सम्पर्क

अविरल बर्षाका कारण जनजिवन कष्टकर मेलम्ची बढी जोखिममा

काठमाडौं– बिगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण देस भर नै जनजिबन कष्टकर बन्दै गएको छ । यसरी परिरहेको बर्षाको कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा बढी जस्तो बाढीले क्षति गरेको छ ।  वर्षाका कारण मेलम्ची नदीमा बाढी आउँदा करिडोरमा समेत क्षति पुगेको मेलम्ची स्थित पत्रकार देवराज सुबेदी ले जानकारी दिनु भयो । उँहाका अनुसार बाढीले सडक तथा खेतीयोग्य जमिन कटान गरेको छ । नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । मेलम्ची मात्र अविरल बर्षाको कारण पहिरो गएर (मेलम्ची–४) मध्य पहाडी लोकमार्ग सिन्धु सुरुङ्ग छेउ बाटो बन्द भएको छ साथै दुई घरमा क्षेती पुर्याएको छ।.मेनपा–११ स्थित सिमखेतमा हेलम्बु–मेलम्ची राजमार्ग अवरूद्द भएको छ। भोटेचौर, पिप्ले, काउले दोभान हुँदै मेलम्ची जाने बाटो अविरल बर्षाको कारण मेलम्ची १ र २ को सिमानामा पहिरोबाट सडक अबरुद्ध भएको खबर छ । मेलम्ची– नवलपुर सडक खण्ड अवरुद्द भएको छ।   गिरान्चौर महभिर सडक खण्ड एक दुई स्थान मा पहिरोले सडक अबरुद्ध भएको छ। मेलम्ची ज्ञज्ञ को कटुन्जे दुलाल गाउमा रहेको रेशम दुलाल र बालकृष्ण दुलाल को घर उच्च जोखिममा परेको छ। मेलम्ची पाँचपोखरि सडक अन्तर्गत मेलम्ची पारि अध्यरि खोला छेउ र शिखरपुर जाने बाटोको सहरेखोला नजिकै गएको पहिरो पन्छाउने क्रम जारी बर्षा बाधक बनेको छ ।(सहरे खोलामा ठुलो मेसिन जादै ).नेपाल विद्युत प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्र अन्तर्गत मेलम्ची ७ दुवाचौर हुँदै हेलम्बुको केही भागमा बालिएका विद्युतको हाइटेशन लाइनको पोल डिहि डाँडामा पहिरोको कारण ढलेको र वर्षाका कारण बनाउन कठिनाई भइरहेको हुँदा आज बत्ती आउने सम्भावना कम रहेका जनाउँनु भएको छ । त्यस्तै हेलम्बगाँउपालिकामा रहेको एक विद्यालयसमेत जोखिममा परेको गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले जानकारी दिनु भयो । हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय खोलामा परिणत भएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको लामीछानेले जानकारी दिनु भयो । बाढी बाट जोखिम भएका कारण आज विद्यालयमा पढाई बन्द गरिए प्रधानाध्यापक कुमार घोरासैनीले बताउँनु भयो । उाहाका अनुसार ‘विद्यालयका फर्निचरलगायतका सामान सारिएको छ ।’ लगातारको वर्षाले बाढी नरोकिँदा व्यापारिक बजार ग्याल्थुम बजारसमेत जोखिममा रहेको छ। हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाले सडक खुलाउने प्रयास गरे पनि निरन्तरको वर्षाले कठिनाई भइरहेको हो ।मौसम बिभागका अुसार आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशको एक–दुई कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।