सम्पर्क

निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकमा नयाँ नेतृत्व

निर्मल बस्नेत
निर्माण व्यवसायी संघ सिन्धुपाल्चोकको ७औं अधिवेशन तथा १६ औं साधारण सभाबाट अध्यक्षमा युवा व्यवसायी दिपेन्द्र थापा अध्यक्षमा सर्वसहमत चयन भएका छन् । थापासँंगै प्रथम उपाध्यक्षमा सगुन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मोहनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्षमा घनश्याम नेपाल, महासचिवमा जयचन्द्र कुमार लामा, सचिवमा डबले लामा कोषाध्यक्षमा बालसुन्दर कटुवाल, सहकोषाध्यक्षमा राजेन्द्र टीकाराम थापा र महिला सदस्यमा निर्मला श्रेष्ठ सर्वसहमतीले निर्बिरोध निर्वाचित हुनुभएका छन् ।
बाँकी ६ सदस्य पदमा भने १८ जनाको उम्मेदवारी परेको थियो । कुल मतदाता ४ सय ४४ जना रहेकोमा ३ सय ३० मतदान भएको थियो । निर्वाचनमा १७ जना उम्मेदवारहरुबिच भएको प्रतिस्पर्धाबाट ६ सदस्य निवाचित भएका छन् । यसरी निर्वाचित हुने सदस्यहरुमा खसेको कुल मत ३ सय ३० मा भेषनाथ सापकोटाले सर्वाधिक मत १ सय ५४ पाएर लोकप्रीय बनेका छन् ।
साथै बुद्धकुमार घलेले १ सय ३९ मत, रविन्द्र सिलवालले १ सय २५ मत, बिनोद लामा घिसिङले १ सय २१ मत, टंकप्रसाद दुलालले १ सय ७ मत र सरोज केशीले १ सय २ मत प्राप्त गरि बिजयी भएका छन् । निर्वाचनबाट बिजयी सम्पूर्ण कार्यकारीणी समितिलाई निर्वाचन अधिकृत भेषराम ढकालले प्रमाणपत्र र खादामाला पहिर्याईदिनुभएको थियो ।
यसरी निर्वाचित संंघको कार्यसमितिको कार्यकाल आगामी ३ बर्षको हुने संघको बिधानमा व्यवस्था रहेको निवर्तमान अध्यक्ष छत्रबहादुर तामाङले जानकारी दिनुभयो । संघको भवन चौतारामा भाद्र ६ गते बुधवार नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष रबि शिंहले उद्घाटन गरेको साधारण सभा तथा अधिबेशन २ दिन सम्म चलेर ७ गते बिहिबार सम्पन्न भएको हो ।