सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका – ७ सानोसिरुवारीमा पालेथुम्की सेतीदेवि पार्क बनेको छ । पार्क बनेपछी त्यहाँका नागरिकहरुमा खुशी छाएको छ । उक्त पार्क निर्माण गर्नका लागी बन कार्यलयबाट ७ लाख ३९ हजार प्राप्त भएको सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बिजय नेपालले जानकारी दिनुभयो ।
सानोसिरुवारीमा निर्मित पालेथुम्की पार्कको बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले बिहिवार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको हो । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले राजनिती खिचातानी गर्नु भन्दा काम गरेर देखाउँन पर्ने भन्दै आफु कामममा विश्वास गर्ने भएकाले बिकासका कामहरुमा आफ्नो चासो रहने बताउँनुभयो । सबैको सहयोग, एकताका आधारमा मात्र बिकासको सम्भब भएकाले यसप्रती ध्यान दिन जरुरी भएको बताउँदै समग्र सानोसिरुवारीको विकासको लागी दिर्घकालीन सोचका साथ काम गरिरहेको समेत बताउँनुभयो । शिक्षा ,स्वास्थ्य ,पुर्वाधार ,पर्यटन प्रर्वद्धन ,कृषि र नागगरीकलाई जिविनस्तर कसरी सुदृढ गर्न सकिन्छ भनेर विभिन्न योजना बनाई कार्यक्रमहरु ल्याएको उहाँको भनाई छ ।
पार्क आसपास अन्य पुर्वाधारहरुको विकास गर्दै सिङगो डाडाँ, वडा कार्यालय लगाएत सबैलाई विकसित व्यवस्थापन गदै भविष्यमा यो भन्दा विकास गर्ने र सुन्दर रमणिय ठाउँ बनाउँनेमा आफ्नो ठाउँबाट ठुलो योगदान रहने बताउँनुभयो । ‘सडक पुर्वाधारको काम सकिएको छ । भुत छागाँको चर्चा गर्दै पर्यटन प्रर्वद्धनलाई प्राथमिकतामा राखेको बताउँनु भयो । सिद्धिगणेश माध्यमिक विद्यालयलाई सुबिधा सम्पन्न गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा विकास गरेर जाने उद्देश्यका साथ काम गर्दै आएकोले यसमा सबैको साथ र योगदान जरुरी रहन्छ । समग्र यो ठाउँको विकासका लागी आफुलाई सामाजिक सद्धभाव , सामाजिक एकता र सामुहिकता प्रर्दशन गरिदिनुभयो भने स्रोत र साधन जहाँबाट पनि ल्याएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बर्तमान सरकारले पुराना पुराना भ्रष्टाचारको फाइल खोलेर कार्वाही शुरु गरेकोले राज्यको सम्पति दुरुपयोग गर्नेलाई जुन समयमा पनी कार्बही हुने बताउँनुभयो ।
पालेथुम्की सेतीदेवि पार्क बागमती प्रदेश सरकारको आर्थिक सहयोग र डिभिजन वन कार्यलय चौतारा सिन्धुपाल्चोकको व्यवस्थापकीय सहयोगमा चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुवारी स्थित सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समुहले स्तरोन्नती कार्य सम्पन्न गरेको सिद्धिगणेश सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विजय नेपालले बताउँनुभयो ।
वडा नं. ७ का वडा अध्यक्ष डम्बर बहादुर तामाङले यो पार्क निर्माण गर्ने कार्य भएकोमा सम्बन्धित सर्बलाई धन्यबाद दिनु हुदै वडामा पर्यटन बिकासका लागी यो पार्कले महत्वपुर्ण भुमिका खेल्ने भएकाले यसलाइ ब्यवस्थीत गर्न तारबारको जरुरी रहेको बताउँनु भयो । कार्यक्रममा मुर्तीकार मन लामालाइ प्रशंसा पत्र प्रदान गरिएको थियो । अध्यक्ष नेपालले मन्त्री दुलाललाई मायाको चिनो दिनुको साथै पार्कमा सहयोग र योगदान पुर्याउने व्यतिmत्वहरुलाई मायाको चिनो दिनुभएको थियो ।
महेश धितालले सञ्चालन गर्नु भउको कार्यक्रमको सभापतीत्व भने बिजय नेपालले गर्नु भएको थियो । सेतीदेवी मन्दिर कै छेउमा इन्द्रावती गाँउपालिकाका मन तामाङले निर्माण गर्नुभएको बाघको मुर्ती र अग्लो झण्डा मनोरन्जनात्क स्थानमा पहिले पहिले वनको पाले बसेर चारै तिर हेर्ने मिल्ने थुम्को भएकाले त्यस ठाँउको नाम पालेथुम्को रहेको सिद्धिगणेह माध्यमिक बिद्यालयका प्रधानारध्यापक राजकुमार यादवले जानकारी दिनुभयो ।
