कैलाली जिल्ला साबिक धनगढी उप महानगरपालिका वडा नं. २ निबासी हाल काठमाडांै वडा नं. ३० मैतीदेबीमा स्थायी बसोबास गर्नुभएको सुषमा महता केसी बाह्रबिसे नगर पालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बहन गरिरहनु भएको छ । प्रस्तुत छ लोकप्रिय समाचार राष्ट्र्रीय दैनिक का नेत्र बहादुर बस्नेले उहाँसँग गर्नु भएको कुराकानीको शारशं ः
१ यहाँको पृष्ठभुमी बताईदिनु होस न ?
मेरो नाम सुषमा महता केसी मेरो जन्मस्थान सुदुरपश्चिम प्रदेशको धनगढी कैलाली वडा नं. २ हो । हामि डडेल्धुराबाट बसाई सरेर धनगढी आएका हौ । मेरो आमा हाल बिद्यालयमा शिक्षकको रुपमा कार्यरत हुनुहुन्छ र बुवा सरकारी सेवाबाट गत बर्ष नै सेवा निबृत हुनुभएको छ । मेरो स्नातक तह सम्मको शिक्षा कैलाली बहुमुखी क्याम्पस धनगढीबाट नै भएको हो । त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट अर्थशास्त्रमा स्नाकोत्तरसम्मको अध्ययन पुरा गरेको छु । स्नातक पढाई सकिएपछि सिलगढी डोटी निबासी परिवारमा बिवाह भएको हो । मेरो श्रीमान निजि क्षेत्रमा कार्यरत हुनुहुन्छ । निजामती सेवामा शाखा अधिकृतको रुपमा २०७० सालमा प्रबेश भएको हो । २०८० सालमा लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट उप सचिव पदमा सिफारिस भई बाह्रबिसे नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा पहिलो पदस्थापना भएको हो ।
२ बाह्रबिसे नगरपालिकामा आउँनु हुँदा यहाँलाई कस्तो लागेको छ ?
म नेपाल सरकारको कर्मचारी भएका कारण सरकारले खटाएका सबै ठाँउमा जानैपर्छ । बाह्रबिसे नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर नेपाल सरकारले यहाँ खटाउदा निश्चय पनि खुशी लागेको छ । मुलुक संघियतामा रुपान्तरण भईसकेपछि स्थानीय तहमा धेरै कामहरु संबिधानद्वारा नै ब्यबस्था गरिएको छ । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकोले नागरिक सन्तुष्टि हुने गरी सेवा प्रवाह गरी आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेछु भन्नेमा बिस्वस्त छु र हाल बाह्रबिसे नगरपालिकामा आएर सेवा प्रवाह गर्न पाउदा गर्व महशुस गरेको छु ।
३ बाह्रबिसे नगरपालिकामा आउँनु भन्दा पहिले कुन कार्यालयमा रहनु भएको थियो ?
म २०७० सालमा शाखा अधिकृतको रुपमा प्रवेश गरेको हुँ । २०८० साल बैशाखमा लोकसेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट नेपाल सरकार प्रशासन समूह रा.प दितीय उपसचिव पदमा सिफारिस भई उपसचिवको रुपमा पहिलो पदस्थापना यस नगरपालिकामा भएको हो । यहाँ आउनु भन्दा पहिला अन्तरिक राजस्व बिभाग अन्र्तगरको निकायमा कार्यरत थिए ।
४ तपाई नगरपालिकामा कर्मचारी, जनप्रतिनीधी, सरकार, नागरिक बिचको समन्वयकारी भुमिकामा हुनुहुन्छ ? यहाँको स्थिती के छ ?
बाह्रबिसे नगरपालिकामा समन्वयको स्थिती ठिकै रहेको देख्दछु । नगर प्रमुख, कार्यपालिका सदस्य, लगाएत जनप्रतिनिधिहरु समृद्ध नगर का लागी खटी रहनु भएको छ । जनप्रतिनिधि र प्रशासन, कर्मचारीहरु भनेको एक आपसमा नङ र मासु बिचको सम्बन्ध हो । त्यो सम्बन्ध यस नगर पालिकामा छ। यस कारण जनप्रतिनिधि र कर्मचारी बिच सम्मन्वय राम्रै छ । जनप्रतिनिधिहरु सेवाग्राहीको माग अनुसार आबश्यकताका आधारमा कानूनी तथा प्रक्रियागतरुपमा अगाढी बढ्न खोजेको देखीन्छ तर कानूनी तथा प्रतियागतरुपका बिषयहरुमा अझै क्षमता अभिबृद्धीको जरुरत रहेको देखीएको छ । र सेवाग्राहीहरु समेत आफ्नो आफ्नो अधिकारको बिषयमा त्यती जानकार रहेको देखीएको छैन । सेवागा्रहीहरुले आफ्नोअधिकारका बिषयमा जानकार रहँदा को अबस्थामा नगर बिकासमा सहजता हुने हँुदा सेवाग्राहीहरुलाइ आफ्नो अधिकारको बिषयमा जानकार हुन जरुरी छ ।
५ तपाँई एक नारी प्रमुख भएको कार्यालय कमै मात्रमा छ यसमा तपाईको भुमिका कस्तो रहने छ ?
