सम्पर्क

राजनिती

स्थापित महिला नेत्री शर्मालाई सञ्चार मन्त्रालयको नेतृत्व

#, ब्रेकिङ न्युज १, राजनिती, समाचार
नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गर्नुभयो । उहाँले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताउनुभयो ।देशभर सञ्चारसेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उहाँको भनाइ छ । पदभारपछि सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानी गर्दै उहाँले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ त...

बच्छलादेवी माविको ५७ औं वार्षिकोत्सव सम्पन्न

जिबनशैली, ब्रेकिङ न्युज १, राजनिती, समाचार
सिन्धु पाल्चाचेक जिल्लाको बाह्रबिसे नगरपालिका – ७ स्थित बच्छलादेवी माध्यमिक विद्यालयको ५७ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मंगलबार सम्पन्न भएको छ ।       ५७औ वार्षिकोत्सवको उदघाटन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम प्रतिनिधि सभा क्षेत्र नं. २ का संसद माननीय मोहन बहादुर बस्नेतले गुणस्तरिय शिक्षा आजको आवश्यकता भएको बताउदै शिक्षाको गुणस्तरियता अभिवृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उँहाले शिक्षा सिकाइमा प्रयोगात्मक सिकाइ पनी सँग सँगै लान सकै अझ बढी प्रभावकारी हुने भएकाले यस तर्फ सोच्न पर्ने बेला भएको बताउँनु भयो ।यसैगरी कार्यक्रममा बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगर भरीका बिद्यालयमा जोड २ सम्म निशुल्क शिक्षा को व्यबस्था गरेको बताउँदै शिक्षा सिकाइका लागी नगरले दिन पर्ने सुबिधामा कसनै पनी कन्जुस्याइ नगर्ने बताउँनु भयो । नगर उप प्...

बलेफीमा बिशेष सभाको माग

#, ब्रेकिङ न्युज १, राजनिती, विचित्र संसार, समाचार
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा –तामागं) सहीतका कार्यपालिका सदस्यहरुले बिशेस गाँउसभाको माग गरेका छन । पालिकाका उपाध्यक्ष लामाले विधीको शासनको पक्षमा संधै पहरेधार गर्नेछौं जनताले दिएको अभिमतको दुरुपयोग गर्न जो कसैलाई छुट छैन । तसर्थ विशेष गाउँसभा अधिवेशनको माग सहित हामी ४२ जना मध्ये ३७ जना गाउँसभा सदस्यहरुको एक्यवद्धता सहित निवेदन बलेफी गाउँकार्यपालिकाको कार्यालयमा पेश गरेका छौं भन्नु भएको छ ।    बिशेष सभा बोलाउँन का लागी पालीकामा निबेदन समेत दर्ता गरिएको छ । निबेदनमा आधारभुत तथा माध्यमिक शिक्षा सञ्चालन कार्यविधि २०७४ सम्बन्धमा, आ.व. २०७९÷८० को श्रोत सुनिश्चित नभई विनियोजित बजेट कार्यान्वयन गरिएको सम्बन्धमा, प्रकाशित भइसकेको र हुन बाँकी स्थानीय राजपत्र, करार कर्मचारी व्यवस्थापन, कार्यपालिका ÷ गाउँ सभा ÷ पालिका अध्यक्ष ÷ वडा अध्यक्ष ÷ वडा सदस्य ÷ कार्यपालिका सदस्य ...

बाह्रबिसे नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले आफ्नो १२ औ नगरसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न १२ औं नगरसभाले नगर बिकासका लागी बिभिन्न निर्णय हरु गरेको छ । नगर सभामा उपप्रमुख मन्जु तामाङले आर्थिक बर्ष २०७९।०८० को श्रावण देखि पौष २८ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख बालकृष्ण बस्नेतले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । विशेषगरी कृषि स्वास्थ्य, र शिक्षालाइ पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरिरहेको समेत बताउनुभयो । नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख मन्जु तामाङ प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी , ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, लगायतको सहभागीतामा रहेको थियो । कार्यक्रमको लोकप्रिय नेत्रज...

चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औं नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा बिहिबार सम्पन्न भएको छ । बिहिबार सम्पन्न १३ औं नगरसभामा उपप्रमुख सिता थापाले आ.व २०७९।०८० को श्रावण देखि पौष २७ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । उहाँले आगामी वर्षदेखि बैज्ञानिक र बस्तुवादि योजना निमार्ण गरी कार्यान्वयन गर्नुका साथै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सुरु गरेको बताउनुभयो । विशेषगरी शिक्षाको क्षेत्रमा सुधारको अभियान थालनी गरेको तर निर्णय गरेर कार्यान्वय गर्न बाँकि रहेको समेत उल्लेख गर्नुभयो । नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख सीता थापा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी १४ वटै वडाका अध्...

