सिन्धुपाल्चोक जिल्ला बाह्र्रबिसे नगर पालिकाका प्रमुख बालकृष्ण बस्नेतले योग परम्परागत चिकित्सा पद्धती र जीवनशैली हो भन्नु भएको छ। उँहाले बाह्रबिसे नगरपालिकाको आयोजना तथा पतञ्जली योग समिति सिन्धुपाल्चोकको समन्वयमा आईतबारबाटसुरु भएको योग को शुरु गर्दै यस्तो बताउँनु भएको हो ।
बाह्रबिसे नगरपालिका—३ खुर्सानीबारी कर्बडहलमा खुल्ला योग विज्ञान शिविर कार्यक्रम सञ्चालन भएको छ । विहान ५ बजेदेखी सुरु भई ७ बजे सकेको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बालकृष्ण बस्नेतले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दै गएको बताउँनु भयो ।उँहाले योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन । त्यसैले मनमा सकारात्मक भावनाको विकास गर्नका लागि पनि योग गर्नुपर्दछ । 
धेरैले कुनै पनि रोग लाग्नेबित्तिकै अस्पतालको औषधि प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन् र हस्पिटल कुद्न हतार गर्छन् तर, कतिपय अवस्थामा योगबाटै गम्भीर रोगलाई पनि निको पार्न सकिन्छ भन्नु भयो । उँहाले योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ । शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर्दछ । यसका लागि प्राकृतिक भोजन, प्राकृतिक आराम र व्यायामको सन्तुलन मिल्न जरुरी छ । योग स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण व्यायाम हो । हाम्रो अस्वस्थ जीवनशैलीले थरीथरीका रोगलाई निमन्त्रणा दिइरहेको छ । मानव शरीरमा योगबाटै निको हुने अधिकांश रोग हुन्छ।
यसका लागि योग प्रशिक्षकसँग अन्तक्र्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी भएकाले नगरपालिकाले यस तर्फ सहयोग गरेको बताउँनु भयो । कार्यक्रममा विशेष अतिथि पतञ्जली योग समिति बागमति प्रदेश प्रमुख ग्रोविन तौजल, वडा अध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो । तिन दिन शिविर सञ्चालन गरि योगको प्रारम्भिक ज्ञान दिएर भदौं १३ सोमबारबाट ३६ दिनसम्म सहयोग शिक्षक तालिम सञ्चालन हुने कुरा पतन्जली योग समिति सिन्धुपाल्चोकका महिला अध्यक्ष कविता राउतले बताउनुभयो ।
उत्साहजनक उपस्थितीमा सञ्चालन भएको कार्यक्रममा महिलाहरु ९९ जना र पुरुष ५१ जनागरि जम्मा १५० जनाको उपस्थिती रहेको वडा नं ३का वडा अध्यक्ष जिबन भण्डारीले जानकारी दिनु भयो ।
