सम्पर्क

जिबनशैली

बाह्रबिसेले हजार दिने आमालाई खोर सहित दियो कुखुरा

कृषि, जिबनशैली, ब्रेकिङ न्युज १, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले हजार दिने आमाहरुलाई पोषणका लागी कुखुराको खोर सहीत ४,४वटा कुखुरा बितरण गरेको छ । बाह्रबिसे नगर पालिकाका उपप्रमुख मन्जु तामाङले एक समारोहका बिच प्रती व्यक्ती १, १ किलो वजन भएको ४,४वटा कुखुरा र कुखुरा राख्ने खोर वितरण गर्नु भएको हो । नगरभित्र रहेका विपन्न हजार दिने आमाहरुलाई पालिकाको चालु वर्षको महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार उक्त सामग्री वितरण गरिएको नगरपालिकाका उप प्रमुख तामाङले जानकारी दिनु भयो । उपप्रमुख तामाङका अनुसार, नगर भरिका २८ जना हजार दिनका आमाहरुलाई पौष्टिक आहारका लागी कुखुरा बितरण गरिएको हो ।...

विपद् पर्याे भने बजेट सहित तयारी अवस्थामा छौ ः आइतमान तामाङ

जिबनशैली, ब्रेकिङ न्युज १, समाचार
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले विपद् पर्याे भने गर्नुपर्ने कामको लागि बजेट सहित तयारी अवस्थामा रहेको बताउँनु भएको छ । उँहाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम को मेलम्चीमा उद्धघाटन गर्नु हुँदै यस्तो बताृउँनु भएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम मेलम्चीमा भएको थियो । जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकको आयोजना र मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको समन्वय तथा व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।बिपतमा सुरक्षा निकाय संग समन्वय गरि काम गर्ने बताउँदै नगरसंग समन्वय नगरी प्रदेशको योजना कार्यान्वयन गर्न नदिने बताउँदै नगर प्रमुख तामाङले संघ र प्रदेश सरकारको योजना दिगो हुने खालको हुनुपर्ने बताउँनु भयो ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षता तथा मेलम्ची नगरपालिकाका प्रम...

खाद्य तथा पोषण सुरक्षा ले गरेको काम उपलब्धीमुलक छः श्रेष्ठ

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठले खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सिन्धुपाल्चोकले उत्पादनमुलक र उपलब्धीमुलक काम गरेर स्थानीय स्तरमा ठुलो सहयोग गरेको बताउँनु भएको छ । उँहाले कोभिड र प्राकृतिक विपत्तिका बीच पनि कृषि क्षेत्रमा खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सिन्धुपाल्चोकले कृषकहरुलाइ गरेको लगानी र कार्य प्रशंसनीय रहेको बताउनुभयो । उाहाले आयोजनाका कारण स्थानीय स्तरमा उत्पादन हुने रैथाने वालीको बिकास भएको आफुले महशुस गरेको बताउँदै यसरी गरेको सहयोगले ग्रामीण कृषकहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँनु भयो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लाष्टर इकाइको सिन्धुपाल्चोकको २पालिकामा भएको कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उँहाले यस्तो बताउँनु भएको हो । बुधबार क्लष्टरस्तरिय आयोजना समापन समारोहमा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क...

तितेपातीबाट तेल उत्पादन गर्दै इन्द्रावती

कृषि, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, विचित्र संसार, समाचार, स्वास्थ्य
  बिपनात तामाङ्ग ,सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावती गाउँपालिकामा जङ्गल तथा निजी जग्गामा खेर गइ रहेको तितेपाती सङ्कलन गरेर तेल उत्पादन गर्नै काम शुरु गर्न लागेको लागेको छ । ईन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत स्थानीय नागरिकहरुलाइ तालीमको व्यवस्थ गरेर तितेपातीबाट तेल उत्पादन सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले बताउँनु भयो । उँहाले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्ने आफ्नो पालिकाको योजना अनुसार यो कार्यक्रम ल्याएको बताउँनु भयो । नेपालले ‘अहिले यो तेलको उच्च माग छ,’ उनले भने,’स्थानीय स्तरमा यस्ता धेरै जडिबुटी छन् पहिला त्यसको पहिचान हुन सक्नुपर्ने र म्यापिङ गर्न सकिए धेरै रोजगारीको अवसर सिर्जना हुन सक्छ ।’ भन्नु भयो । इन्द्रावती गाँउपालिकाका प्रबक्ता एवम वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आय...

