सम्पर्क

ब्रेकिङ न्युज १

सवारी दुर्घटनामा एक युवकको मृत्यु

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोकमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सिन्धुपाल्चोकको १६ किलोमा बस र मोटरसाइकल आपसमा ठोकिँदा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का २३ वर्षिय विश्वराज श्रेष्ठको मृत्यु भएको हो । काठमाडौंबाट चरिकोट आउँदै गरेको बा ३ ख ५३९३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकल १६ किलोमा आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि विएन्डवी अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिइएको छ ।...

सिन्धुपाल्चोकमा पनी निजी सवारी साधनले यात्रु बोक्न नपाइने

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
सार्वजनिक यातायातका क्षेत्रमा देखिएका अनियमितताका सम्बन्धमा जिल्ला प्रहरी कार्यलय तथा जिल्ला ट्राफिक प्रहरी कार्यलयले नियमित रुपमा अनुगमन तथा कारबाहीको व्यवस्था गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लामा संचालित यातायात क्षेत्रका गुनासो तथा समस्याहरुको सन्दर्भमा आवश्यक छलफल तथा सहजिकरणका लागी बोलाइएको छलफलमा यस्तो निर्णय भएको हो । मगंलबार प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको संयोजकत्वमा चौतारामा बसेको बैठकमा सार्वजनिक यातायात लगाएतको सेवा सुविधाका सवालमा छलफल भएको हो ।बैठकले सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडादर कायम गरी लागु गर्ने तथा उक्त भाडादर सबै सार्वजनिक यातायातका साधनहरुमा सबैले देख्ने गरी टास्ने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने ले बताउँनुभयो । सुपर एक्सप्रेसको रुपमा संचालनमा आएको सवारी साधन सोही मापदण्डको आधारमा संच...

अस्पताल आउने ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या ः नेपाल नेत्रज्योति सङ्घ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
पछिल्लो समय देशैभरि आँखापाक्ने समस्या ( कन्जंक्टिभाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । आँखा अस्पतालहरुमा आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा कन्जंक्टिभाइटिसको समस्या देखिएको नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रले बताउनुभयो । “सुरुआतमा भारतको सीमावर्ती क्षेत्रहरुमा मात्र कन्जंक्टिभाइटिसको समस्या देखिएको थियो । अहिले देशैभरि यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने दैनिक आँखा जाँच गराउने बिरामीमध्ये ५० प्रतिशतमा कन्जंक्टिभाइटिसको समस्या देखिएको छ”, उहाँले भन्नुभयो । सङ्घको तथ्याङ्कअनुसार अहिले दैनिक आँखाजाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लम...

उच्च सतर्कता अपनाऔँ जल तथा मौ वि वि

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी बर्षा भएको, विष्णुमती, धोविखोला, मनोहरा लगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाऔँ आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/०४/२३ देखि २०८०/०४/२५) जारी समय: बिहान ०६:०० बजे दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।...
#, कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
कागतीको बजार खोजी गर्दै ज्ञान केन्द्र तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । जिल्लामा उत्पादित कागतीले बजार नपाएको बारेमा राष्ट्रिय समाचार समिति (रासस) बाट यही साउन २१ गते समाचार प्रकाशित भएपछि ज्ञान केन्द्रले बजारीकरणका लागि पहल थालेको हो । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालीमाटी तरकारी तथा फलफूल बजार समितिको कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिनुभयो । उहाँले फलफूल समितिको कार्यकारी निर्देशक डिपी पुडासैनी र व्यवसायी हरिप्रसाद शर्मासँग तनहुँमा उत्पादित कागती विक्री वितरणको व्यवस्था मिलाउन आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कागतीले बजार नपाएपछि किसान समस्यामा परेकाले बजारको सहजीकरणको प...

सिन्धुपाल्चोकमा क्याम्पस बुलेटीन आउँने

ब्रेकिङ न्युज १, समाचार
सिन्धुपाल्चोक जिल्लामा सञ्चालित सामुदायिक क्याम्पसहरुको गतिविधि समेटिएको बुलेटीन प्रकाशन गरिने भएको छ । शनिबार सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा बसेको सिन्धुपाल्चोकमा सञ्चालित बाह्रवटा सामुदायिक क्याम्पसहरु सम्मिलित अन्तर क्याम्पस सञ्जाल समितिको बैठकले उक्त निर्णंय गरेको हो । बैठकमा जिल्लामा सञ्चालित क्याम्पसहरुको अवस्था, क्याम्पसमा रहेका अवसर चुनौती, समस्या तथा समाधानका उपायहरुका बारेमा गम्भिर छलफल भएको सञ्जालका सचिव एवं चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त बुलेटिन प्रकाशन गर्न चौतारा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नगेन्द्र दंगालको संयोजकत्वमा इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीका प्रमुख राधाकृष्ण श्रेष्ठ र अरनिको क्याम्पस बाह्रबिसेका प्रमुख यम बहादुर बस्नेत सदस्य रहनेगरी एक समिति गठन गरेको छ । यसैगरी सोहि प्रयो...

