सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे–तातोपानी सडक खण्डमा छ्याक्सामुनि भोटेकोसी नदीमा क्षतिग्रस्त बोलेरो भेटिएको छ । इलाका प्रहरी बाह्रबिसेका अनुसार शुक्रबार बिहान भोटेकोसी नदीमा आधा डुबेको अवस्थामा बोलेरोको दुई वटा टायर देखिएको थियोे ।स्थानीयबाट खबर पाउँना साथ बाह्र्बिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मन्जु तामाङ लगाएत जन प्रतिनिधीहरु सुरक्षाकर्मी घटनास्थल पुग्नु भएको थियो । क्षतिग्रस्त बोलेरो नदीबाट निकालिएको छ भने गाडीका चालक र उक्त गाडीमा सवार एक महिला बेपत्ता रहेको समाचार प्राप्त भएको छ ।क्षतिग्रस्त बा २० च २१८५ नं. को बोलेरोका चालक भोटेकोशी गाउँपालिका–५ बस्ने अन्दाजी ३८ वर्षीय सानु शेर्पा रहेको र उँहा सँगै बोलेरोमा रहनु भएको बाहृबिसे नगरपालिका–९ बस्ने ३५ वर्षीया सुन्तली तामाङ रहेको खुल्न आएको छ । उँहाहरु दुवै फोन सम्पर्कमा नआएको भनी उँहाहरुको आफन्त मार्फत् जानकारी पाएकोले उँहाहरु के अबस्था बारेमा यो समाचार तैयार पार्दा सम्म कुनै जानकारी प्राप्त भएको छैन ।
शुक्रबार बिहान बाह्रबिसे नगरपालिका– ६ बोर्डरल्याण्ड ढुङ्गाखानी छ्याक्सास्थित अरनिको राजमार्गबाट अन्दाजी १०० मिटर तल भोटेकोशी नदीमा गाडीको टायर देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक सुमेश पाण्डेको कमाण्डमा ७ जनाको टोली खटिएका थिए भने सशस्य प्रहरी र स्थानीयबासी समेत उद्धारमा जुटेका थिए ।नगर प्रमुख बालकुष्ण बस्नेतले मध्यभोटेकोसी जलविद्युत आयोजनाबाट मगाइएको एउटा क्रेनबाट पटक–पटक प्रयास असफल भएपनि साँझपख बोलेरो नदीबाट निकालिएको छ । ’बेपत्ता दुवैको प्रहरीले शंकास्पद स्थानमा खोजी गरिरहेको छ,।
