सम्पर्क

अरनिको यातायातको आफ्नै बसपार्क बल प्रयोग गरे आन्दोल हुने

 

पूर्व अरनिको यातायात सेवा प्रालिले जडीबुटीमा आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको छ । काठमाण्डौ महानगरपालिकाकाले २०५२साल देखी नै बसपार्क बाटै सबै बसहरु सञ्चालन गर्न पर्ने निर्णय गर्दै आए पनी हाल सम्म काार्यन्वयन हुन सकेको छैन । यस बर्ष भने महानगरपालिकाले डोजर प्रयोग गरेर मापदण्ड बिपरितका संरचना तथा महानगरको निर्णय कार्यन्वयन नगर्नेलाइ डोजर लगाउँन थाले पछी अरनिको याताातका सवारी साधन हश्र सबै गगंबु बसपार्क नअट्ने र कोटेश्वर पुर्बका यात्रीहरुलाइ गगंबु बुपार्कमा जान आउँन समस्यामा पर्ने भएकाले अरनिको यातायात सेवा प्रालकिा अध्यक्ष केदार क्षेत्रीले हरेक निकायहरु सँग सम्मन्वय गरी बसपार्क निर्माण शुरु गर्नू भएको हो । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा निर्माण गरेको बसपार्कमा अन्तराष्ट्रिय स्तरकै भएको पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भएको छ । १४ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कमा ५ सय बढी बसहरु पार्किङ गर्न मिल्ने गरेर निर्माण गरिएको बताउँदै क्षेत्रीले हामीले निर्माण गरेको बसपार्क अन्तराष्ट्रिय स्तरकै छ ,बसपार्कमा शौचालाय,यात्रुहरुका लागि बिश्राम कक्ष,निःशुल्क इन्टरनेट,होटेल,लज,नुहाउँनका लागि तातोपानीको व्यवस्था लगायत सबै सुविधा रहेको बताउँनु भयो ।काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंको गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिको यातातसेवा प्रालीले छुट्टै बसपार्क निर्माण गरेको हो । सिन्धुपाल्चोक, दोलखा, रामेछाप,लगाएतका जिल्लाको हरेक गाँउ गाँउमा सेवा दिइरहेको अरनिको यातायात सेवा प्रालीले यात्रहिरुकै माग बमोजिम जडीबुटमिा बसपार्क निमौण गरेको हो । सिन्धुपाल्चोक, रामेछाचप, दोलखाका मानीसहरुको बसोबार प्राय कोटेश्वर, बौद्ध, जोरपाटीमा रहेको ले पनी यात्रीहरुलाइ गंगबु बसपार्क पुर्याउँदा फर्केर आउँन पर्ने गाँउबाट काठमाण्डौ पुग्दा रात पर्ने र रातीको समयमा गगंबुबाट निवास स्थानमा आउँनका लागी समस्या पर्ने भएकाले यात्रीहरुकै सुबिधाका लागी जडीबुटीमा बसपार्क निर्माण गरेर सेवा दिन लागीएको अरनिको यातायात सेवा प्रलीका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भयो । बसपार्क निर्माणकार्य करिब ९५ प्रतिशत सकिएको छ,अब कालोपत्रे गर्न मात्रै बाँकी रहेको छ अध्यक्ष क्षेत्रीले भने,‘मौसममा सुधार हुन साथ केही दिन भित्रै कालोपत्रे गछौं ।’ दशैं अगाडि नै जडिबुटी बसपार्क सञ्चालनमा ल्याएर त्यहीबाट यात्रुहरुलाई सेवा दिने अध्यक्ष क्षेत्रीले जानकारी दिनु भयो । क्षेत्रीले बसपार्क सञ्चालनमा महानगरले हस्तक्षेप गरेको खण्डमा १३ जिल्लाका यात्रीहरुको साथ लिएर आन्दोलनको आधीबेरी ल्याउँने बताउँनु भयो ।