सम्पर्क

सरस्वती माविमा तारजाली लगाउँन सुरु

बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवनमा थप क्षति हुन नदिन तारजालीमा ढुंगा राखेर पर्खाल लगाउन थालेको छ । विगत चारदिनदेखीको लगातारको बर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण हेलम्बु–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन शुक्रबार बाढीले बगाएको थियो ।
बागमती प्रदेश सांसद कृष्णकुमार तामाङ (समीर), हेलम्बु गाउपालिकाको उपाध्यक्ष, वडा अध्यक्ष, सुरक्षाकर्मी र स्थानियबासिहरुको उपस्तिथिमा विद्यालयका बाँकी सुरक्षित संरचनालाई जोगाउँन तारजाली लगाउने काम सुरु गरिएको छ । बस्ती र विद्यालय संरक्षणका लागी आफुले प्रदेश सरकारसँग पहल गरिरहेको भन्दै सांसद तामाङले छिट्टै संरक्षणको लागी बजेटको ब्यबस्था हुने समेत प्रतिबद्धता जनाउनुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराएको तार जालीमा ढुंगा भरेर थप क्षति हुन नदिन काम भइरहेको उहाँका स्वकीय सचिव विशाल राउतले जानकारी दिनुभयो ।
सरस्वती मावि र चनौटे बजारलाई संरक्षण गर्न समितिले १८० वटा तार जाली उपलब्ध गराएको छ ।