राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च मानव (अधिकार एलाइन्स) र भूमि अधिकार श्रमिक संगठन नेपालको प्रथम नगरपालिका स्तरीय भेला चौतारामा भएको छ । शनिबार चौतारामा बसेको भेलाको प्रमुख अतिथि मिन वहादुर शाही मानब अधिकार एलाइन्सको केन्द्रिय अध्यक्ष अतिथि कृष्ण सुवेदी केन्द्रय सल्लाहाकर मधुसुदन सापकोटा केन्द्रिय सदस्य शम्भु सापकोटा भूमि अधिकार तथा श्रमिक संगठन नेपालको केन्द्रिय सदस्य लगायतको उपस्थिति रहेको थियो । नातिबाबु धितालको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा मानव अधिकारको बारेमा सबैलाई बुझाउदै मानव हक हितको लागि संगठित रुपमा लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिले मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा योगदान गर्न एलाइन्समा आवद्ध सबैलाई आग्रह गर्नुभएको थियो । अन्यायमा परेका जनताका दुःख, पिर , मर्काका पक्षमा आवाज उठाउँदै जिल्लामा मानव अधिकारको अवस्था सुदृढ बनाउन उहाँले आग्रह गर्नुभएको थियो । उक्त भेलाबाट मानब अधिकार एलाइन्सको चौतारा साँगाचोकगढी नगरपालिको अध्यक्षमा सिताराम सिताराम गिरी र भूमि अधिकार तथा श्रमिक संगठन नेपालको नगर अध्यक्षमा केशब पौड्यल सहितको १९ जनाको नगर संगठन गठन भएको छ ।
