सम्पर्क

पत्रकार महासंघको निर्णय प्रति युनियनको आपती

नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले गैर पत्रकार महासघं भनदा पनी ब्यवसायकि पत्रकार महासघं बनाउँन सिन्धु शाखा लाग्न पर्ने माग गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा वास्तविक पत्रकार भन्दा पनी गैर पत्रकारलाइ राजनीती भाग बण्डाका आधारमा सदस्यता बितरण गरिनुले यो अबस्था आएको हो । प्रेस युनियन सिन्धुपाल्चोकले यस बिषयमा बिज्ञेप्ती प्रकाशन गरी उक्त निर्णयको खारेजीको माग गरेको छ । पत्रकार महासघका सदस्यताको बिषयमा सिन्धुपाल्चोकमा बर्षेनी भाग बण्डा हुने गरेको छ । पत्रकार महासघंको सदस्य बिज्ञेप्तीः नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोक पत्रकार महासंघलाई श्रमजीवी र व्यावसायिक पत्रकारहरुको साझा संस्था बनाउने उद्देश्यले शुरु गरेको शुद्धीकरण अभियानप्रति प्रतिवद्ध छ । हामी पत्रकार महासंघलाई गैरपत्रकार होइन व्यावसायिक पत्रकारको संस्था बनाउन चाहन्छौं । तर हाम्रो प्रतिवद्धता र सदासयतालाई कमजोरी ठान्दै महासंघको सिन्धुपाल्चोक शाखाले मिति २०८० जेठ २६ गते गरेको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण सम्बन्धी निर्णयप्रति नेपाल प्रेस युनियन सिन्धुपाल्चोक शाखा गम्भीर आपत्ति प्रकट गर्दछ । सदस्यता शुद्धीकरण सम्वन्धमा युनियनले देखाएको सदासयतामाथि कुठाराघात गर्दै महासंघ शाखाले जसरी पूर्वाग्रही ढंगले निर्णय गरेको छ त्यसले संस्थाको गरिमालाई नै धमिल्याउने काम भएको छ । यो निर्णयले महासंघको विधान, शुद्धीकरण सम्बन्धी महासंघ केन्द्रको सर्कुलर र सदस्यता शुद्धीकरण मापदण्ड एवं विधानको उपहास भएको छ । महासंघको अहिलेको निर्णयले एउटा विचार समूहले संस्था कब्जा गर्ने र अर्को विचार राख्ने सञ्चारकर्मीहरुलाई निषेध गरेर अघि बढ्ने जुन रणनीति लिएको छ त्यसले पत्रकारितामा निरन्तर लाग्दै आएकाहरुलाई दुखित तुल्याएको छ । तसर्थ संस्थाको मुल्य, मान्यता र परम्परालाई लत्याउँदै आस्थाको आधारमा गरेको निर्णय हामीलाई मान्य छैन । शाखाको यो निर्णयले अव पत्रकार महासंघ विस्तारै गैरपत्रकारको थालो बन्ने र पत्रकारिता गरिरहेका व्यावसायिक र क्रियाशीलहरु बाहिरिनुपर्ने अवस्था आउने शका जन्माएको छ ।
शाखाको साधारणसभाले दिएको म्याण्डेट अनुसार गठित सुझाव समितिको २०८० साल जेठ १३ गतेको बैठकको निर्णय र त्यसले दिएको प्रतिवेदनलाई समेतबेवास्ता गरेर गैरपत्रकारहरुको पक्षमा पूर्वाग्रही ढंगले गरेको निर्णय कुनै पनि सर्तमा स्वीकार्न सकिँदैन । महासंघलाई श्रमजीवी पत्रकारहरुको साझा संस्था बनाउने उद्देश्यले सुरु गरिएको शुद्धीकरण अभियानमा सहयोगी बन्न युनियनले देखाएको प्रतिवद्धतामाथि महासंघ शाखाले कमजोरी ठान्दै अपमान जनक व्यवहार प्रदर्शन गरेको महसुस हामीले गरेका छौं । हामी महासंघको नेतृत्वलाई प्रश्न गर्न चाहन्छौं, पत्रकारितासँग सम्बन्धित संगठनका प्रमुख एवं प्रतिनिधिले गरेको निर्णय कसैलाई लागू हुने कसैलाई लागू नहुने कसरी भयो ? शुद्धीकरण अभियानलाई बहाना बनाएर एउटा संगठन र विचार समूहमाथि गरिएको व्यवहारले महासंघलाई साझा संस्थाको रुपमा कसरी विकास गर्न सकिन्छ ? आफूलाई मत दिएको, दिन सक्ने र आफू आवद्ध संगठनका सदस्य भएकै कारण नविकरण हुने र नयॉ सदस्य पाउने हो भने महासंघलाई साझा थलो भन्न सक्ने आधार कसरी बॉकी रहन्छ ? निर्वाचनमा उम्मेदवार बनेका, पार्टीको जिल्ला कमिटीका सदस्य, पत्रकारिता गर्दैनगरेका, सरकारी कर्मचारीलगायतका व्यक्तिलाई जोगाएर महासंघको सदस्यता शुद्धीकरण हुन्छ कि हुँदैन शाखा नेतृत्वले यसको चित्त बुझ्दो जवाफ दिनसक्नुपर्छ । महासंघका पदाधिकारीले युनियनमा आस्था राख्नेलाई एउटा मापदण्ड र आफूलाई मन पेरेका एवं आफ्नो संगठनका सदस्यलाई अर्को मापदण्ड राखेर गरिएको निर्णय स्विकार्न हामी बाध्य छैनौं । महासंघको गरिमालाई नै आँच पुग्ने निर्णय तत्काल सच्याउन माग गर्दछौं । गलत निर्णय सच्याएर महासंघलाई व्यावसायिक पत्रकारहरुको विश्वास र आस्थाको थलो बनाउ हाम्रो आग्रह छ । महासंघ जिल्ला शाखाले निर्णय नसच्याउने हो भने युनियन जस्तोसुकै कदम चाल्न पनि तयार रहेको जानकारी गराउ‘दछों । युनियनको आज बसेको जिल्ला शाखाको बैठकको निर्णय अनुसार महासंघको जिल्लाले बदनियत राखेर गरेको निर्णय स्वीकार नगर्न महासंघ केन्द्रीय समिति र बागमती प्रदेश समितिसँग माग गर्दछौं । अध्यक्ष दुर्गा आचार्यले जनाउँनु भएको छ ।

