सम्पर्क

चौतारा साँगाचोकगढी नगरले गर्यो सार्वजनीक सुनुवाई, एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन

चौतारा साँगाचोकगढी नरपालिकाले २०७९ श्रावण १ गतेदेखि २०८० जेठ २५ गते सम्म गरेको कार्यहरुको प्रगति विवरणको सार्बजनिक सुनुवाई कार्यक्रम गरिएको छ ।
शुक्रबार नगर प्रमुख कृष्ण प्रसाद सापकोटाको सभापतित्वमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले नगरपालिकाको ०७९ श्रावण १ देखी जेठ २५ गतेसम्म गरिएको कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले एक बर्षमा १८ करोड ७९ लाख ५६ हजार राजश्व संकलन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै हरेक वडामा कम्तिमा पनि एउटा नमुना र स्तरिय कार्ययक्रम गरेर ईतिहास कायम राख्न हरेक वडाअध्यक्षहरु लागि पर्न उपप्रमुख सीता थापाले अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य बीमा, कृषि, बिउविजन, पशु बीमा, खानेपानी, लक्षित वर्गको कार्यक्रम र बजेट लगायतका विषयमा गुनासो राख्नुभएको थियो ।
एक बर्षे प्रगति विवरण र आम जिज्ञासाको जवाफ दिँदै नगरप्रमुख सापकोटाले नगरका नागरिकको बृहत्तर हितलाई ध्यानमा राखेर कामको सुरुवात गरिएको बताउनुभयो । उहाँले आगामी चार बर्ष कृषिलाई पहिलो प्राथमिकतामा राखेर जनताको सर्बोपरि हितमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरले सुधार गर्नु पर्ने विषयमा आएका सुझावलाई सकारात्मक रुपमा लिंदै अघि बढ्ने नगरप्रमुख सापकोटाको भनाई छ ।