सम्पर्क

ब्रेकिङ न्युज २

नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावतीको अध्यक्षमा लिला तामाङ 

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावती गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा लिला बहादुर तामाङ निर्वाचित हुनुभएको छ । त्यस्तै सचीवमा जलप्रसाद लम्साल, कोषाध्यक्षमा श्याम बहादुर श्रेष्ठ र सदस्यहरुमा क्रमश राम बहादुर ठकुरी, विजयराम नापित, राम बहादुर गिरी, हरि बहादुर गिरी, काजी तामाङ, राम बहादुर तामाङ, दल बहादुर भारती, वीर बहादुर तामाङ, गणेश बहादुर तामाङ, वोध विक्रम थापा, चुनलाल माझीसहित १५ जनाको कार्यसमिति निर्वाचित भएको हो । शनिबार इन्द्रावती गाउँपालिका नवलपुरमा भएको प्रथम अधिवेशनमा कांग्रेस पूर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले निर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना दिदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन सैनिक साथीहरुको सहयोग हुनेमा आफु विश्वास्त रहेको बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै पूर्व गाउँपालिका अध्यक्ष बंशलाल तामाङले सैनिक संघको गठनले कांग्रे...

पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषको अध्यक्षमा नन्दलाल

ब्रेकिङ न्युज २, समाचार
दर्शन सुनार/कतार पर्वत समाज कतारको संरक्षकत्वमा स्थापित पर्वत समाज कतार बहुउद्देश्यीय अक्षयकोषले प्रथम अधिवेशन २०२४ भब्य रुपमा सम्पन्न भएको छ । पर्वत समाज बहुउद्देश्यीय अक्षयकोष कतारका अध्यक्ष नन्दलाल बिक(अजय) को सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि अध्यक्षमा नन्दलाल बिक (अजय) निर्वाचित हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा छबिलाल भट्टराई, श्यामलाल न्यौपाने, चिन्तामणी पौडेल, सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष) सह सचिवमा भरत मल्ल ठकुरी,कोषाध्यक्षमा रघुनाथ शर्मा, र सह कोषाध्यक्षमा भिमकान्त पौडेल निर्वाचित हुनुभएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा क्रमश दिल कुमार श्रेष्ठ, शेषराज तिमल्सिना, सेवक घताने, महेन्द्र कुमार चालिसे, हरि प्रसाद शर्मा,आनन्द जिसी, टंक प्रसाद तिवारी, राम प्रसाद ...

रेखालाई कतारमा सम्मान

जिबनशैली, बिदेश, ब्रेकिङ न्युज २, मनोरन्जन, राजनिती, विचार, समाचार
दर्शन सुनार कतार,नेपाल मगर संघ शाखा कतारले कलाकार रेखा मगरलाई संस्थागत सम्मान तथा बिदाई गरेको छ ।मध्यपुर्वको देश कतारलाई २०११ देखि कर्म थलो बनाउदै आएतापनि नेपाल मगर संघ शाखा कतारमा २०१७ देखि आवद्ध रहेकी कलाकार रेखा मगर कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी फर्कन लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले एक कार्यक्रमका बिच कलाकार मगरलाई आफ्नो कलाकारिता मार्फत संस्थामा पु¥याएको योगदानलाई कदर गर्दै दोसल्ला ओढाएर कदर पत्र प्रदान गर्दै सम्मान तथा बिदाई गरेको हो ।संस्थागत बिदाई पश्रांत अतिथी रेखा मगर अत्यन्तै भावुक बन्नु भएको थियो । सो अबशरमा मगरले कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी नेपाल फर्किन लागेतापनी आफू कतार रहदा नेपाल मगर संघ र साँस्कृतिक परिवारले दिएको माया र साथ सदैब मनमा रहिरहने र संघलाई सम्झिरहने बताउँनु भयो ।बिदाई तथा सम्मान कार्यक्रममा नेपाल मगर संघ शाखा...

मंगलामाई माबिले मनायो भब्य रूपमा बालदिवस

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे /पिस्कर “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस मंगलामाई माबिले भब्य रूपमा शुक्रबार मनाएको छ । मंगलामाइ बालक्लबको आयोजनामा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । बिशेष अतिथि वडा अध्यक्ष टेकबहादुर गुभाजु हुनुहुन्थ्यो । कक्षा बालबिकास देखी १२ सम्मका बिद्यार्थीहरु बीच विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो।जसमा कक्षा नर्सरी र केजिमा तातोआलु,कक्षा १÷३ मा चम्चा दौड ,कक्षा ४÷५ मा म्युजिक चेयर ,कक्षा ६÷८ मा हिसाब दौड र कक्षा ९÷१२ मा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको हो। साथै विविध सांस्कृतिक कार्यक्रम गरि भब्य रूपमा मनाइएको थियो।बिजेता विद्यार्थीहरुलाइ पुरस्कार बितरण गर्दै प्रमुख अतिथि नेपालले अनुशासित विद्यार्थीले आफ्नो र समाजको नाम राखी प्रगति गर्न सक्ने भएकोले विद्यालय ...

