कुमार बस्नेत (अधिराज)
जिल्ला समन्वय समिती सिन्धुपाल्चोकले जिल्लाका १२वटै स्थानीय तहको काम गराइ र त्यसमा परेका समस्याका बारेमा एक बार्षीक समिक्षा कार्यक्रम गरेको छ । सिन्धसपाल्चोकको सुकुटे च्यानेमा रहेको सिन्धु बिच होटलमा गरिएको कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो भने बिशेष अतिथीका रुपमा बागमती प्रदेस बन तथा बाताबरण मन्त्री मसिना खड्का रहनु भएको थियो । कार्यत्र।मको उद्धघाटन गर्दै स३ीय मन्त्री मोहन बहादुरबस्नेतले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रमा काम गर्ने बताउदै जनप्रतिनिधिहरुले पनि राम्रो काम गरेको छ है भन्ने गरी जनताको अपेक्षा अनुसार काम गर्ने वताउनु भएको छ ।

हामीले एक सय दिनको काम सार्वजनिक गरिसकेका छौं । अहिले सरकारी अस्पतालमा विरामीको चाप बढ्दै छ । राम्रो भएर नै सरकारीमा चाप भएको हो ।अझै राम्रो बनाउन लाग्नेछौं । भनसुनको भरमा ८ सय भन्दा बढि स्वास्थ्यकर्मी काजमा केन्द्रमा नै बसेका थिए, अहिले त्यो सबै अन्त्य भएको छ । नेपालको इतिहासमा पहिलो पटक स्वास्थ्य मन्त्रालयमा भनसुनको भरमा काम गर्ने पद्धतिको अन्त्य भएको छ ।मन्त्री बस्नेत भन्नुभयो। नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तर्राष्ट्रियस्तरमा समेत भनिरहेको अवस्था छ । माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध समेत गर्नुभएको छ । हामीले यहाँ मेडिकल शिक्षा सहजरूपमा दिने वातावरण नमिलाउने हो भने पाँच वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ । यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो । अव तीन महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु।
मन्त्री बस्नेतले अहिले देशभरका संघीय अस्पतालहरुमा मात्रै ३ हजार ५ सय बेडमा निशुल्क उपचार हुने व्यवस्था रहेको र आगामी दिनहरुमा अझै बृद्धि गर्ने वताउनु भयो । उहाँले आफ्नो अनुरोधमा बागमती प्रदेश र मधेश प्रदेशका अस्पतालहरुले समेत निशुल्क उपचारमा सहयोग गरिरहेको वताउनु भयो ।
जिल्ला साँन्वय समितीले गरेको आर्थिक बर्ष २०७९÷०८० मा सिन्धुपाल्चोक जिल्लामा भएका बिकास निर्माण सम्बन्धि कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम जिल्ला समन्वय समिती सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो । बाग्मती प्रदेशका माननीय कृष्ण कुमार तामाङ (समिर) तथा सिन्धुपाल्चोक जिल्लाका सबै स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको वार्षिक समिक्षा कार्यक्रममा१२ ओटै स्थानिय तह हो बार्षिक प्रतिबेदन प्रस्तुत गरियएको सबै स्थानिय तहका प्रमुख उपप्रमुख,प्रमुख प्रसासकिय अधिकृतहरूको उपस्थित रहेको थियो । कार्यक्रममा आआफेनो पालिकाको कार्यपत्र प्रस्तुत गर्र्दै प्रमुख प्रशासकीय अधिकृतहरुले सघं प्रदेस र स्थानीय तहमा गरिने बकिास निर्माणको कामहरु पारदर्शीता गर्नका लागी लागी परेको भएता पनी पुर्ण रप्ले त्यसको कार्यन्वयनमा समस्या परिरहेको बताउँनु भयको थियो जिसस प्रमुख बालकृष्ण श्रेष्ठले कार्यक्रम उपस्थित सबैलाइ बिशेष धन्यबादका साथ कार्यक्रम समापन गर्नु भएको हो।
