पृथ्वीजंग पाण्डे /पिस्कर
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवस मंगलामाई माबिले भब्य रूपमा शुक्रबार मनाएको छ ।
मंगलामाइ बालक्लबको आयोजनामा गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । बिशेष अतिथि वडा अध्यक्ष टेकबहादुर गुभाजु हुनुहुन्थ्यो । कक्षा बालबिकास देखी १२ सम्मका बिद्यार्थीहरु बीच विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिएको थियो।जसमा कक्षा नर्सरी र केजिमा तातोआलु,कक्षा १÷३ मा चम्चा दौड ,कक्षा ४÷५ मा म्युजिक चेयर ,कक्षा ६÷८ मा हिसाब दौड र कक्षा ९÷१२ मा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम भएको हो। साथै विविध सांस्कृतिक कार्यक्रम गरि भब्य रूपमा मनाइएको थियो।बिजेता विद्यार्थीहरुलाइ पुरस्कार बितरण गर्दै प्रमुख अतिथि नेपालले अनुशासित विद्यार्थीले आफ्नो र समाजको नाम राखी प्रगति गर्न सक्ने भएकोले विद्यालय तथा अभिभावकले संस्कार सहितको शिक्षा दिनुपर्ने बताउनु भयो।बालबालिकाको हरेक कुरामा चासो राखी आवश्यकता पूरा गर्न अभिभावक चुक्न नहुने बताउनु भयो।पालिकाले विद्यालयको बाटोमा घेराबार,छानामा फल्स सिलिङ कक्षा कोठामा फर्निचर र अरु भौतिक सहयोग गरेको चर्चा गर्दै अझै आफुले सक्दो सहयोग गर्ने बताउनु भयो। कक्षा बालबिकास देखि कक्षा ३ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाइ पुग्ने स्टेशनरी सामग्री गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालले उपलब्ध गरि विद्यालयलाइ हस्तान्तरण गर्नुभएको थियो। त्यसैगरी बिशेष अतिथि वडा अध्यक्ष टेकबहादुर गुभाजु (बिजय ) ले गुणस्तरीय शिक्षा दिन विद्यालय चुक्न नहुने र उचित वातावरण तयार गर्न अभिभावकलाई आव्हान गर्नुभएको थियो।
खेलमैदान निर्माण र विद्यालयमा घेराबार गर्न वडा लागिरहेको बताउनु भयो ।
वडा अध्यक्ष टेकबहादुर गुभाजु र विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर श्रेष्ठको संयोजनमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाइ शैक्षिक तथा स्टेशनरी सामग्री उपलब्ध गराइ पुरस्कृत समेत गर्नुभएको थियो ।जहाँ समस्या त्यहा वडा अध्यक्ष भने झै पिस्करमा लोकप्रिय काम गरेर स्थानीयको मन जित्न वडा अध्यक्ष गुभाजु सफल हुनुभएको छ।बि.ब्या स अध्यक्ष लालबहादुर श्रेष्ठले जेहेन्दार १ छात्र १छात्रा,नियमित विद्यालयमा उपस्थित हुने ५ जना छात्र र ५ जना छात्रा तथा अनुशासित ५ जना छात्र र ५ जना छात्रालाई पुरस्कृत गर्नुभएको थियो।कार्यक्रम मंगलामाइ बालक्लबको अध्यक्ष सबिना गुभाजुको सभापतित्वमा तथा क्लबको सचिव करुणा खड्काको संचालन गर्नुभएको थियो।कार्यक्रम बि व्या स पदाधिकारी र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
