सम्पर्क

तेक्वान्दो ग्रेडिङमा सलिना र विजय उत्कृष्ट घोषित

हिराहरी तेक्वान्दो डोजाङ्गमा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको  जुनियर ग्रेडिङ Belt Promotion Test शनिबार सम्पन्न भएको छ ।
ग्रेडिङमा पुरुषतर्फ बिजय श्रेष्ठ र महिलातर्फ सलिना चुहान उत्कृष्ट खेलाडी हुन सफल भएको छ । उत्कृष्ट खेलाडीहरुलाई हिराहरी तेक्वान्दो डोजाङ्गका संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले ट्रफि, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिव श्रेष्ठ, वडा सदस्य तथा पुर्व फुटबल खेलाडी रामबहादुर घले, जिल्ला फुटबल संघ सिन्धुपाल्चोक तथा चौतारा नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठ लगायत अभिभावकहरुको बाक्लो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अतिथिहरुलाई डोजाङ प्रमुख गुरुङले मायाको चिनो पनि प्रदान गर्नुभएको थियो ।
ग्रेडिङमा सेतोपेटीतर्फ नयन भुजेल, बिन्दा श्रेष्ठ, बिराज तामाङ , आरेश नेपाली, सन्तोष तामाङ, सुर्बी श्रेष्ठ ,सन्देश तामाङ, कुशल दंगाल, खत्री , इश्वर तामाङ , स्नेहा तामाङ , जनम थापा, बिजय श्रेष्ठ , रोज तामाङ , रूस्मा मगर, शुशान्त कसजु, राब्या श्रेष्ठ, पहेलो पेटीतर्फ राज श्रेष्ठ , दीपक तामाङ , बिनय हिमालयन , पहेँलो हरियो पेटीतर्फ आर्जु श्रेष्ठ, सदिना खत्री ,सुशान्त श्रेष्ठ हरियो पेटीतर्फ सलिना चुहान डबल प्रमोसन हुनु भएको छ ।