नगरी बिक्री गर्न राखेको सामान पाइएको र यस्तो गल्ती पहिलोपल्ट भएकोले थोरै जरिवाना गरेर छाडिएको छ । ‘अर्को पटकको अनुगमन हुँदा यस्ता क्रियाकलाप नदोहोर्याउन चेतावनी समेत दिईएको छ । व्यवसायीले मपदण्डको पालना नगरे, अखाद्य वस्तु बिक्रि वितरण गरे कारबाहीको दायरामा ल्याउने समेत उहाँले
बताउनुभयो ।