नेकपा एमाले सिन्धुपाल्चोकले जोखिम रहेका वस्तीका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी–पहिरोको जोखिम बढेको छ ।
जिल्लाको हेलम्बु,पाँचपोखरी,मेलम्ची क्षेत्रमा लगात्तार परेको वर्षातले बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो ।
शुक्रबार एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले एक विज्ञप्ति जारी गर्दै नागरिकहरुलाई सतर्क रहन आग्रह गर्नुभयो ।
‘जोखिमयुक्त बस्तीहरु तत्काल पहिचान गरी नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा सार्न र अवरुद्ध भएको सडकहरु तत्काल मर्मत गरी यातायात सुचारु गर्न नेपाल सरकारको सम्वन्धित निकायहरुलाई निर्देशन गर्दछौ’,विज्ञप्तिमा भनिएको छ ।
