सम्पर्क

आँखा पाक्ने रोग फैलिएपछि धमाधम बिद्यालय बन्द

निर्मल बस्नेत चौतारा
(७ भाद्र २०८०) देशव्यपी रुपमा आँखा पाक्ने(कन्जन्टिभाईटिस) रोग फैलिएसंगै सिन्धुपाल्चोकमा पनि यसको असर परेको छ । जताततै संक्रमण फैलदै गएपछि बिद्यालयहरु बन्द गर्न थालिएको छ ।
चौतारामा रहेको सामुदायिक आँखा केन्द्रमा दैनिक ३ दर्जन माथि आँखाका बिमारीहरु उपचारको लागि आउनेगरेको आँखा केन्द्रले जानकारी दिएको छ । यी सम्पूर्ण बिमारीहरुमा प्राय वालवालिका र किशोर किशोरी नै रहेको आँखा केन्द्रको रेकर्ड रहेको छ ।यी समस्याहरु सवैमा नरहोस् भन्ने अभिप्रायले साँगाचोकगढी नगरपालिकाका प्राय बिद्यालयहरुले अभिभावकलाई पत्रमार्फत जानकारी गराई २ दिनको लागि बन्द गरेका छन् । जिल्लाको सदरमूकाम चौतारामा रहेको २००४ सालमा स्थापित जिल्लाकै जेठो बिद्यालय बन्द गरिएको छ । सो संगै बनदेबी माबि पनि बिदा दिईएको छ ।चौतारा बजारमै रहेको निजी बिद्यालय जुगल बोर्डिङ हाईस्कुलले पनि सम्पूर्ण अविभावकलाई पत्राचार गरि बिहिबार र शुक्रबारको लागि बिदा दिईएको छ । बिद्यालयको प्रीन्सीपल ओमप्रकाश उप्रती ले “हामीकहाँ होस्टल बसेर पढने बिद्यार्थीहरु पनि छन् बाहीर घरबाट आउने त एक्लाएक्लै घरमा र डेरामा बस्छन्, तर होस्टलका एकै ठाउँमा बस्नेहुँदा संक्रमण बढी फैलने भएको हँुदा बिद्यालय बन्द गरेको हौँ भन्नु भयो ।गतहप्ता सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकाको शिक्षा शाखाको बैठकले रोग फैलिदै संक्रमण भएमा आवश्यकताको आधारमा बिद्यालयले बिदा गर्न मिल्ने भनि निर्णय गरेको छ ।यो रोग प्राय यहि बर्षायाममा नै देखिने गरेको पाईन्छ । यसको रोकथाको लागि संघ, प्रदेश र स्थानीय सरकारले बेलैमा ध्यान दिई रोकथाममा लागि पर्नुपर्ने सराकारवालाहरुको भनाइ रहेको छ ।