बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको प्राविधिक सहयोग तथा चौतारा अस्पताल सिन्धुपाल्चोक र स्वास्थ्य कार्यालयको सँयुक्त आयोजनामा २ दिने अब्ष्टेट्रिक फिस्टुला, पाठेघर खस्ने रोगी महिलाहरूकोे निःशुल्क शिविरको शुक्रबार उद्घाटन गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर कृष्णप्रसाद सापकोटाले शिविरको उद्घाटन गर्दै महिलाका संवेदनशील अंगमध्ये पाठेघरको समस्या समयमै पहिचान गरी उपचार गर्नुपर्ने बताउनुभयो । फैलिँदो स्तन क्यान्सर र पाठेघर क्यान्सरबाट धेरै महिलाबाट यसबाट पीडित बनिरहेको अवस्थामा शिविरबाट लाभ लिनसमेत उहाँले अनुरोध गर्नुभयो ।
चौतारा अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष टंकबहादुर कार्कीको अध्यक्षता भएको शिविरमा स्वास्थ्य निर्देशनालयका दुर्गा वजगाई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवन चन्द्र झा, स्वास्थ्य कार्यालयका प्रमुख अनुप अधिकारी, नेपाल पत्रकार महासंघका सचिव विदुर आचार्य लगाएतको सहभागिता रहेको थियो ।
