सम्पर्क

गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार हँुदैन ः सापकोटा

 

गुणस्तरिय शिक्षा विना समृद्ध समाजको परिकल्पना साकार नहुने भएकाले गुण स्तरिय शिक्षामा सबैको ध्यान जान जरुरी रहेको नगर प्रमुख प्रमुख कृष्णप्रसाद सापकोटाले बताउँनु भएको छ । जिल्ला सदरमुकाम चौतारास्थित चौतारा बहुमुखी क्याम्पसको २३ औं वार्षिकोत्सवसमारोहको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगर प्रमुख सापकोटाले यस्तो बताउँनु भएको हो । सो अवसरमा नगर प्रमुख सापकोटाले सिंगो नगरपालिाकाको शैक्षिक गुणस्तरियताका लागि नगरपलिका कटिवद्ध रहेको बताउनु हुँदै गुणस्तरिय शिक्षाका लागि नगरपालिकाले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले चौतारा क्याम्पसलाई दिंदै आएको सहयोगमा बढाइने पनि प्रतिवद्धता जाहेर गर्नुभयो ।पूर्व माननीय कृष्णराज श्रेष्ठ, निर्वतमान नगर प्रमुख अमानसिं तामाङ, ५ नम्बर वडा अध्यक्ष शिव श्रेष्ठ, १३ नम्बर वडा अध्यक्ष तथा सामाजिक बिकास शाखाका संयोजक रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ, ध्रुवलाल श्रेष्ठ लगायले शुभकामनमा मन्तब्य राख्नु भउको थियो । मनतब्यका क्रममा उँहाहरुले चौतारा क्याम्पसले भोग्दै आएको समस्या समधानका लागि स्थानीय सरकार, शैक्षिक अभियन्ता, नागरिक समाज, अभिभावक लगायतको भूमिका महत्वपूर्ण रहने भन्दै यसतर्फ चासो दिन सबैलाई आग्रह गर्नुभयो ।क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगालले क्याम्पस क्यूएए प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा रहेको जानकारी दिदैं क्याम्पसको वर्तमान अवस्था, समस्या र आगामी कार्ययोजना प्रस्तुत गर्नु भयो ।क्याम्पस सञ्चालन समितिका अध्यक्ष गम्भीरलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्राध्यापक राजेन्द्र श्रेष्ठ र स्वागत सहायक क्याम्पस प्रमुख जस्मिन लामाले गर्नुभएको थियो ।