सम्पर्क

जनपक्षीय काम गर्न बस्नेतको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले आफु सँधै जनताका लागि राम्रो काम गर्नेहरुको पक्षमा रहेकोले जनपक्षीय काम गर्न मातहतलाई निर्देशन दिदै राम्रा कामको मुल्याकंन हुने बताउँनु भएको छ ।
मन्त्री बस्नेतले नेपाली औषधी उद्योगले आयोजन गरेको उद्योग विकास र चुनौती विषयक अन्तक्रिया कार्यक्रमको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । उहाँले नागरिकको पक्षमा काम गर्नेहरुलाई प्रशासनिक रुपमा कही कतै झन्झट भएमा आफू उत्पादकको पक्षमा रहने भएकाले औषधी उत्पादनमा आत्मनिर्भर बन्ने तर्फ सहकार्य गर्न मन्त्रालय सधै तयार रहेको बताउँनु भयो । उँहाले नेपाली औषधी उद्योगहरुलाई गुणस्तरीय बनाउने‚ संरक्षण गर्ने र यस्ता उद्योग व्यवसायलाई साथ दिने कुरामा मन्त्रालय सकारात्मक रहको सो अबसरमा जानकारी दिनुभयो । स्वास्थ्य पत्रकार मञ्चले नेपाल औषधि उत्पादक संघसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो । त्यसैगरी कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले नेपाली उद्योगले भोगिरहेका समस्या र चुनौतीहरु अनेक भएकाले उद्योगी र सरोकारवाला निकायहरु एकै ठाउँमा बसेर यस क्षेत्रका विकासबारे छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा औषधी उत्पादक संघका तर्फबाट संघका पूर्व अध्यक्ष दिपक प्रसाद दाहालले नेपालमा औषधी उत्पादनको इतिहासबारे जानकारी गराउदै यसको विकासमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा दाहालले ७ अर्वको कच्चा पदार्थ आयात गरेर ३० अर्वको औषधी उत्पादन गरि उद्योगको रुपमा समेत योगदान गरेको बताउँनु भयो । सो अवसरमा अहिले नेपाली औषधी उद्योगले ५० प्रतिशत भन्दा कम क्षमता मात्र उपयोग गरेको जानकारी दिदै तीस भन्दा बढी प्रकारका अति आवश्यक औषधी समेत उत्पादन गरिरहेको जानकारी दिदै उहाँले भारत र बंगलादेशमा आफ्ना उद्योग संरक्षण गर्न कस्ता नीति र योजना बनाएको छ भन्नेबारे समेत स्पष्ट पार्नुभयो ।
दाहालले हाम्रा आन्तरिक र बाह्य चुनौतीहरु के कस्ता रहेका छन् भन्ने जानकारी दिदै नियामक निकायको क्षमता वृद्धि गर्न लागत बढाउनु पर्ने सुझावका साथ मुल्य समायोजन अर्को चुनौती रहेको बताउँनु भयो।उँहाले त्यसैगरी नेपालमा औषधी आत्मनिर्भर तर्फ अगाडि बढाउन नेपालमा बनेका ऐन कार्यान्वयन नहुनु अर्काे चुनौती रहेको समेत बताउँनुभयो ।