सुनकोसी गाँउपालिका वडा नं. ५ बर्थानडाँडामा अबस्थित ऐतिहासिक धर्म स्थल बर्दानेश्वर महादेव मन्दिरमा वृक्षारोपण सम्पन्न गरिएको छ । नेपाली काँग्रेस ईकाई सभापति कुमार बस्नेत अधिराजको पहलमा १९ थरिका २०० थान फुल र फलफुलको बिरुवा रोपिएको स्थानिय नेत्र बहादुर बुढाथोकीले बताउनुभयो ।
उक्त कार्यमा ईकाई सभापति कुमार बस्नेत, समाज सेवि टोप बहादुर बस्नेत, उत्तम बहादुर बस्नेत, नेत्र बहादुर बुढाथोकी, बद्री भण्डारी लगायतको उपस्थितिमा रोपिएको बिरुवा सामुदायिक बन उपभोक्ता महासङ नेपाल जिल्ला महासङ सिन्धुपाल्चोकको उपाध्यक्ष सारदा प्रसाद चालिसेले उपलब्ध गराउनु भएको स्थानिय टोप बहादुर बस्नेतले बताउनुभयो ।
