बागमती प्रदेशको वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले वन तथा वातावरण संरक्षण गर्नु हामी सबैको साझा दायित्व भएको बताउनु भएको छ ।
मानवीय त्रुटीका कारण हुने अधिकांश वन डढेलोको जोखिमका कारण हरेक वर्ष ठूलो मात्रामा पर्यावरण नोक्सान भईरहेकाले यस तर्फ सबै गम्भीर बन्नु पर्ने मन्त्री भण्डारीले आग्रह गर्नुभयो ।
सोमबार मकवानपुरगढी –११ वनमा लगाइएको डढेलो नियन्त्रण तथा वनमा डढेलो लगाउनेहरूलाई सम्झाउन वनमा नै पुग्नु भएको हो । उहाँले स्थानीयले लगाउँदै गरेको आगो नियन्त्रण गर्न लगाई वनमा आगो लगाउनु अपराध भएको बताउँदै यसले कसैलाई पनि फाइदा नपुग्ने उल्टै हाम्रो स्वास्थ्य तथा राष्ट्रको सम्पत्ति नास हुने बताउनुभयो । वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने भन्दै स्थानीयले वनमा डढेलो लगाउने गरेको बताउनुभयो । उनीहरूलाई सम्झाउँदै वनमा आगो लगाउँदैमा नयाँ र राम्रो घाँस पलाउने नभएर वनमा भएका किट पत्तगं लगायत साना चरा जलचर अनि ठुला रुख नै विनाश हुने र यसले पर्यावरणमा विनाश पुर्याउनुका साथै जलवायुमा ठुलो असर पर्ने समेत मन्त्री खड्काले स्थानीयलाई सम्झाउनु भएको थियो । वातावरण दिवसका अवसरमा वन जोगाऊँ हरियाली बढाऊँ भन्ने नाराका साथ हरियाली प्रवर्द्धन गर्नुको सट्टा भएको जङ्गलमा आगो लगाउनु अवान्छनिय भएको उहाँले बताउनुभयो ।