हेर्नुस म जहिलेबाट बुझ्ने भए त्यो बेलाबाट न्भलमभच म्ष्कअचझष्लबतष्यल को कडा बिरोधि हो । खुला प्रतिस्पर्धाबाट उतिर्ण भएर सिफारीस भई आएको छु । म अहिले बाह्रबिसे नगरपालिकामा महिला नभई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छु । यस क्षेत्रमा संबिधान ऐन कानूनले प्रदान गरेको क्षेत्राधिकारमा रही नगरबासीको हितको लागि मेरो सम्पूर्ण प्रयासहरु रहनेछ । सुशासनलाई केन्द्रबिन्दुमा राख्दै नागरिकको अधिकतम सन्तुष्टि हुने गरी काम गर्नु मेरो स्वार्थ समेत रहेको छ ।
६. नगरपालिकाले गत बर्ष गरेका बिकासका कार्यक्रमहरु मध्य कुन कुन प्रभाबकारी भएका छन ?
बाह्रबिसे नगरपालिकाले नागरिकको सन्तुष्टि अभिवृद्धी गर्ने गरी धेरै कामहरु गरेको छ । नागरिकको मौलिक हकको रुपमा रहेको शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी १२ कक्षासम्मको शिक्षा निःशुल्क गरेका छौ । यसबाट बिद्यालयमा छात्रछात्राको उपस्थिति राम्रो देखिएको छ । गुणात्मक नतिजाको लागि केही समय कुर्नुपर्ने हुन्छ । कृषि पकेट क्षेत्र बनाउन आलु मल बिउ बिजनमा उल्लेख्य अनुदान दिएका छौ । स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न तथा सेवालाई गुणात्मक बनाउन स्वास्थ संग सम्बन्धित कार्यक्रमहरु संचालन गरेका छौ । संबिधानको समावबेशीताको मर्मलाई कार्यान्वयन गर्न दलित लक्षित कार्यक्रम संचालन गर्यो । यसबाट बिपन्न दलित लाभान्वित भएको अवस्था छ । नगरले गत आर्थिक वर्षमा गरेको उल्लेख्य काम भनेको बिपदबाट प्रभाबित घरपरिवारको पहिचान गरी थप क्षति हुन नदिन सुरक्षित आवासको कार्यक्रम संचालन गर्यौ जुन यो आ ब मा पनि निरन्तर रहेको छ ।
७. गत बर्ष पालिकाले गरेका कामहरुका बारेमा छोटकरीमा बताईदिनुहोस न ?
गत आर्थिक वर्षमा बिनियोजन भएको बजेटमा ठूलो अंश कृषि तथा पशुको क्षेत्रमा खर्च भएको हो । हलगोरु प्रबद्र्धन गरी कृषिमा जोड दिन हामीले हलगोरुको आधारमा प्रत्येक किसानलाई रु १००००।– का दरले बितरण गरी उत्प्रेरणात्मक काम गर्यौ । नगरपालिकामा बिभिन्न खालका भौतिक पूर्बाधार निर्माणमा पनि नगरले काम गरेको छ । १२ कक्षा सम्मको शिक्षा निःशुल्क गरेर बिद्यालय भर्ना दर समेत बढेको छ । दलितको लागि अभिमुखीकरण तथा सीपमूलक कार्यक्रमहरु संचालन गर्यौ । महिला लक्षित रोजगारमुलक कार्यक्रमहरु पनि नगरपालिकाले गत बर्ष सन्चालन गरेको हो । अशक्त अपाङग दीर्घरोगी तथा मृगौला पिडीत नागरिकलाई स्वास्थ्य अवस्थामा सहयोग गर्नको लागि नगद सहायता समेत भएको छ ।
८. अन्तमा तपाईको भनाई केही छ की ?
सर्बप्रथम तपाँईले आफ्नो पत्रिकामा मलाई केही भनाई राख्ने अवसर दिनुभएकोमा हार्दिक धन्यबाद दिन चाहन्छु । स्थानीय सरकारको सफल कार्यान्वयनबाट मात्र संबिधानले लिएको सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको परिकल्पना साकार हुने भएकोले बाह्रबिसे नगरपालिको प्रमुख प्रशासकीय अधिकृतको हैसियतले यस नगरपालिकामा सबैको समन्वय र सहकार्य गरी सुशासन कायम गर्दै समृद्ध नगर र खुशी नागरिकको सोचलाई पुरा गर्नेछु । धन्यबाद ।