यता सिन्धुपाल्चोकका चर्चीत पत्रकारहरुले सामाजीक सञ्जाल मार्फत महासघं को बिषयमा आक्रोस पोखेका छन , पत्रकार नेत्र बस्नेतले सिन्धुपाल्चोकमा पत्रकार भन्न लाज लाग्यो भन्नु भएको छ भने अर्का पत्रकार बिजय नेपालले आफ्नो सामाजिक सञ्जाल मार्फत निश्पक्ष भए सदस्यता त्याग्ने समेत बताउँनु भएको छ।

;लामो समय पत्रकारीता गरियो । अहिले पनि गरिरहेकै छु । तर महासंघको केन्द्रीय निर्देशनको कुनै १ बुँदाले मलाई महासंघको सदस्य बन्न रोक्छ । यदि नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोक शाखा र यस शाखाका सबै सदस्यले सो निर्देशनलाई अक्षरशः पालना गर्ने हिम्मत राख्दछन् भने म पत्रकार महासंघको सदस्यता नविकरण नगर्न तयार छु ।
तर महासंघका धेरैजसो पदाधिकारी देखि साधारण सदस्यसम्म मापदण्डअनुसार सदस्य रहिरहन नपाउने भएपनि दलिय भागवण्डाको आधारमा सदस्यता जोगाइराख्नु नेतृत्वको ’जोइटिङ्ग्रेपन’ बाहेक केही होइन । महासँघमा उपस्थित नभएको संगठनका सदस्य छानिछानि हटाउने र नयाँ सदस्यता दिँदा पनि त्यसै गर्ने तर उहीँ मापदण्डका आफ्ना कार्यकर्ता जोगाउने गलत रवैया रहिरहने हो भने महासंघको सदस्य छु भन्न पनि लाज लाग्ने अवस्था आएको छ ।
सदस्यता शुद्धीकरण सुझाव समितिले दिएको ३५ जनाको सुचिमा रहेका सबै र समितिले नियतबस छुटाएका कम्तिमा २ जनाको सदस्यता खारेज गर्ने हिम्मत महासंघ नेतृत्वले गरोस् । यसमा मेरो पुर्ण समर्थन रहन्छ । के यो हिम्मत कुनै १ मापदण्डले छुने सबैले गर्न सक्छन् ? महासंघले दया नराखी यो निर्णय गर्न सक्छ ?
हैन भने कसैको पनि सदस्यता खारेज हुनु हुदैन । दलिय भागवण्डाका आधारमा कसैलाई विभेद गर्न पाइदैन । बिजय नेपालको सामाजिक सञ्जालमा भनीएको छ ।