नेकपा एसको औचित्य समाप्त भयो ः पोखरेल

ब्रेकिङ न्युज १, राजनिती, समाचार
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकिकृत समाजवादीको औचित्य समाप्त भएको र माओबादी केन्द्र भन्ने पाटी नै नरहने अबस्था आएको बताउँनु भएको छ । पोखरेलले नेकपा माओबादी सुरुमा ३० प्रतिशत जनमत रहेको भएता पनी अहिले ११ प्रतिशतमा आएको बताउँदै आगामी निर्बाचनमा त्यो सख्या घट्ने भएकाले अब कम्युनिष्ट भनेको नेकपा एमाले मात्र रहने बताउनुभयो । शनिबार चौतारामा भएको भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउँनु भएको हो । पोखरेलले मुलुुकको भविष्य निर्माण गर्न एमालेमा समाहित हुन एकीकृत समाजवादीलाई आग्रह गरेका हुन् । बिशाल चौतारी नेकपा एमालेमा समाहित हुन म आम वामपन्थी साथीहरुलाई अनुरोध गर्दछु’, नेता पोखरेलले भन्नुभयो । समाजवादी क्रान्ति माधव नेपालको नारा मात्र हो, मुलुकको कम्युनिष्ट आन्दोलनको मेरुदण्ड नेकपा एमाले हो ।’ कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गराउन नेकपा एमाललेले माओवादी अध्यक्षलाई प्रधानमन्त्री वनाउन ...

सहकारी पिडितलाई रकम ‘सरकारले नै उपलब्ध गराउने’

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
काठमाण्डौँ, १९ साउन । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने बताउँनु भएको छ । ‘बचत सुरक्षण कोष भनेको यदी कुनै बचतकर्ताको रकम सहकारीमा डुबेको छ उसले सहकारी मार्फत फिर्ता पाउन सकेनन् भने यस कोष मार्फत सरकारले उपलब्ध गराउनेछ र सहकारीबाट सरकारले लिनेछ’, मन्त्री चौधरीले भन्नु भयो । मन्त्रालयले अर्थको सहमति लिएर उक्त कार्यबिधिहरु कार्वान्वयनका लागि मन्त्रिपरिषदको निर्णय गराउन लैजाने चरणमा छ । आगामी दुई महिना भित्रै आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा गरेर सहकारी पिडितहरुलाई सरकारले नै पाउनु पर्ने रकम उपलब्ध गराउने मन्त्री चौधरी ले बताउँनु भयो ।सहकारी ऐन २०७४ र नियमावली २०७५ मा व्यबस्था भएपनि निष्कृय बन्दै आएको बिभिन्न ऐन तथा कार्यबिधिहरु तत्काल कार्वान्वयनमा लैजान मन्...

दिवा खाजा व्यवस्थापनको म्याद थप

ब्रेकिङ न्युज १, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा संचालन भएको दिवा खाजा व्यवस्थापन गर्न खाद्यान्न व्यवस्थापनको लागि सहकारीहरुलाई आवेदन दिन म्याद थप गरिएको छ । शुक्रबार नगर खाजा व्यवस्थापनका संयोजक नगर उपप्रमुख सिता थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सामाजिक विकास समिति संयोजक राम प्रसाद गौतम नगर शिक्षा अधिकृत बसन्तराज जोशी, नगर शिक्षाका अमित घिमिरे विश्व खाद्य कार्यक्रमका रुद्रा सुनार, नेत्रज्योती कृषि सहकारी संस्थाका सचिव नेत्र बहादुर बस्नेत, ठुलोसिरुवारी साना किसान सहकारी संस्था लि. का अध्यक्ष होमना चौलागाई, आलोपाले अग्रसर बहुउद्धेश्य सहकारी संस्थाका नारायण प्रसाद गौतम लगायत सहकारीका प्रतिनिधिहरुका बिच दिवा खाजा व्यवस्थापन सम्बन्धमा खाद्यान्न व्यवस्थापनको लागि पुन सुचना प्रकाशन गर्ने निर्णय गरिएको छ । सोहि अनुसार सहकारी संस्थाहरुले दिवा खाजा व...

सिन्धुपाल्चोकमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

ब्रेकिङ न्युज १, समाचार
रुपक पुरी सिन्धुपाल्चोककमा राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले समाजसेवी कृष्ण बहादुर ठकुरी र कर्मचारी विश्वास योञ्जनलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै वितरण कार्यको सुरुवात गर्नुभयो । मेसिन र कम्प्युटरबाट राष्ट्रिय परिचयपत्रको सम्पूर्ण विवरण प्रमाणित गरेपछि मात्र प्रमुख जिल्ला अधिकारीले परिचयपत्र प्रदान गर्नुभएको थियो । सिन्धुपाल्चोकमा २०७७ साउन २१ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रम सुरु भएको थियो । हालसम्म एक लाख ९४ हजार सात सय ४९ जनाको विवरण दर्ता भइसकेको जिल्ला प्रशासन कार्यालयका कम्प्युटर दर्ता अपरेटर सुर्य प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये पहिलो चरणमा आर्थिक वर्ष ०७७÷ ७८ मा विवरण दर्ता गराउने एक हजार तिन सय ६९ जनाको परिचयपत्र नै बनेर आएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लागू भएपछि विभिन्न ...