जाम्बियाले नेपालको खानी उत्खननमा सहकार्य गर्ने

ब्रेकिङ न्युज २, समाचार
काठमाण्डौँ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो । मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्य...

सेतिदेवी आविको विव्यस अध्यक्षमा थापा

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ३ स्थित रहेको सेतिदेवी आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन गरेकोे छ । बिहिबार बसेको अभिभावक भेलाले दुर्गा बहादुर थापाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समितिसर्वसम्मत गठन गरेको हो । विद्यालयको सदस्यहरुमा सन्जु खड्का, मनकुमारी खड्का, गेद बहादुर थापा, दुकु कुमारी थापा, टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा र भगवती थापा रहनुभएको छ भने सहसचिवमा रामशरण ढुङ्गाना रहनुभएको छ ।...

नगर प्रमुख आइतमान तामाङ सम्मानीत ,नगरबासीहरुलाइ बिषेश धन्यबाद

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, विचार, समाचार
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ सम्मानीत हुनु भएको छ । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभाग ले बिहीबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । सम्मान पाए पछी नगर प्रमुख तामाङले आफुले नेतृत्व गरेको मेलम्ची नगरपालिकाकालाइ २०७९÷८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा पारेर यो सम्मान दिलाउँनु सहयोग गर्नु हुने नगरकार्यपालीकाका पदाधिकारी, कर्मचारी प्रशासन, उपभोक्ता समितीहरु, लगाएत सम्पुर्ण नगरबासीहरुलाइ बिषेश धन्यबाद दिन चाहान्छु भन्ने हुँदै आगामी दिनमा अझ ब्यवस्थित र शुशानको लागी अगाढी बढ्ने प्ररेणा मिलेको बताउँनु भयो । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई बिहीबार पुर्ब प्रधानमन्त्री नेपाली काँग्रेसका पाटी सभापती शेर बहादुर देउवाले एक समारोहका बिच सम्मान गर्...

सेती देबी आधारभुत बिद्यालयमा दुर्गा थापा

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ३मा रहेको सेती देबी आधारभुत बिद्यालयमा बिद्यालय व्यवस्थापन समितीको पुर्नगठन गरिएको समाचार प्राप्त भएको छ । बिहीबार बिद्यालयमा भएको अभिभावक भेलाले बिब्यसको अध्यक्षमा दुर्गा बहादुर थापा रहनु भएको बिद्यालय प्रधानध्याक रामशरण ढुङ्गनाले जानकारी दिनु भयो । उाहाका अनुसार बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरुमा सन्जु खड्का,मानकुमारी खड्का,गेद बहादुर थापा,टुकुकुमारी थापा , टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा , भगवती थापा रहनु भएको छ।  ...

मुलुकको अहिलेको आवश्यकता नै एमाले हो ः भट्टराई

ब्रेकिङ न्युज २, राजनिती, समाचार
मुलुकलाई दिशानिर्देश गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश ईन्चार्ज राजन भट्टराईले बताउनुभयो । नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियानको सुरुवात गर्दै भट्टराईले गएको निर्वाचनमा केही अलमलका कारण पहिलो पार्टी बन्न नसकेको र अव एमाले पार्टीको घेरावन्दी तोडिएको बताउनुभयो । नेपाली कांग्रेस र नेकपा एमाले नै अवको मुख्य प्रतिस्पर्धी भएको उहाँको धारणा छ । ‘माओवादी अव गणनामा आउँदैन, मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसको हो भन्ने थाहा हुँदाहुदै सत्ता साझेदार बनेको छ । यसको खास कारण एमालेप्रतिको घेरावन्दीको अन्त्य र मुलुकको आजको आवश्यकताले हो’– भट्टराईले भन्नुभयो, ‘राष्ट्रिय संकटबाट मुक्ति र समृद्धिको लागि वर्तमान गठवन्धनको सरकार निर्माण भएको हो ।’ माओवादीको ओरालो यात्रा आजको पार्टी प्रवेशले प्रष्ट्याएको बताउँ...

एमाले चौताराको बृहत पार्टी प्रवेशः ३ सय १९ जना एमालेमा प्रवेश

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीले आयोजना गरेको बृहत पार्टी प्रवेश तथा जागरण अभियान कार्यक्रममा ३ सय १९ जनाले विभिन्न पार्टी परित्याग गरि एमाले मा प्रवेश गरेका छन् । अधिकांश माओवादी बाट अन्य राप्रपा, समाजवादी र कांग्रेसबाट एमालेमा प्रवेश गरेका हुन् । वडा नंम्वर १ बाट १ सय चालीस, वडा नंम्वर ५ बाट ४३ सहित ३ सय १९ जनाले एमाले पार्टी प्रवेश गरेको नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारि दिनुभयो ।...