सम्पतीमा बिभेद बिरुद्धको अभियान , सफल महिलाहरुलाईसम्मान

जिबनशैली, ब्रेकिङ न्युज १, विचित्र संसार, समाचार, स्वास्थ्य
  रोशन गौतम , सम्पतीमा बिभेद बिरुद्धको अभियान अन्तरगगत चौतारासाँगाचोकगढी नगरपालिकाले साँगाचोकमा प्रशिक्षण कार्यक्रम गरेको छ । सो कार्यक्रमको अबशर पारेर पैतृक सम्पतिमा छोरीको अधिकार स्थापित गराउन सफल महिलाहरुलाई सम्मान समेत गरेको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिकाको सहयोग र आयोजनामा कमलकोफुल महिला बहुउदेश्य सहकारी संस्थाको समन्वयमा एक दर्जन भन्दा बढी महिलाहरुलाई साँगाचोकमा एक समारोहका बिच सम्मान गरिएको हो । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाक–१२ का वडाध्यक्ष दिपेन्द्र प्रसाद नेपाल, वडा नं. ११ का वडाध्यक्ष रोशनराज गिरी, वडाका सदस्यहरु, जनजागृति माविका व्यवस्थापन समितिका अध्यक्ष अक्कल तामाङ, जुगल बहुमुखी क्याम्पसको प्रमुख पदम प्रसाद पराजुली, सुरक्षक...

संसद सापकोटाद्धार संसदहरलाइ सिन्धुपाल्चोक भ्रमणको निमन्त्रणा

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
११ असार, काठमाडौं । सिन्धु पाल्चोक जिल्ला निर्बाचन क्षेत्र १का सांसद माधव सापकोटा ’सुबोध’ले संसदबाट सबैलाई गृहजिल्ला सिन्धुपाल्चोक भ्रमणका लागि निमन्त्रणा गर्नु भएको छ । उँहाले संसदमा आफूले प्राय गृहजिल्ला सिन्धुपाल्चोकको विपत्ति, पीडा र अप्ठेरोबारे बोलेको स्मरण गर्दै सिन्धुपाल्चोक जिल्लाका बारेकमा जानकारी गराउँनु भयो । मंगलबार संसदको शून्य समयमा धारणा राख्दै सांसद सापकोटाले ’सम्माननीय सभामुख महोदय, प्राय मैले गृह जिल्लाका विपत्ति, पीडा र अप्ठेराबारे बोलेको छु, सिन्धुपाल्चोक त्यती मात्रै होइन, काठमाडौंबाट सबैभन्दा नजिकको जुगल हिमाल यहिँ छ । यसैको काखमा चर्ने चौंरीका छुर्पी र जुगलको न्युरो, मुडेको स्वादीलो आलुबारे सबैलाइ जानकारी नै छ ।’ लाखौं पर्यटकले मन पराएको सुकुटे क्षेत्र, र्याफ्टिङ, लाष्ट रिसोर्ट र बन्जी, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बुलजस्ता पर्यटकीय गन्तव्यहरुबारे जानकारी गराउँनु भयो ...

“कृषि आधुनिकीकरणमा कृषि सहकारीको भूमिका”

कृषि, जिबनशैली, विचार
मानवीय श्रम र प्रकृतिको निशुल्क स्रोत साधन प्रयोग गरी कृत्रिम तरिकाले बालीजन्य र पशुजन्य वस्तु उत्पादन गर्नुलाई कृषि भनिन्छ । पशुपालन, बाली उत्पादन, मत्स्यपालन आदि यस अन्तर्गत पर्दछन।नेपाल एक कृषिप्रधान देश हो, जहाँ हाल ६०% भन्दा बढि जनता कृषि पेशामा आवद्ध छन् ।किसानमा मुग्लान पसेर धेरै धन कमाउने रहर जाग्नु, माटोको उर्वरा शक्ति कम हुँदै जानू,राज्यको कृषि क्षेत्रप्रति चासो नहुनु,परम्परागत शैलीबाट खेती गरिनु आदि कारणले हाल नेपालमा सोचे जस्तो कृषिजन्य उपजको उत्पादन हुन नसकेको कुरा तपाईं हामु सामु जगजाहेर नै छ।किसानका हकहितमा राज्य नलाग्दा आज कृषि पेशा नै धरासायीमा परी देशको अर्थतन्त्र नाजुक हुन थालेको छ । यहाँ ६०.४ प्रतिशत जनता कृषिमा आश्रित भएको देशमा लगभग ३०९१ लाख हेक्टर जमिनमा २१ प्रतिशत खेती गरिएको छ । विश्व बैङ्कका अनुसार नेपालमा बहुसंख्यक मानिसका लागि खाना, आय र रोजगारीको मुख्य स्रोत क...

