सम्पर्क

सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने ः बस्नेत

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा जनसँख्या मन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा जिल्लाका सबै वडाहरुमा काँग्रेसका उम्मेदवारले निर्बाचन जित्ने गरी बिकासका काम गर्ने बताउनुभएको छ ।          नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमिद्धारा आयोजित जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफ्नो अभियान भनेकै सिन्धुपाल्चोक जिल्लालाई काँग्रेसमय बनाउँने रहेको बताउनुभयो । उहाँले हरेक वडामा बिकासका कार्यक्रम गरेर नागरिकको मन जित्नका लागी वडाका सबै कार्यकर्ताहरु एक भएर पाटी बलीयो बनाउँन लागी पर्नुपर्ने बताउँनुभयो । मेलम्चीमा बेलीब्रीज पुल बनाउँने देखी लिएर हरेक बिकासका कार्यक्रमहरुमा आफु सक्रीय भएर लागेको बताउँदै निर्बाचन क्षेत्र नं. २ लगाएतका स्थानहरुमा निर्बाचनमा बोलेका कुराहरु सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।मन्त्री बस्नेतले सबै मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने समेत बताउनुभयो । उहाँले जनतालाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि निजी र सरकारी क्षेत्र मिलेर स्वास्थ्य क्षेत्रको सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले अझै पनि जनसँख्या अनुसार स्वास्थ्य क्षेत्रमा दरबन्दी निकै कम भएकाले जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउन नसकेको बताउनुभयो । सर्ने वा नसर्ने रोगको व्यवस्थापनका लागि समयमा नै सावधान अपनाउन नसके ठूलो क्षति हुने भएकाले यस विषयमा सरकारको उचित ध्यान जाने मन्त्री बस्नेतले धारणा राख्नुभयो । स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन ल्याउने दृढताका साथ आफूले काम गरिरहेको सो अबशरमा बताउनुभयोे । स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुपर्नेमा जोड दिनु हुँदै बस्नेतले देशैभरको स्वास्थ्य सुधारको प्रयासमा आफू लागिरहेको चर्चा गर्दै ‘बिहान साढे ९ बजे नै मन्त्रालय पुगेर बेलुका अबेरसम्म काम गरिरहेको छु ।’ आफ्नो यही खटाइले स्वास्थ्य क्षेत्रमा केही परिवर्तन हुन्छ भन्ने आफुलाइ लागेको बताउँनु भयो ।

त्यस्तै उहाँले मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजी क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले आफ्नै प्रयासमा हरेक अस्पतालले १० प्रतिशत शैया विपन्न बर्गलाई अनिवार्य छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएको दाबी गर्नुभयो। ‘पहिल्यैदेखि यो व्यवस्था भए पनि अस्पतालले सुविधा दिएका थिएनन्। म मन्त्री भएपछि कार्यान्वयनमा ल्याएँ’ उहाँले बताउनुभयो ।
तत्काललाई २२ जिल्लामा वितरित विपन्न परिचयपत्र र अन्य जिल्लाको हकमा सम्बन्धित वडाध्यक्षले दिएको सिफारिसको आधारमा विपन्नले अस्पतालमा शय्या सुविधा लिइरहेको उहाँ जानकारी दिनुभयो । सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रम अपाङ्ग रहेको चर्चा गर्दै मन्त्री बस्नेतले यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आफूले अध्ययन गरिरहेको बताउनुभयो । कार्यक्रममा लोकप्रिय समाचार राष्ट्रिय दैनिकका कानुनी सल्लाहकार श्याम बहादुर श्रेष्ठ सहित ७० बर्ष माथीका पार्टी हस्तीहरुलाई सम्मान गरिएको थियो । जिल्ला सभापति जङ्ग बहादुर लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने पाटी सचिब भक्तध्वज बोहोराले पाटीका बारेमा जानकारी दिनु भएको थियोे । Mahadibesan chairman – karyayojana sahit FINALपाटी उपसभापती टंक कार्कीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेसका सहमहामन्त्री हरिशरण श्रेष्ठ, पुर्ब सभापती बिकास लामा, क्षेत्रीय सभापतीहरु बलकृष्ण बस्नेत, आइतमान तामागं लगाएत पालीका सभापतीहरु भातृ संस्थाका प्रतिनिधीहरु तथा निर्बाचित पदाधिकारीहरुको उपस्थित रहेको थियो भने सहभागीहरुले पाटीको ब्यवस्थापन बारे चासो राखेका थिए ।