सम्पर्क

तातोपानी नाकाको विषयमा सिन्धु१ का जनप्रतिनिधि र व्यवसायीद्वारा प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीको ध्यानाकर्षण, चीन भ्रमणका क्रममा नाकाको पूर्ण सञ्चालन र मानसरोबर रुटको विषय उठाउने प्रधानमन्त्रीको प्रतिवद्धता

८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफ्नो आगामी चीन भ्रमणका क्रममा नेपाल चीनबीचको व्यापारिक तातोपानी नाका पूर्ण रुपमा सञ्चालन गर्ने विषय प्राथमिकतामा राख्ने बताउँनभएको छ। तातोपानी नाका क्षेत्रको सडक स्तरोन्नति गरी सोही रुटबाट मानसरोबर पर्यटकीय मार्गका लागि राजनीतिक र कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण पत्र लिएर शुक्रबार विहान बालुवाटार पुग्नु भएका सांसद माधव सापकोटा ’सुबोध’ नेतृत्वको टोलीसँग प्रधानमन्त्रीले यस्तो प्रतिवद्धता जाहेर गर्नु भएको सञ्चार कर्मी श्रीधर न्यौपानेले जानकारी दिनु भउको छ । उँहाका अनुसार प्रधानमनत्रीले ’प्रचण्ड’ले सिन्धुपाल्चोकका लागि आफूले विगतमा पनि ध्यान दिएको स्मरण गर्दै सडक स्तरोन्नति र मानसरोबर जाने रुटबारे नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउँनु भएको छ।
शुक्रबार विहान सिन्धुपाल्चोकबाट निर्वाचित जनप्रतिनिधिहरु र तातोपानी क्षेत्रका व्यवसायीहरुसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको सिमानामा पर्ने जुरे पहिरो देखि लिपिङ सम्मको करिब ३० किलोमिटर सरड स्तरोन्नति र आगामी सेप्टेम्बरदेखि नाकाबाट मानव आवत जावत गर्ने सहमती भएको सन्दर्भमा सो रुट प्रयोग गरी मानसरोबर जान कुटनीतिक पहल गरिदिन ध्यानाकर्षण गराउँनु भउको थियो ।
सापकोटासँगै ध्यानाकर्षणपत्र बुझाउन बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँ पालिकाका पूर्व अध्यक्ष राजकुमार पौडेल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु तिमल्सिना, हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ, उपाध्यक्ष रामहरी कार्की, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा लिका अध्यक्ष अर्जुन सापकोटा, महासचिव कृष्ण क्षेत्री, तातोपानी पर्यटन व्यबसायी संघका शेर बहादुर मगर, भुपेन्द्र भण्डारी, ध्रुब थापालगायत बालुवाटार पुग्नु भएको थियो ।
सांसद सापकोटा नेतृत्वको सो टोलीले आजै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी सोहि व्यहोराको ध्यानाकर्षणपत्र बुझाएको छ । गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा अध्यागमन कार्यालय निर्माण एवं व्यवस्थित गर्ने विषयलाई जोड दिइएको छ भने परराष्ट्रमन्त्रीलाई नाकाको पूर्ववत सञ्चालन र मानसरोबर तिर्थयात्राका लागि रुटका लागि कुटनीतिक पहल दिइदिन ध्यानाकर्षण गराइएको छ ।
ध्यानाकर्षण–पत्रमा भनिएको छ ’बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको जुरेदेखि नाका सम्मको करिब ३० किलोमिटर सडक भुकम्प र बाढीका कारण नराम्ररी बिग्रिएको छ । जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ । चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जाने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’
यस्तै पत्रमा आगामी सेप्टेम्बरदेखि मावव आवत जावत सुचारु गर्ने सहमती भइसकेकोमा तिब्बतस्थित धार्मीक तिर्थस्थल मानसरोबर यात्राका लागि सो रुटको प्रयोग गर्ने व्यवस्थाका लागि प्रधानमन्त्री कै तहबाट कुटनीतिक पहल हुने अपेक्षा गरिएको छ। नेपालबाट मानसरोबर जान सो रुट तुलनात्मक रुपमा छोटो, छिटो र सस्तो रहेको विषय उल्लेख गर्दै ध्यानाकर्षण पत्रमा भनिएको छ, ’सम्माननीय प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने चीन भ्रमण, यसबिचमा हुने उच्चस्तका कुटनीतिक भेटघाटका क्रममा यस ऐतिहासिक तातोपानी नाकासँग सम्बन्धीत विषयहरुले प्राथमिकता पाउने छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं । सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि एवं स्थानीय राजनीतिकर्मीका रुपमा बाह्रविसे लिपिङ सडक खण्डको मर्मत, स्तरोन्नति र पर्यटकीय रुटका सन्दर्भमा विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रधानमन्त्रीलाइ बुझाइएको ध्यानकर्षण पत्रमा भनीएको छ ।
ध्यानकर्षण पत्र

