सम्पर्क

ओमकार परिबारको बिरोध कार्यक्रम

 

गौ हत्या विरुद्ध ओमकार परिबारले बिरोध कार्यक्रम गरेको छ । सम्बीधान बिपरित काम गरेर गाइ काटेर खाएको भिडीयो सामाजिक सञ्जालमा राखे पछी ओमकार परिबारहरुले कार्बहीको माग गर्दै आएका छन । यसरी समाजिक सञ्जालमा नै भिडीयो हालेर देशमा धार्मीक युद्ध गराउँन खोज्नेलाइ कार्बही गरिनु पर्छ भन्दै ओमकार परिबाले गरेको आन्दोलनलाइ लक्षीत गरेर धरानमा निषेधाज्ञा समेत जारी गरिएको अबस्थामा शनीबार धरान जना लागेका हजारौ ओमकार परिबारहरुलाइ बाटैमा प्रहरीले रोके पछी ठाँउ ठाँउमा बिरोध सभा गरिउको आयोजक हरुले बताएका छन । पुष्प राज पुरुष ले धर्म आस्था हो राजनीति विश्वास हो।आस्थाको अगाडि विश्वासको केही लागेन जति रोके पनि जति छेके पनि गौ हत्यारा विरुद्ध राम्रो उपस्थितीमा सुनसरीमा कार्यक्रम भयो भन्नु हूँदै सुनसरीमा निषेधाज्ञाको बाबजूद सनातन धर्म संस्कृति संगठनका लागी बुहत सभा भएको छ । अध्यक्ष पुष्प राज पुरुष लगायत बिभिन्न सनातनीधार्मिक संगठन द्वारा धरानमा भयको गौहत्या बिरुद्ध र्याली शान्तीपुर्ण रुपमा सम्पन्न भयकोछ । साथै आगामी दिनमापनी बिधर्मीहरुबिरुद्ध जस्तोसुकै प्रतिबाद गर्न नेपालवासी एक एक हिन्दु तयार छ भन्नु हूँदै उँहाले हाम्रो हिन्दू जागरण अभीयान निरन्तर जारिरहनेछ गाई हाम्रो देशको राष्ट्रिय जनावर पनि हो । विश्वको कुनै पनि देशमा राष्ट्रिय जनावरको हत्या गर्न छुट छैन। हरेक राष्ट्रको जनताले राष्ट्रिय प्रतिक जनावर होस् या पन्छी संरक्षण गर्नुपर्छ र यस दायित्व पुरा गर्नु नै राष्ट्रप्रेम हो। ई.यु एवं विभिन्न संघ संस्थाबाट सञ्चालित व्यक्तिले हिन्दुहरु माथि आक्रोश देखाउन हिन्दुहरुको आस्थामा प्रहार गरी धार्मिक एवं जातीय द्वन्द्वको विउ रोप्न उत्तेजित भएको प्रष्ट देखिन्छ यसको बेलैमा नियन्त्रण गर्न जरुरी छ भन्नु हँदै पुष्प राज पुरुष लगात धार्मीक अभियान्ताहरुले कार्यक्रममा सहभागीलाइ बिशेष धन्यबाद दिनु भउको थियो । गौवंश हत्याको विरोध एवं सनातन धर्मको रक्षाको पक्षमा देशव्यापी देखिएको शान्तिपुर्ण प्रदर्शन। गौवंश हत्याको विषयलाई राज्यले गम्भीरतापूर्वक लिएको देखिदैन। यस विषयलाई सम्बन्धित निकायले गम्भीरतापुर्वक लिन जरुरी छ । धर्म निरपेक्षको आडमा कुनै धर्ममाथि प्रहार गर्न कसैलाई छुट छैन भन्दै धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र पुर्नस्थापना गर्न आवश्यकता रहेको सनातन हिन्दू सेनाले ठहर गरेको छ । सेनाले बैठक बाट गौ–हत्यारा लाई तत्काल पक्राउ गरि जेल चलान गर्नु पर्ने, गृह मन्त्री स्तरिय छान बिन समिति गठन गरि हिन्दू माथी भएको बिभिन दमन तत्काल छानबिन गरि दोषी लाई कार्यवाही प्रक्रिया अगाडि बढाउनु पर्नेलगाएतका मागहरु रहेका छन । जातीय र धार्मिक द्वन्द्व हटाउन सरकार बेलैमा सचेत नभए मानवीय अस्तित्व र राष्ट्रियता नै खतरामा पर्न सक्छ भन्दै राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोगले सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो ।एक आपसमा देखिएका विमतिहरूलाई वार्ताको माध्यमबाट समाधान खोज्न आयोग सबै पक्षलाई आग्रह समेत गरेको छ । धरान उपमहानगरपालिका क्षेत्रमा केही दिनअघि गोरु काटेको र हिन्दु मन्दिर अगाडि चर्च बनाएको विषयलाई लिएर स्थानीयले आज ¥याली निकाल्ने तयारी गरिरहँदा साम्प्रदायिक, सामाजिक, सांस्कृतिक एवम् राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटना रोक्न सबै भेला तथा कार्यक्रमहरू रोकिएको आयोगको अनुगमनको क्रममा बुझिएको आयोगले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रवार राति १२ बजेदेखि २४ घण्टाको लागि धरान उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गर्दा उत्पन्न परिस्थितिप्रति ध्यानाकर्षण भएको आयोगको भनाई छ । आयोगले यस संवेदनशील विषयमा विभिन्न माध्यमबाट जानकारी लिनुका साथै अनुगमन गरिरहेको छ ।‘नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बिचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धन गर्ने उल्लेख गरिएको छ । उल्लिखित संम्बैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघकोबडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरूलाई समेत आत्मसात् गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँछ,’ आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले विज्ञप्तिमा भनेका छन् ।         धार्मिक सद्भाव नेपालीको पहिचान हो भएको नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले बताउँनु भएको छ । यसै गरी नेपाली काँग्रेस का सभापती शेर बहादुर देउवा र प्रधान मन्त्री पुष्पकमल दाहालले धार्मीक सद्धभाव कायम राख्न अनुरोध गर्नु भएको छ ।