२०२९ साल देखी प्रयोग गर्दै आएको बागबजारको पुरानो बसपार्कबाट अरनिकोयातायातलाइ पुरानो बसपार्क ठेक्कामा दिए पछी बसको क्यु लगाउँन समस्यामा परेका कारण र महानगरपालिकाकाले गगंबुबाटै बस सञ्चालन गर्न निर्देशन गरेको कारण जडीबुटीमा निर्माण भइरहेको बसपार्कको बागमती प्रदेस सरकारका बन ,भुसंरक्षण तथा बाताबरण मन्त्री मसिना खड्का सहीत बागमती प्रदेस सभाका सदस्यहरुले स्थल गत निरिक्षण गनु भएको छ।
अरनिको यातायात सेवा प्रालीले जडीबुटीमा बसपार्क निर्माणका लागि काठमाडौं महानगरपालिकासँग अनुमति मागेपनि नदिएपछि वागमती प्रदेश सरकारका मन्त्री तथा सासंदहरुलाई निर्माणधिन बसपार्कमा ल्याएर यही बसपार्कबाट यात्रुहरुलाई सेवा दिनका लागि सहयोग गर्न समितिको तर्फबाट अनुरोध गरिएको अरनिको यातायात सेवा प्रालीका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनु भयो।बसपार्क निरीक्षणपछि बाग्मती प्रदेशकी वनमन्त्री मसिना खडका भण्डारीले महानगरपालिका ले यस तर्फ बिचार गर्नु पर्ने बताउँदै महानगरले अरनिको यातायात सेवा प्रालीले निर्माण गर्न लागेको बसपार्कलाइ अनुमती दिएर कोटेश्वर पुर्बका यात्रहिरुलाइ सहयोग गर्न पर्ने बताउँनु भयो ।
उँहाले आफु जनप्रतिनिधी भएका कारण नागरिकको आबजलाइ सुन्न पर्ने र महानगरका नागरिक पनी स्वच्छ बातावरणमा बस्न पाउान पर्ने त्यसका लागी चार भन्ज्याङ्गमा रिङ्गरोड बाहीर बसपार्क निर्माण गरिनु पर्ने बताउानु भयो । कोटेश्वर पुर्व का जडीबुटीमा निर्माण भए सँगै कलङ्कीमा पनी बसपार्क निर्माण गरेर यातायात सञ्चालनको व्यवस्था गर्न सकेको खण्डमा रिङ्गरोड भित्रका नागरिकहरुको लागी बातावरण सफा हुने , सवारी जाम कम हुने र रिङ्गरोड भित्रका नागरिकलाइ सहज हुने, अनी राजधानी बाहीरबाट आउँने र राजधानीबाट बाहीर जाने यात्रीहरुलाइ पनी समस्या नहुने भएकाले रिङ्गरोड बाहीर चार भन्ज्याङ्गमा बसपार्क निर्माण गरिनु उचित रहेको बताउँनु भयो । उँहाले यस्ता बसपार्कहरु त महानगरले नै निर्माण गर्नुपर्ने हो,यातायात कम्पनी आफैले लगानी गरेर बसपार्क निर्माण गर्दा पनि महनागर ले असहयोग गर्नु गलत शन्देस जाने भएकोले यस तर्फ महानगरपालिकाले ध्यान दिन जरुरी रहेको मन्त्री खडकाले बताउँनु भयो ।
मन्त्री खड्काले आफुहरु नागरिकको मतबाट निर्बाचित भएका कारण नागरिकको समस्या समाधान गर्न आफु लागी पर्नु पर्ने बताउँदै नागरिकको माग सम्बोधन हुने खालका काम गर्नु पर्ने भएकाले नागरिकको सम्बोधन गर्न सबै जनप्रतिनिधी लाग्न पर्ने बताउँनु भयो । त्यस्तै प्रदेश सासंद तारानारयण श्रेष्ठले प्रदेशको क्षेत्राधिकार पर्ने भएकाले अरनिकोले निर्माण गरेको बसपार्कलाई प्रदेश सरकारबाट सञ्चालन अनुमतीका लागि आफुहरुले पहल गर्ने बताउँनु भएको छ ।
सो अबशरमा सिन्धुली लगायतका जिल्लाका स्थानीय सरकारले काठमाडौको जडिबुटीमा नै बसपार्क हुँदा यस क्षेत्रका यात्रीहरुलाई सजिलो हुने भन्दै आफुहरुलाई पत्र समेत पठाएको क्षत्रीले वागमती प्रदेशका सासंदहरुलाई जानकारी गराउँनु भएको थियो ।