श्री सम्माननीय प्रधानमन्त्रीज्यू
१. भूकम्प र कोभिडका कारण लामो समयसम्म बन्द र त्यसपछि चीनबाट एकतर्फी मात्रै आयात हुँदै आएको नेपाल चीन व्यापारिक तातोपानी नाका गत बैशाख १८ गतेदेखि दुइतर्फी सञ्चालनमा छ । नेपालतर्फ अध्यागमन कार्यालय व्यवस्थापन गरिएको छ । गत साउन दोस्रो साता सम्पन्न नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकमा तातोपानी नाकाबाट आगामी सेप्टेम्बरदेखि मानवका लागि समेत खुला गर्ने सहमति भएको छ । नेपालको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको एवं सिन्धुपाल्चोक बासीकालागि प्रत्यक्ष सरोकार राख्ने तातोपानी नाका पहिले जस्तै पूर्ण सञ्चालनमा आउने विश्वास छ ।
२. २०७९ पुस ५ गते नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीका रुपमा यहाँसँग भेटगरी नाका सञ्चालनबारे ध्यानाकर्षण गराईएपछि सम्माननीय प्रधानमन्त्रीज्यूको पदभार ग्रहण पछि भएको यहाँको अगुवाई र नेतृत्वदायी भूमिकाबाट उल्लेखित उपलब्धि सम्भव भएको स्मरण गराउँदै यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
३. तर विडम्बना बलेफी गाउँपालिका र बाह्रविसे नगरपालिकाको जुरेदेखि नाका सम्मको करिब ३० किलोमिटर सडक भुकम्प बाढीका कारण नराम्ररी बिग्रिएको छ । जीर्ण सडकका कारण सो क्षेत्रमा निकै सास्ती खेप्नु परेको छ । चीनसँगको मितेरी पुल रहेको, ऐतिहासिक नाका क्षेत्र जोड्ने सो सडकको स्तरोन्नतिका लागि विशेष व्यवस्थाको हाम्रो पुरानै माग सुनुवाई हुन सकेको छैन, यस सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यान जाने छ भन्ने विश्वास व्यक्त गर्दछु ।
४. आगामी सेप्टेम्बरदेखि मावव आवत जावत सुचारु गर्ने सहमती भइसकेकोमा तिब्बतस्थित धार्मीक तिर्थस्थल मानसरोबर यात्राका लागि सो रुटको प्रयोग गर्ने व्यवस्थाका लागि सम्माननीय प्रधानमन्त्रीज्यू कै तहबाट कुटनीतिक पहल हुने आशा र विश्वास छ । नेपालबाट मानसरोबर जान सो रुट तुलनात्मक रुपमा छोटो, छिटो र सस्तो रहेको व्यहोरा समेत अनुरोध छ ।
५. सम्माननीय प्रधानमन्त्रीज्यूको निकट भविष्यमा हुने चीन भ्रमण, यसबिचमा हुने उच्चस्तका कुटनीतिक भेटघाटका क्रममा यस ऐतिहासिक तातोपानी नाकासँग सम्बन्धीत विषयहरुले प्राथमिकता पाउने छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौं । सो क्षेत्रबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि एवं स्थानीय राजनीतिकर्मीका रुपमा बाह्रविसे लिपिङ सडक खण्डको मर्मत, स्तरोन्नति र पर्यटकीय रुटका सन्दर्भमा विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।
माधव सापकोटा ‘सुबोध’
प्रतिनिधि सभा सदस्य, सिन्धुपाल्चोक क्षेत्र नं १