सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्क्रब संक्रमणको शङ्का लागेपछि स्वास्थ्य कर्मी हरु खटिएका छन् ।
वडाको फापर चौर तथा सल्ले क्षेत्रमा स्क्रब टाइफस संक्रमणको प्रभाव देखिएपछि गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराले तत्काल उक्त क्षेत्रमा स्वास्थ्य कर्मी हरु अपचालन गर्नुभएको थियो । स्वास्थ्य शाखा प्रमुख चन्द नारायण साह सहितको प्राविधिक टोलीद्वारा उक्त प्रभावित क्षेत्रका ५८ जनामा ल्याव परीक्षण गर्दा १२ जनामा २१ओं प्रतिशत संक्रमण देखा परेको पाइएको छ ।
उक्त टोलीमा डाक्टर उज्वल कर्ण, जनस्वास्थ्य निरीक्षक मनराज परियार, ल्याव टेक्निसियन निर्मल धमला, अ.न.मी. आस्था श्रेष्ठ, नानी माया थामीको सक्रियतामा रोग परीक्षण तथा निदान एवं बच्ने उपायसहितको जनचेतनामूलक कार्यक्रम संचालन भएको थियो र खास गरी ,.मुसामा लाग्ने किराना जस्तो देखिने किराको टोकाइबाट स्की टाइफस मानिसमा सर्छ ।
यो रोग मानिसबाट मानिसमा सर्दैन,स्क्रब टाइफसको लक्षणहरु धेरै ज्वरो आउनु (काम ज्वरो समेत आउन सक्छ) टाउको दुख्नु ,पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, किराले (माई) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु यो रोगको लक्षण हरु हो । यसबाट बच्नका लागी खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भए सम्म भुइँ सम्म बुट लगाउने ।
सवारी र चउरमा नबस्ने चउरमा, बारी, झाडी, घाँस तथा धुरा बढ्न नदिने मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने गर्नु पर्दछ ।
कब्र टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर औषधी सेवनपछि यो रोग निको हुन्छ । पालिका अध्यक्ष भक्तध्वज बोहोराले पालिकाको कुनैपनि स्थानमा हुन सक्ने कुनै पनी रोगको पहिचान गरि त्यस्ता रोग लाग्न नदिन र लागि हालेमा तत्काल रोकथामका उपाय अबलम्बन गरी उपचारमा लाग्न सम्बन्धित सबैलाई अनुरोध गर्नु भएको छ ।

