सम्पर्क

हेलम्बु, मेलम्चीमा बाढीको त्रास, ग्याल्थुमको सरस्वती माविको भवन मेलम्ची बाढीले बगायो

अविरल बर्षाका कारण सिन्धुपालचोकको हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढिले क्षति गरेको छ । विगत चारदिनदेखीको लगातारको बर्षाले मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालीकाको पहलमा सडक खुलाउनेकार्यलाई अघी बढाइएपनी निरन्तर बर्षाको कारण यो सम्भव भएको छैन । मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानिय श्याम चालीसेले जानकारी दिनुभयो । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ ।
यता हेलम्बु–४ ग्याल्थुमको सरस्वती माध्यमिक विद्यालयको भवन बाढीले बगाएको छ । शुक्रबार बिहान बाढीले विद्यालयको शौचालय बगाएको थियो ।
हाल सिन्धुपाल्चोक सहित देशैभर वर्षा भईरहेकाले नदी तटीय क्षेत्रका समुदायलाई सजग र सुरक्षित हुन प्रशासन कार्यालयले अनुरोध गरेको छ ।