आयुर्वेद सेवा प्रवद्र्धनबारे सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

जिबनशैली, ब्रेकिङ न्युज १, विचार, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा जिल्ला आयुर्वेद तथा बैकल्पिक चिकित्सालयले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सिता थापाको प्रमुख अतिथ्यतामा र साहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीको विशेष अतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायत जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो । आयोर्बेदिक तथा बैकल्पिक चिकित्सालय सिन्धुपाल्चोकका प्रमुख डा अञ्ज कार्किको अध्यक्षतामा भएको कार्यक्रममा राम पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो । जिल्ला आयोर्बेदिक तथा बैकल्पिक चिकित्सालय का प्रमुख डा. अन्जु कार्कीले कार्यालयको आर्थिक वर्ष ०८०÷८१ मा सम्पादन गरिएका कार्यक्रम तथा वार्षिक रुपमा गर्दै आएका कार्यक्रम, चिकित्सालयबाट प्रदान हुने सेवाहरुको बारेमा प्रस्तुतीकरण गर्नुभएक...

चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट नीति, कार्यक्रम अनुमानित बजेट प्रस्तुत

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, राजनिती, विचार, विचित्र संसार, समाचार
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको सदरमुकाममा रहेका चौतारा साँगाचोकगढी नगरपालिकाको १६औं नगरसभाबाट आर्थिक वर्ष ०८१÷०८२ को नीति, कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।आइतबार नगरसभाले एक वडा एक उत्पादन, एक घर एक कृषि बगैंचा कार्यक्रम, किसानलाई उद्यमी बनाउदै उत्पादनलाई बजारीकरण गर्नेदेखि जति द्येरै उत्पादन, त्यति द्येरै अनुदान जस्ता कार्यक्रम अघि सारेको छ । प्रकृतिको उपहार, नगरबासीलाई रोजगार कार्यक्रम मार्फत आय मुलक र रोजगार मुलक उद्योग र उद्यम मार्फत रोजगारी प्रदान गर्ने नीति बनाएको छ । नगरपालिकाले आगामी वर्ष लप्सी प्रशोधन उद्यमलाई प्राथमिकतामा राखि कार्यक्रम संचालन गर्ने जनाएको छ । नगर पर्यटन बोर्ड गठन गरेर पर्यटन सम्बन्धी कार्यक्रमलाई ब्यवस्थित गर्दै पर्यटकिय नगरको रुपमा विकास गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । नगरभित्र रहेका विभिन्न जातजातिहरूको संस्कार, संस्कृत...

महत्वपुर्ण निर्णय गर्दै मेलम्ची को १६औ नगरसभासम्पन्न्न १ अर्ब ७६ करोड ८४ लाखको बजेट पारित

कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार, स्वास्थ्य
  नेत्र बहादुर बस्नेत सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले नगरको कृषि तथा पशुपालनको लागि सरकारले दिएको अनुदानमा २५ प्रतिशत प्रिमियम रकम थप गरेर शत प्रतिशत बिमा प्रिमियमको व्यवस्था गर्दै बिभिन्न महत्वपुर्ण तथा नागरिकमुखी निती तथा कार्यक्रम पास गर्दै २०८१÷०८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार पाँच सय रुपैयाँ बजेट पारित गरेको छ ।अधिवेशनले नगर प्रमुख एवंम् सभाध्यक्ष आइतमान तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उपप्रमुख उमा प्रधानले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेर सम्पन्न भएको छ ।आइतबार नगर सभाहलमा भएको सभामा आर्थिक विकास समिति संयोजक किरणदिप खड्काले सहकारी ऐन संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपंछि ऐन २०८१ पेस गर्नुभएको थियो ।लेखा समिति संयोजक कृष्ण मुरारी चौलागाईले पेस गरेको प्रतिवेदन सर्वसम्...