सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची टारमा सोलार बत्ति जडान पछि निरीक्षण गरेको छ । शनिबार नगर प्रमुख आइतमान तामाङ, सोहि वडाका वडाध्यक्ष चन्द्रबहादुर तामाङ लगायतले निरीक्षण गर्नुभएको हो । मेलम्ची नगरपालिकाका प्रमुखको अनुरोधमा जलश्रोत तथा सिंचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा मेलम्ची टारमा ६ वटा र मेलम्ची ९ मा १६ वटा गरि २२ वटा सोलार बत्ति जडान गरिएको छ । २२ वटा सोलार बत्ती जडान योजना २५ लाखको रहेको नगरप्रमुख तामाङले जानकारी दिनुभयो ।