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चौतारामा मनाइयो

ब्रेकिङ न्युज १, राजनिती, समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुपाल्चोकद्वारा नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सदरमुकाम चौतारामा भब्य रुपमा मनाएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपा केन्द्रीय सदस्य उदय सापकोटाले अहिलेको वर्तमान सरकार राप्रपाको एजेन्डामा हिड्ने प्रतिवद्धता भएकोले पहीलो एजेण्टामा रहेको पृथ्वी जयन्ती तथा राष्टीय एकता दिबश मनाउँनका लागी पौष २७ गतेका दिन सार्वजनिक बिदा समेत दिने निर्णय गरेको बताउनुभयो । उहाँले राप्रपा सहभागी नभएको मन्त्री परिषदले गरेको ले सरकारलाई समर्थन र बिश्वासको मत दिएको र अब राप्रपा सरकारमा गएर आफ्नो एजेण्डा कार्यन्वयनमा ल्याउँने बताउँन भयो । कार्यक्रमका सभापती राप्रपा जिल्ला अध्यक्ष निलध्वज थापाले पार्टीले उहाँले निर्वाह गरेको भूमिका तथा योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको वताउनुभयो । स...

गुफाडाँडामा मेलम्ची कार्यपालिकाको बैठक

ब्रेकिङ न्युज १, राजनिती, समाचार, साहित्य
देवराज सुवेदी  मेलम्ची नगरपालिकाले मेलम्ची–९ गुफाडाँडामा आफ्नो कार्यपालिका बैठक तथा विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न गरेको छ । नगरपालिकाले आज जलवायु सम्मेलन पार्क, गुफाडाँडामा बैठक गरेको हो ।उक्त स्थानमा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १ तारिखमा जलवायु दिवस मनाइँदै आएको छ । गत वर्ष दिवसका अवसर पारेर रेस्लिङ खेल आयोजना गरेको थियो । यो वर्ष भने मेलम्ची नगरपालिकाले कार्यपालिका बैठक गरेको हो । जलवायु दिवसमा मेलम्ची–९ गुफाडाँडामा यस वर्ष नगरपालिकाले कार्यपालिका र विपद्  व्यवस्थापन समितिको बैठक गरेको छ ।  यसअघि जिल्ला समन्वय समितिले दिवस मनाउँदै आएकामा यस वर्ष कार्यक्रम नगरेकाले नगरले बैठक राखेर दिवस आगामी वर्षदेखि नगरकै नेतृत्वमा सचेतनामूलक कार्यक्रम आयोजना गरेर गर्ने निर्णय गर...

सिन्धुपाल्चोकमा विपीको स्मरण

ब्रेकिङ न्युज १, राजनिती, समाचार
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुर्ब मन्त्री मोहन बहादुर बस्नेतले जननिर्वाचित प्रथम प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (विपी)ले अवलम्बन गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई अनुशरण गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा शनिबार कांग्रेस सिन्धुपाल्चोकले चौतारामा आयोजना गरेको कार्यक्रममा उहाँले नेता तथा कार्यकर्ताले विपीको मेलमिलापलाई आफ्नो जीवनमा रुपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारमा नरहे पनी आफुले सरकारमा रहेको जस्तै गरी जिल्लाको बिकासका कामहरु गर्ने समेत बताउँनु भएको छ । आफु केन्द्रीय सदस्य भएको कारण सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा मात्र होइन १ नं. क्षेत्र र देसैभरीका कार्यकर्ताहरुलाई निरास हुन नदिन आफु लागी पर्ने बताउँनु भयो । आफु २ नं. क्षेत्रबाट प्रतिनीधी सभामा प्रतिनिधित्व गरेका ...

दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कसैको दबाब र प्रभावमा नपरी शान्ति सुव्यवस्था कायम गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज साँझ पदभार ग्रहणपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले शान्ति सुव्यवस्थाका लागि गृह प्रशासनले निभाउनुपर्ने भूमिकामा सबैभन्दा बढी काम गर्ने बताउनुभयो । विधि र पद्धतिका आधारमा काम गर्ने प्रणाली स्थापित गर्ने जनाउँदै उहाँले कुनै दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्रीले दिएको निर्देशनप्रति आफू प्रतिबद्ध रहेको बताउनुभयो । आफूले स्वतन्त्र र स्वायत्तरूपमा कार्यसम्पादन गर्ने उहाँको भनाइ छ । “आम नागरिकले शान्ति सुरक्षाको महसुस कत्तिको गरिरहेका छन्, त्यस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्छु”, उहाँले भन्नुभयो, “आम जनजीविकाका विषय मेरा प्राथमिकतामा छन् ।” गृह प्रशासन मातहतका सङ्गठनको मनोबल उच्च तुल्याउने काममा...

प्रधानमन्त्रीको शपथ लिन जब दाहाल दौरासुरुवालमा राष्ट्रपति निवास पुग्नुभयो…

ब्रेकिङ न्युज १, राजनिती, समाचार
काठमाडौँ, ११ पुस (रासस) : नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो । यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक माहोल खडा भयो । पद तथा गोपनीयताको शपथ समारोहमा नवनियुक्त प्रधानमन्त्रीले नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर सहभागी हुने चर्चा आज बिहानदेखि चलेको थियो । प्रधानमन्त्री दाहालको सचिवालयले नै सो विषयलाई बाहिर प्रचारमा ल्याएको थियो । बिहानदेखिको चर्चालाई सही साबित गर्दै प्रधानमन्त्री दाहाल आज तेस्रोपटक पद तथा गोपनीयताको शपथका लागि राष्ट्रपति कार्या...