नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं. २ को क्षेत्रयि सम्मेलन मेलम्चीमा सम्पन्न भएको छ । पाटीका केन्द्रीय सह महामन्त्री बद्री पाण्डेको प्रमुख अतिथ्यतामा भएको सम्मेलनमा सहभागीहरुले नेपाली काँग्रेस को २ नं. क्षेत्रलाई अझ बलीयो बनाउँदै पाटीका निष्कृय रहेका क्रियासिल सदस्यहरुलाई समेत सक्रिय गराउँदै भ्रष्टचार र अनियमितताका बिरुद्ध लाग्ने बताएका छन । सिंन्धुपाल्चोक जिल्ला नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापती एबम मेलम्ची नगरपालिकाका नगर प्रमुख आईत मान तामाङको सभापतीत्वमा भएको कार्यक्रममा पाटी सभापती जङ्ग बहादुर लामा पुर्ब सभापती बिकास लामा नेता डा. पे्रमध्वज लामा लगायतका नेताहरुको बिशेष अतिथ्यतामा सम्मेलन भएको थियो । सम्मेलनलाई सम्बोधन गर्र्दै सह महामनत्री पाण्डेले नेपाली काँग्रेस पुरानो इतिहाास बोकेको पाटी, सैद्धान्तीक बहस गर्दै भाबी निती कार्यक्रम निर्माण गर्नका लागी अगाडी बढ्दै गर्दा केही बिषयहरमा असन्तुष्टी हुने गरेको भए पनी अन्तमा पाटी जहीले पनी सहमतीको बिन्दुमा पुगेर आम नागरिकका हितका लागी काम गरिरहेको बताउँदै काँग्रेस बिधी र बिद्यान, अनी कानुनको पक्षमा रहेर काम गर्ने पाटी भयको बताउँनुभयो । उहाँले पाटीका हरेक कार्यकर्ताहरु आ–आफ्नो स्थानमा गएर नागरिकको समस्या के छन ति समस्या समधान गर्न लाग्नु पर्ने बताउँनु भयो । कार्यक्रममा जिल्ला पाटी सभापती जङ्ग बहादुर लामा, पुर्ब सभापती बिकास लामा लगाएतका नेताहरुले पाटीका नेता तथा कार्यकर्ताहरु अनुशासित ढङ्गले नागरिकको समस्याको समधान गर्न लागी पर्नु पर्ने बताउँनु भयो । कार्यक्रममा सहभागीहरुले नेताहरुले कार्यकर्ता हरुको मनोभावना अनुसार काम गर्न पर्ने धारणा राखेका थिए भने सहभागीहरुले कार्यकर्ताहरु पनि अनुशासित ढङ्गबाट सर्बसाधरण नागरिकको समस्यलाई हेरेर उनिहरुको सहयोगमा लाग्न पर्ने बताएका छन ।
