कुमार बस्नेत(अधिराज)
बलेफि गाउँपालिका वडा नं. ८ लामोसाँघुमा भएको छञब् साईट फुटसल प्रतियोगिताको उपाधि बाह्रदेवीले प्राप्त गरेको छ । कार्यक्रमको प्रमुख अतिथि सुनकोशी गाउँपालिकाका निबर्तमान अध्यक्ष श्रवण कुमार जि.सी (बिनोद) विशेष अतिथि जिल्ला फुटसल संघका अध्यक्ष अमृतमान श्रेष्ठ, शंकरदेव क्याम्पसमा स्ववियु सभापति सुसान्त बस्नेत लगायतको उपस्थिती रहेको थियो । सुनकोशी स्पोर्टस क्लबका अध्यक्ष सुवास लामाको अध्यक्षतामा भदौ ८ र ९ गते भएको प्रतियोगितामा १६ टिम रहेको थियो । शनिबार भएको फाईनल खेलमा बाह्रदेवी युवा क्लब पलातिले न्यु सदावहार युवा क्लव खाडिचौरलाई ६–० ले पराजित गर्दै बाह्रदेविले उपाधि हासिल गरेको हो । विजेता बाह्रदेविले नगद ५०,०००÷मेडल ट्रफि पाएको थियो । त्यस्तै उपबिजेता न्यु सदाबहारले २५,०००÷नगद र मेडल पाएको थियो । उत्कृष्ट किप्पर १ जना, उत्कृष्ट खेलाडी १ जना र धेरै गोल गर्ने १ जना खेलाडीलाई ट्रफि र खादा लगाएर सम्मान गरिएको थियो । बिजेता र उपबिजेतालाई प्रमुख अतिथि जिसीको हातबाट पुरष्कार बितरण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै आफू सँधै खेलाडीको पक्षमा रेहेको र आफू पनि खेलाडि भएकोले खेल र खेलाडीको साथमा रहने लामोसाँघु फुटबल मैदान र हलको यो अवस्थासम्म आउनमा आफू पहिला जनप्रतिनिधि रहदा सयोग गरेको स्मरण गराउँदै आउदा दिनहरूमा फुटबल मैदानको लागि आवश्यक मर्मत, छानो हालेर हिउँद, वर्षा सँधै खेल खेल्न मिल्ने बनाउँन चाडै पहल गर्ने पनि प्रमुख अथिति जिसीले बताउनु भयो । फुटबललाई अझै स्तर उन्नतिका साथ अगाडि बढाउन पर्ने जोड दिदै फुटबल र फुटसल एक आपसमा समपुरक भएको आफू सधैं यसै क्षेत्रमा लागि रहने र सयोग गरि रहने जिल्ला फुटवलसंघका अध्यक्ष श्रेष्ठले बताउनु भयो । सिन्धुपाल्चोकका खेलाडी र बिद्यार्थीका लागि काठमाडौंमा सयोग गर्ने +२ पढेर ब्याजलर पढ्ने आर्थिक अबस्था कमजोर भएका बिद्यार्थिलाई शंकरदेव क्याम्पसमा निःशुल्क पढाउने ब्यवस्था मिलाउने र खेल र खेलाडीलाई सँधै साथ सयोग गर्ने शंकरदेव क्याम्पसका सोवियु सभापति बस्नेतले बताउनु भयो ।