सम्पर्क

तातोपानी नाकाबाट मानव आवतजावत सहिजकरण गर्न सांसद सापकोटाको नेतृत्वमा सर्बपक्षीय छलफल


९ भदौ, काठमाडौं । नेपाल र चीनबीच दशैं अघि नै तातोपानी नाकाबाट मानव आवतजावत गर्ने सहमती कार्यान्वयन गर्न तयारी तिब्र पारिएको छ । तातोपानी नाका रहेको सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा सुबोधको नेतृत्वमा सो को तयारी स्वरुप शनिवार काठमाडौंमा सर्बपक्षीय छलफल भएको हो ।
छलफलमा नेपाल चीन व्यापारिक तातोपानी नाकाबाट मानव आवतजावतको व्यवस्थापनको विषयमा महत्वपूर्ण छलफल भएको सांसाद सापकोटाले जानकारी दिए । उनले भने ‘बैठकमा शुक्रबार प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीसँग भएको भेटको जानकारी, तातोपानी क्षेत्रलाई व्यवस्थित गर्ने, सो क्षेत्रको भग्नावशेस हटाउन संघीय सरकारलाई आग्रह गर्ने, लिपिङ क्षेत्रको बजार पुनर्स्थापित गर्ने विषयमा छलफल भयो ।’ सहभागीका अनुसार बैठकमा चीनको सुरक्षा संवेदनशीलतालाई समेत ख्याल गर्दै मानव आवतजावतको तयारी गर्ने, गाउँ कार्यपालिकाले लिपिङको बजार पुनर्स्थापित गर्न सुझाव पेश गर्ने सहमती भएको छ ।
सांसद सापकोटा, बागमती बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईली तामाङ, भोटेकोशी गाउँ पालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा, उपाध्यक्ष दिछेन शेर्पा, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, प्रहरी प्रमुख बाल नरसिंह राणा, सशस्त्र प्रहरी प्रमुख रवि केसी, भन्सार प्रमुख दयानन्द केसी, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, हिमालय सिमापार वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा लि, तातोपानी पर्यटन व्यबसायी संघका अधिकारीहरु सहभागी थिए ।
शुक्रबार सांसद सापकोटा नेृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लाई बालुवाटारमा, उपप्रधानमन्त्री एवं गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठ र परराष्ट्र मन्त्री एन पि साउदलाई सिंहदरबारस्थित मन्त्रालयमा पुगेर छुट्टाछुट्टै भेट गरी तातोपानी नाका व्यवस्थित गर्ने विषयमा ध्यानाकर्षणपत्र बुझाएको थियो ।